Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Sept 2013

मोर्चा नेता टिकामार पक्राउ

कालेबुङ 5 सेप्टम्बर(छेवाङ):दुइहप्ता अघि देखि पुलिस प्रशासनले आन्दोलनकारीलाई धड़पकड़ गर्ने क्रम स्थगित गरेको थियो भने आजदेखि पुन शुरु गरेको छ। मोर्चाको आन्दोलन क्रम अवधि 2009मा लागेको मुद्दाहरुमा आज कालेबुङ पुलिसले 42 नम्बर समष्टी, लोले-पाला जोनका पुर्व मोर्चा अध्यक्ष मिलन उर्फ टिकाराम पोखरेललाई पक्राउ गरेको छ। मोर्चा नेता पोखरेललाई आज बेलुकी तिनको पाला स्थित तिनको घरबाट पक्राउ गरेको पुलिस शुत्रमार्फत जानकारी पाइएको छ। आरोपी पोखरेल विरुध आन्दोलन अवधि साल 2009मा एकजना अनुसूचित जातिको व्यक्तिको घरमा आगजनी गरेको आरोपमा कालेबुङ कोर्टले वारण्ट जारी गरेको थियो। आज पक्रा परेका मोर्चा नेता टिकाराम पोखरेल विरुध पुलिसले आइपीसीको धारा 147/148/149/427/436 अनि अनुसूचित जातिको घरमा आगजनी गरेको आरोपमा धारा 3 अन्तगर्त मुद्दा दर्ता गरेको छ। शुत्रबाट थाहा लागे अनुसार आरोपी टिकारामलाई पुलिसले भोली कालेबुङ कोर्टमा प्रस्तुत गर्नेछ।

0 comments: