Home »
News
» मुख्य मंत्री ममता बेनर्जी आज प्रथम चोटी कालेबुङ आइपुगिन

1
मार्च (
कालेबुङ):-
पश्चिम बंगालकी मुख्यमंत्री ममता बेनर्जी आफ्नो पहाड भ्रमणको क्रममा आज कालेबुङ आइपुगेकी छन। आज अपराह्न कठोर सुरक्षाबीच उनी कालेबुङ आइपुगेकी छन। दुइ दिनको अनौपचारिक भ्रमणको निम्ति मुख्यमन्त्री कालेबुङ आएकी हुन। उनको यहाँको डेलोमा दुइ दिनको छुट्टी बिताउने कार्यक्रम छ। हिजो साँझ उनी दार्जीलिङ आई पुगेकी थिइन। दार्जीलिङमा हिजो उनलाई मोर्चाले भब्य स्वागत जनाएको थियो भने आज कालेबुङमा पनि उनलाई मोर्चा समर्थकहरुले न्यानो अभिवादन जनाएर स्वागत जनाएका थिए। उनी आज अपरान्ह 4
बजी कालेबुङ आई पुगेकी थिइन। दार्जीलिङको जीम हलमा उनको स्वागतको निम्ति मोर्चाले एउटा बिशेष कार्यक्रमको आयोजना गरेको थियो। हिजो उनले दार्जीलिङबाट पहाडको निम्ति एक गुच्छा परियोजनाहरुको घोषणा पनि गरिन। मुख्यमंत्रीले जीटीएको प्रसंगमा आफ्नो पक्ष राख्दै यस व्यवस्थालाई अस्तित्वमा ल्याउन आफूले प्रधानमंत्रीसँग कुरा गरी सकेको बताइन। उनले राज्यको तर्फबाट सबै प्रक्रियाहरु पूरा गरिएको तर केन्द्रले यसको गठनमा बिलम्ब गरी रहेको आरोप पनि लगाइन। मुख्यमंत्रीले दार्जीलिङ पहाडलाई स्वीर्जरल्याण्ड बनाउने भनाई हिजो पनि दोहोर्
याइन। उनले आफूलाई पहाडप्रति बिशेष लगाव रहेको बताइन। उनले पहाडको निम्ति आईटीआई,
अस्पताल,
पेयजल परियोजना,
बृद्ध पेंसन,
नयाँ रोप वेको निर्माण,
पर्यटन बिकास जस्ता एक गुच्छा परियोजनाहरुको घोषणा गरेकी छन।उनको कालेबुङ भ्रमणको अवधीमा आज यहाँका जनसाधारण धेरै उत्साहित देखिए। मुख्यमंत्रीको एक झल्को हेर्न मानिसहरु घण्टौदेखि शहरका मूल मार्गमा लाम लागेर बसेका थिए। उनी पहिलो पल्ट कालेबुङको भ्रमणमा आएको कारण पनि मानिसहरुमा उनलाई हेर्ने उत्सुकता बढेको थियो। उनी आज यहाँको डेलोमा अवस्थित दागोपापको टुरिष्ट लजमा बसेकी छन। भोलि उनले मोर्चाको केन्द्रीय नेताहरुसँग एउटा बैठक गर्ने जानकारी पनि पाइएको छ।
Related Posts:
Closure doubt on girls’ homeKurseong, July 8: The St. Margaret’s Home, a 114-year-old residential facility for poor children run by Christian missionaries, has allegedly told all 42 kids residing there to vacate the premises and move to other residentia… Read More
प्रो. लामाको निर्णयबारे मोर्चा बाहेक अन्य दलहरुको प्रतिक्रिया कालेबुङ, 7 जुलाई। देशकै एकजना प्रभावशाली व्यक्तिका रुपमा मानिएका डा महेन्द्र पी लामाले आउँदो लोकसभा चुनाउमा दार्जीलिङ समष्टिबाट खडा हुने मानसिक प्रतिबद्धता जाहेर गरेका छन। स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ लडेर आजसम्म सम्बोध… Read More
Floods and rain forecastJuly 8: Several places in Darjeeling and Cooch Behar districts were inundated today because of consistent rain in the past 24 hours.
The Met department forecast heavy rain in Darjeeling, Jalpaiguri and Cooch Behar districts … Read More
Morcha’s Rahapal joins Trinamul - Ruling party to capitalise on exodus for rural polls July 8: Pravin Rahapal, who was a Gorkha Janmukti Morcha central committee member, has joined Trinamul protesting Bimal Gurung’s alleged move to dump the demand for Gorkhaland.
Along with Rahapal, about 500 of his supporters… Read More
Bail for Gurung in Sibchu caseJuly 9: Bimal Gurung was granted interim bail today in connection with a clash between his party supporters and police in Sibchu in 2011.
Saraswati Pradhan, a Nari Morcha leader based at Birpara in the Dooars, was also grant… Read More
0 comments:
Post a Comment