3 जुलाई (कालेबुङ):- गोजमुमो अध्यक्ष बिमल गुरुङले जीटीए चुनाउको निम्ति आफ्नो दलका प्रार्थीहरुको चयन प्रक्रिया शुरु गरेका छन।
गुरुङले सोमबार दार्जीलिङमा सम्पन्न पार्टी कार्यकर्ताहरुको भेलाबीच दलका युवा कार्यकर्ता दीपेन मालेलाई टिकट प्रदान गरेर प्रार्थी चयनको प्रक्रिया शुरु गरेका छन। युवा मोर्चाको केन्द्रीय समितिका प्रचार सचिव दीपेन माले हाल सीबीआईको हिरासतमा छन। मदन तामाङ हत्याकाण्डमा संलग्न रहेको आरोपमा गत बर्ष मालेलाई सीबीआईले पक्राउ गरेको थियो। एक जना हत्या आरोपीलाई चुनाउको टिकट प्रदान गरिएकोमा पहाडमा अन्य केही दलहरुको मोर्चा प्रमुखको यस निर्णयको आलोचना पनि गरेका छन। दीपेन मालेले स्थापनाकालदेखि नै पार्टीको निम्ति योगदान दिएको कारण उनलाई टिकट दिने निर्णय गरिएको गुरुङको भनाई छ। जीटीएको कूल 45 वटा आसनहरुको मध्ये दुइजनाको नाम घोषणा भए पछि रहल 43 जना प्रार्थीहरुको नाम आगामी 5 जुलाई बिहीबारका दिन गुरुङ आफैले दार्जीलिङबाट घोषणा गर्ने थाहा लागेको छ। गुरुङले दीपेन मालेलाई टिकट दिइएको बिषयबारे प्रकाश पारेका छन।
जीटीए चुनाउलाई नै केन्द्र गरी आज कालेबुङमा पनि मोर्चाको कर्मीसभा सम्पन्न भएको छ। यहाँको डेलो लज परिसरमा सम्पन्न सो सभामा मोर्चा प्रमुख बिमल गुरुङलगायत केन्द्रीय समितिका उपाध्यक्ष कल्याण देवान, सहसचिव विनय तामाङ, नगरपालिका अध्यक्ष ललित परियार आदि बिशेष रुपले उपस्थित थिए। कालेबुङको 13 वटा समष्टीबाट भेला भएका दलका कार्यकर्ता र समर्थकहरुले जीटीएको प्रमुखको पदभार बिमल गुरुङ स्वयंले निर्वाह गर्नु पर्ने कुरामा जोड दिए। यी विभिन्न समष्टि र भातृ संगठनका प्रतिनिधिहरुले गुरुङसँग यस आशयको आग्रह गर्दै लिखित निवेदन पनि चढाएका छन।13 वटै समष्टिका प्रतिनिधिहरुले आ आफ्नो छोटो सम्बोधनको क्रममा नयाँ व्यवस्थामा जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु इमानदार, जनहितप्रति कटिबद्ध र पार्टीप्रति समर्पित हुनु पर्ने माग गरेका छन। आजको कर्मीसभालाई पार्टी प्रमुख गुरुङसहित उपाध्यक्ष कल्याण देवान, सहसचिव बिनय तामाङ, आरबी भुजेल, कुमार चामलिङ, गोपाल रुचाल, बन्दना योञ्जन, काजिअम्छिरिङ भुटिया, कल्पना तामाङ आदिले पनि सम्बोधन गरेका थिए। गुरुङले प्रार्थी चयन प्रक्रियामा दलको कुनै पनि स्तरबाट हस्तक्षेप हुन नहुने आदेश दिँदै कार्यकर्ताहरुबाट लिखित रुपमा आफ्नो स्वीकृतिसमेत लिएका छन। तर उनले आफ्नो सम्बोधनको क्रममा कालेबुङको 13 वटा समष्टीमध्ये दावा लेप्चाबाहेक चुनाउ लड्ने अन्य प्रार्थीहरुको नामको भने संकेतसम्म दिएनन। दार्जीलिङको बैठकमा नै आफूले रहल 43 जना उम्मेद्वारहरुको नाम सार्वजनिक गर्ने बताए। गुरुङले सभामा चुनाउमा आफ्नो उम्मेद्वारिताबारे पनि कार्यकर्ता र समर्थकहरुलाई कुनै आश्वासन दिएका छैनन।
3 Jul 2012
मोर्चाको प्रार्थीहरुको चयन प्रक्रिया शुरु
Related Posts:
An American educational researcher Mr. Andrew Thomas Wrotham has visited a private instituteRANGPO-5TH JUNE12An American educational researcher Mr. Andrew Thomas Wrotham has yesterday visited a private institute named prativha academy challamthang under temi namphing constituency under south Sikkim .residents of A… Read More
On top after a failed bid - HMI team walked past bodies to summit EverestVIVEK CHHETRI Darjeeling, June 6: Blinding blizzards, scattered bodies and a forced retreat a mere 600 metres from the peak could not deter the team from the Himalayan Mo… Read More
Flash flood pummels LachungNIRMAL MANGAR Gangtok, June 6: A flash flood triggered by unabated rain for more than 24 hours has destroyed a dozen houses, a steel bridge and agricultural land at Lachu… Read More
Funds soon for hill highway sink zoneSiliguri, June 5: The Centre has agreed to sanction Rs 55 lakh immediately to restore the road at Paglajhora after a team from the Union ministry of surface transport and roadways inspected the site while also visiting Tindha… Read More
Stranded tourists backGangtok, June 5: Around 200 tourists who were stranded in Lachung since Sunday night returned to Gangtok this afternoon and nearly 150 visitors trapped in Lachen have started for the Sikkim capital.More than 55 vehicles carry… Read More
0 comments:
Post a Comment