7 Jul 2012
दार्जीलिङ पहाडमा आजदेखि ज़ीटीए चुनाउको बजार गरम
6 जुलाई (कालेबुङ):- दार्जीलिङ पहाडमा आजदेखि ज़ीटीए चुनाउको बजार गरम भएको छ। मोर्चालगायत अन्य राजनैतिक दल र निर्दलीय प्रार्थीहरुले आफ्नो नामाङ्कन पत्र भरेका छन। मोर्चा अध्यक्ष बिमल गुरुङले आफूलगायत अन्य केही सहयोगीहरुको उम्मेद्वारिताको घोषणा ढिलो गरी गरे तापनि आज उनले अन्य सबै प्रत्याशीहरुसँगै आफ्नो नामांकन पत्र जिलापाल कार्यालय पुगेर चुनाउ अधिकारीलाई सुम्पे। गुरुङले आफ्नो गृहसमष्टि तकभरबाट चुनाउ लड्ने निर्णय लिएका छन। गुरुङले हिजो साँझ बाँकी रहेका 9मध्ये आठवटा आसनको निम्ति प्रत्याशीहरुको नामको घोषणा गरेका थिए। जसमा आफूलगायत महासचिव रोशन गिरी अनि उपाध्यक्ष प्रदीप प्रधान सामेल छन। मोर्चाले आज जीटीएको 45 आसनमध्ये प्राय सबै आसनहरुमा नामङ्कन बुझाएको छ। दार्जीलिङको कूल 21वटामध्ये 20 वटामा आज मोर्चा प्रार्थीहरुले नामांकन दर्ता गरेका छन भने यता कालेबुङमा पनि कूल 13 वटै समष्टिका मोर्चा प्रत्याशीहरुले आज महकुमा कार्यालय पुगेर आ आफ्नो नामाङ्कन जमा गरेका छन। यता, पहाडका बिपक्षी दलहरु क्रामाकपा अनि गोर्खालीग अनि कंग्रेसले चुनाउमा भाग नलिने घोषणा गरेका छन भने सीपीएम र तृणमूल कंग्रेसले केही आसनहरुको निम्ति चुनावी प्रतिस्पर्धा गर्ने निधो गरेका छन। सीपीएमले दार्जीलिङबाट 16 अनि कालेबुङ्बाट 4वटा आसनको निम्ति प्रार्थी खडा गर्ने निश्चय गरेको छ। अर्कोतिर, मोर्चा अध्यक्ष बिमल गुरुङको निर्णयले असन्तुष्ट कतिपय कार्यकर्ताहरुले निर्दलीत प्रार्थीको रुपमा चुनाउ लड्ने मन बनाएका छन। अहिलेसम्म दुइजनाले मोर्चा प्रमुखको कठोर चेताउनीको अवमानना गर्दै चुनाउमा भाग लिने निर्णय गरेका छन। कालेबुङभित्र पर्ने 41 नम्बर समष्टीबाट मोर्चा प्रत्याशी कल्याण देवानविरुद्ध दलकै कार्यकर्ता सञ्चमान सुब्बाले नामाङ्कन भरेका छन भने 44 नम्बर समष्टीबाट मोर्चाका निष्क्रिय कर्मी खिलन प्रधानले निर्दल प्रत्याशीको रुपमा नामाङ्कन भर्ने तय गरेका छन। आगामी 9 जुलाई नामाङ्कन दर्ता गर्ने अन्तिम दिन हो भने नामांग्कनहरुको जाँचप्रक्रिया 10 जुलाईमा पूरा गरिनेछ। 12 जुलाईका दिन प्रार्थीहरुले नामाङ्कन फिर्ता लिन सक्नेछन। मोर्चाको विरुद्ध केही राजनितिक दल र निर्दल उमेद्वारहरुले चुनावी प्रतिद्वन्द्विता गर्ने भएकाले जीटीएको प्रथम चुनाउ निक रोचक हुने राजनैतिक पर्यवेक्षकहरुको अनुमान रहेको छ॥
Related Posts:
Heroin haul in hillsDarjeeling, Sept.11: Darjeeling police today arrested an alleged drug supplier with what they suspect to be a kilogram of heroin.Kunal Aggarwal, the superintendent of police of Darjeeling, said: “We had prior information that… Read More
Biometric plan to catch truants - GTA wants retina and fingerprint scan for attendanceDarjeeling, Sept. 10: The GTA has decided to introduce biometric attendance system in some of its offices and hospitals in the hills to monitor the attendance of employees.“We have ordered 20 biometric machines at the cost of… Read More
दूर्घटनामा मर्नेहरुको संख्या दुइ10 सेप्टेम्बर (कालेबुङ) :- आइतबार अपरान्ह तारखोलानजिक भएको एउटा वाहन दूर्घटनामा मर्नेहरुको संख्या दुइ पुगेको छ। यस दूर्घटनामा गम्भीर रुपले घाइते भएकी 4 बर्षीय बालिका लिजुम लेप्चाको उपचाराधीन अवस्थामा आज मुत्यु भएपछि मर्नेहर… Read More
Transfer charge on GTA, ‘victims’ to protest - GNLF to oppose orders and hold ralliesVIVEK CHHETRIDarjeeling, Sept. 11: The GNLF has accused the GTA of victimising its supporters, employed with the hill set up, by transferring them to remote places and said the orders would not be accepted.GNLF leaders, who h… Read More
Boy driver and pals killed in Sikkim Vehicle rolls down 1500ft, 4 kids dieGangtok, Sept. 9: Four boys, apparently carrying garbage in a car to dump at a place near their hostel, died yesterday when the vehicle that was being driven by one of them rolled 1,500ft off a hilly road in West Sikkim.Five … Read More
0 comments:
Post a Comment