Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Sept 2013

लेप्चा समुदायलाई धरना उठाउने भागोपको आह्वान

प्रज्ज्वल छेत्री
कालेबुङ, ३१ अगस्त|
‘हिल पिपल्स्’-को व्यानरमा शान्ति स्थापनाको माग गर्दै लेप्चा समुदायले तीनदेखि शुरु गरेको धरना उठाइदिने गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीका अध्यक्ष एवं भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष डा. एनोस् दास प्रधानले आह्वान गरेका छन्| आज एक पत्रकार सम्मेलन डाकेर उनले भने, गोर्खाल्याण्ड आन्दोलनले तीब्रता पक्रिरहेको छ| सबै पहाडका जनता सडकमा छन्| योबेला लेप्चा समुदाय अलग्गिएर शान्ति स्थापनाको नाममा धरना गर्नुले पहाडी अञ्चलमा जातीय विभाजनको सन्देश देशभरि छरिएको छ| हामीलाई हेला गरिएको छ, किनारीकृत गरिएकको भन्नेकिमिसको हाम्रैभित्रको एक जाति विशेषबाट सङ्केत जानु अत्यन्त दुर्भाग्यजनक हो| यसैले उनीहरूलाई धरना उठाएर अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको मागमा सरिक हुन आह्वान गर्छौं| लेप्चा र गोर्खाहरूको एकता अनि जातीय सद्भावना सधैं कायम रहने प्रतिवद्धता व्यक्त गर्दै राज्य सरकारको जाति विभाजनको नीतिविरूद्ध डा. प्रधानले विरोध जनाएका छन्| मुख्यमन्त्री ममता व्यानर्जीको जाति विभागजनको कुचेष्टालाई उनले दुर्भाग्यजनक रहेको बताउँदै भने, योबेला उनी पहाड आएर के प्रमाण गर्न खौज्दैछन्? पहाड आउनुपर्छ तर उपर्युक्त समयमा| वर्तमान स्थितिमा पहाडमा जाति विभाजनको नीति नआप्नाइदिने प्रधानले निवेदन गरेका छन्| यसअवधी एक प्रश्‍नको उत्तरमा उनले जीटीए सञ्चालनमा आउनेबित्तिकै गोजएकको एकता तोडिने बताए| उनीअनुसार, अहिलेको साझा टेबल इमान्दारिता अनि विश्‍वासमा अडेको छ| जुन दिन विश्‍वास तोडिन्छ गोजएक सकिन्छ| गोजमुमोले पनि जीटीएमा नफर्किने कमिटीलाई प्रतिश्रुती दिएको छ| यद्यपि, आगामी ४ सितम्बरको दिन सम्पन्न हुन गइरहेको जीटीए सभामा सभा प्रमुखको चयन गरेपनि गोजएकलाई फरक पर्दैन| किनभने, जीटीएको चिफ चयन गर्दैमा जीटीए सञ्चचान हुन्छ भन्ने होइन तर जीटीएलाई कामै गर्नु दिनुहुँदैन भन्ने प्रधानको विचार छ| उनले एक प्रश्‍नको उत्तरमा अझ भनेअनुसार, केही दिनअघि मोर्चा प्रमुखले गोर्खाल्याण्डको विकल्पको कुरा गरेको सन्दर्भमा हिजोको बैठकमा चर्चा भएन| गोजएकले एकातिर आन्दोलनलाई नेतृत्व दिइरहेको भएपनि गोजएकले फ्यॉंकेको कार्यक्रममा मोर्चाले बीचैमा आफ्नो कार्यक्रम फ्यॉंकेर हस्तक्षेप गर्दा कमिटीभित्रका दलहरूमा विश्‍वास हराउने अनि अब यस्तो कार्य दोहोरिनुनहुन हिजोको बैठकमा चर्चा भएको उनले जनाएका छन्| यसैबीच मोर्चा महासिचव रोशन गिरीको दिल्ली भ्रमणसम्बन्धमा बढेको चर्चालाई उनले साम्य गर्दै, बन्द सम्बन्धमा सर्वोच्च न्यायलमा इस्टे निकाल्न उनी दिल्ली गरेको स्पष्टिकरण दिएका छन्| उनले अझ भने गोजएकबाट गोर्खालीग, गोर्खा राष्ट्रीय कङ्ग्रेस अनि गोरानिमो बाहिरिनु दुर्भाग्यजनक हो| तर गोर्खा राष्ट्रिय कङ्ग्रेससित मुद्दा नै नमिल्ने भएकोले उनीहरू बाहिरिँदा फरक पर्दैन अनि गोर्खालीग र गोरानिमोको निम्ति कमिटीको दैलो खुल्ला गरेको छ| राष्ट्रीय गैरराजनैतिक संस्था भारतीय गोर्खा परिसङ्घ, आञ्चलिक शक्तिशाली दल क्रमाकपा अनि गोर्खा जनमुक्ति मोर्चा एकठाउँ रहनु महत्वपूर्ण हो| यद्यपि, गोजएकको गठन भइसकेपछि पनि गोर्खाल्याण्ड टास्क फोर्स जीवित छ| मोर्चाप्रति अझ पनि अन्य दलहरूको विश्‍वास नभएर नै गोटाफोलाई अस्तित्वमा राखिरहेको चर्चा आम बनेको छ| यसैले योबेला पनि गोटाफो किन अस्तित्वमा छ भन्ने प्रश्‍नको भने उत्तर उनले दिन चाहेनन्| यसअवधी उनले भोलि पूर्व सासंद, विधायक आदिको टोली दिल्ली प्रस्थान हुने जानकारी गराएका छन्| उनीअनुसार, पूर्व सासंद आरबी राई पूर्व विधायक गौलन लेप्चा, शान्ता छेत्री, एनबी छेत्री भागोपका सुखमान मोक्तान आदि टोलीमा सामेल हुने सम्भावना छ भने दिल्लीमा नै सांसद जसवन्त सिंह अनि केबी छेत्री टोलीमा थपिनेछन्| टोलीले मुख्य रुपले देशका गृहन्त्रीलाई भेट्ने मन बनाएको छ| तर ५ सितम्बरसम्म उनलाई भेट गर्न नसकिने सम्भावना भएकोले त्यसपछि भेट हुनसक्ने प्रधानले बताए|

0 comments: