Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Sept 2013

जनताले कालेबुङमा तृणमूलको झण्डा जलाए

कालेबुङ 4 सेप्टम्बर:
गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको पुर्वधोषणा अनुरुप आज कालेबुङका जनसाधरण सड़कमा थिए। मुख्यमन्त्रीको भ्रमण अवधि सफलतापूर्वक दुइ दिन घरभित्र जनता कार्यक्रम पालन गरिसकेका कालेबुङका जनताले आज सड़कमा आएर छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा व्यापक नारावाजी गरे। गोर्खाल्याण्डको विरोधमा मुख्यमन्त्रीले दिएको भाषणको कारण आक्रोषित बनेका कालेबुङका जनताले आज यहाँको मेनरोड़मा मुख्यमन्त्रीको फोटो भएको फेषटुन अनि तृणमूल कंग्रेसको झण्डाहरु जलाएर  विरोध प्रदर्शन गरे। समितिको घोषणालाई समर्थन गर्दै जनसाधरण सड़कमा उत्रे तापनि यहाँको दोकान-पाटहरु भने आजसम्म पनि अचल नै रहेको छ। पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलन प्रति सरकारको ध्यान केन्द्रीत गर्न मोर्चा अनि गोजोएक-ले क्रमिकरुपमा पहाड़ बन्द गर्ने निर्णय लियो पछि आजसम्म पनि पहाड़ बन्द नै रहेको छ। बन्दको चपेटमा परेर यहाँका शैक्षिक संस्थानहरु, यातायात सेवा, ब्यांक, ड़ाकघरलगायत अधिकांश सरकारी कार्यलयहरु ठप्प बनेकोछ। बन्द अवधि शहरमा कानुन श्रंखला बनाइ राख्न पुलिसले कड़ा सुरक्षा व्यवस्था मिलाएको छ। केन्द्रीय अर्धसैनिक बल,आरआइबी अनि पुलिसका जवानहरुले शहरको विभिन्न स्थानहरुमा घस्ती लगाइरहेका छन्। यता पत्रकारहरुसंग कुराकानी गर्दै समितिका अध्यक्ष एनोशदास प्रधानले 5 सेप्टम्बरको दिन सम्पन्न हुने सर्वदलिय बैठकले नै बन्दबारे निर्णय लिने बताएका छन्।

0 comments: