Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Feb 2012

पहाडको भौतिक अनि मानव संशाधनहरुको आधारहरु तैयार गरिनु पर्छ -येचुरी


27 फरवरी(कालेबुङ):- दार्जीलिङ पहाडलाई स्वीर्जरल्याण्डको बिकासको ढाँचामा परिणत गर्ने राज्यकी मुख्यमंत्री ममता बेनर्जीको कथित संकल्पलाई कार्यरुपमा परिणत गर्न यहाँ भौतिक अनि मानव संशाधनहरुको आधारहरु तैयार गरिनु पर्ने आवश्यकता रहेको माकपाका पोलित ब्युरो सदस्य सिताराम येचुरीले मंतव्य जाहेर गरेका छन। येचुरीको अध्यक्षतामा रहेको दस सदस्यीय संसदीय दल आइतबार दार्जीलिङ आएको छ। पर्यटन, संस्कृति अनि यातायातसम्बन्धि दायित्व लिएको यस दलका सदस्यहरुले दार्जीलिङ पहाडमा यी क्षेत्रहरुको विकासको तुलनात्मक अध्ययन र तथ्य संग्रह गरिरहेको छ। यस समितिले आज दागोपाप र जिल्ला प्रशासनका उच्च अधिकारीहरुसँग बैठक गरी यहाँका समस्या र ढाँचागत बिकासका सम्भावनाहरुबारे चर्चा गरे। येचुरीले क्षेत्रको पर्यटन, होटलव्यवसाय र टूर अपरेटिङको क्षेत्रसँग संलग्न प्रतिनिधिहरुसँग पनि भेटघाट गरी उनीहरुको समस्या र विचारहरु बुझ्ने काम गरे। यस समितिलाई पहाडको बिकासको निम्ति प्रभावी पहल गरीदिने माग गर्दै होटल एसोसिएशन, सीपीआईएम अनि दार्जीलिङका विधायेकले ज्ञापन पनि चढाएका छन। यिनै विषयहरुलाई केन्द्र गरी यस समितिले भोलि सिक्किमको भ्रमण गर्नेछ। यता, समितिका प्रमुख सिताराम येचुरीले पहाडको निम्ति यी कुराहरु संसदमा सिफारिश गर्ने बताएका छन।

Related Posts:

  • Morcha blinks before season Sept. 10: An action committee has suspended the Darjeeling strike till October 20, lifting the cloud over the Puja-driven tourist season and unwittingly conceding that the state government’s tough policy has yielded resu… Read More
  • UGRF leaflet suggesting path statehood movement should follow PRADIP LOHAGUN KALIMPONG 12 Sep 2013  United Gorkha Revolutionary Front president Ajay Dahal, who once led an unsuccessful armed statehood movement, has suggested the leadership of the current Gorkha… Read More
  • Chamling back after meeting home minister on reservation issue PRASHANT ACHARYA BAGDOGRA 12 Sep 2013 Members of the Tamang and Limbu communities of Sikkim today accorded a grand welcome to chief minister Pawan Kumar Chamling at Bagdogra Airport as he announced the union … Read More
  • 5 जना मोर्चा कार्यकर्ताहरु बेल मुक्त कासेबुङ 12 सेप्टम्बर: पहाड़वासीले तीब्ररुपमा प्रतिवाद गरिरहेको भए पनि पुलिसले मोर्चा नेता अनि कार्यकर्ताहरुलाई पक्राउ गर्न भने छोड़ेको छैन। आन्दोलन अवधि प्रशासनिक अनुमती बिना जुलूस, धरणा अनि नाराबाजी गर्नेहरु विरुध पुलिसले … Read More
  • Congress leader, supporters join TMC Siliguri 12 Sep 2013 The Trinamool Congress continues to increase its strength in North Bengal at the cost of rivals such as the Congress. Siliguri witnessed another Congress exodus today in the form of Phansidew… Read More

0 comments: