19 Apr 2013
च्यानल बन्द प्रती टीएमसीको प्रतिवाद
कालेबुङ 17अप्रेल। कालेबुङको क्यबल समाचार च्यानल एचपीसीको प्रसारणमा मोर्चाद्वारा कथित रोक लगाइएको खबर प्रकाशमा आएपछि हिल तृणमूलका नेतृत्वले घटनाको तीव्र प्रतिवाद जनाएका छन। हिल तृणमूलका नेताहरु प्रवीण रहपाल अनि ननिता गौतमले आज यस विषयलाई केन्द्र गरी महकुमा अधिकारी कार्यालयका डेप्युटी मेजिष्ट्रेट प्रितम लिम्बूसँग भेटेर कुराकानी पनि गरेका छन। महकुमा अधिकारीको अनुपस्थितिमा यी हिल तृणमूल नेताहरुले लिम्बूलाई भेटेर च्यानलको प्रसारणमा राजनैतिक दवाउ भएको खबरको सम्बन्धमा प्रशासनिक पदक्षेप ग्रहण गर्नु पर्ने माग गरेका छन। हिल तृणमूलका सचिव प्रबीण रहपालले यस घटनालाई प्रेस स्वतञ्त्रमाथि हस्तक्षेप बताउँदै स्थानीय प्रशासनले यस मामिलासँग सम्बन्धित सबै पक्षलाई डाकेर एउटा बैठक आयोजना गर्नु पर्ने माग गरिएको बताएका छन। “तृणमूल कङ्ग्रेसले प्रेसस्वतञ्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन। राजनैतिक स्वार्थपूर्तीको निम्ति मिडीयाकर्मीहरुको मौलिक अधिकारको हनन हुने कार्य भएको छ। यस्तो राजनैतिक हस्तक्षेपको हामी घोर बिरोध गर्दछौ” रहपालले भने। तिनले जीटीएद्वारा लोकल च्यानलहरुलाई लाइसेन्स प्रदान गरिने कुरालाई भ्रामक बताउँदै भने, “यहाँ समाचार च्यानल सञ्चालनको निम्ति जीटीएले लाईसेन्स दिने हल्ला चलिरहेको छ। वास्तवमा यो केवल भ्रम फैलाएर आफ्नो स्वार्थ पूर्तिको निम्ति च्यानल सञ्चालन गर्ने षडयन्त्र हो। यदि यहाँ कुनै पनि राजनैतिक पार्टीले आफ्नो स्वार्थ पुरा गर्न मन नपरेको च्यानल बन्द गर्ने कार्य गरे त्यसलाई हिल तृणमूलले सहन गर्ने छैन। आवश्यक परे हामी उच्च न्यायलयमा मुद्दा दर्ता समेत गर्नेछौ” तिनले कालेबुङका लोकल च्यानलहरुमा धेरै जना शिक्षित बेरोजगारहरु निर्भर रहेको बताउँदै प्रशासनले एचपीसीको पुनर्प्रसारण बहाली गर्न यथाशिघ्र पहल गर्नुपर्ने कुरामा जोर दिएका छन। तिनले पहाडमा गणताञ्त्रिक वातावरणको पुनर्बहाली र प्रेस स्वतञ्त्रता सुनिश्चित गर्न तृणमूल कङ्ग्रेसले आफ्नो स्तरको हरसम्भव काम गर्ने दाबी पनि गरेका छन। यता, हिल महिला तृणमूल अध्यक्ष ननिता गौतमले पनि एचपीसीमाथि लगाएको प्रतिबन्धको प्रतिवाद जनाएकी छन। ‘पत्रकारहरूले निष्पक्ष रुपमा काम गर्न पाउनुपर्छ। राजनैतिक दवाव दिएर एसपीसीको प्रसारण बन्द गर्ने कार्यको हिल तृणमूल घोर विरोध गर्छ’ श्रीमती गौतमले भनिन्। तिनले मोर्चाको निर्देशमा समाचार च्यानल बन्द भएको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै पत्रकारहरुले पनि निष्पक्षता र निर्भिकताकासाथ पत्रकारिताको धर्म निर्वाह गर्नु पर्ने सुझाव दिएकी छिन। “पत्रकारिता खूबै दायित्वपूर्ण पेशा हो। पत्रकारहरुले पनि आफ्नो कार्य गर्दा कुनै पक्षपात गर्नु हुँदैन। कतिपय समाचारमा पक्षपात भएको हामीले अनुभव गरेका छौ। राजनैतिक दलको दबाउमा आएर बिपक्षी दलको समाचारलाई उपेक्षा गर्नु उचित होइन” तिनले भनिन।
Related Posts:
फोहोर व्यवस्थापनको अभावमा शहर दुर्गन्धितप्रज्ज्वल छेत्री कालेबुङ, १९ मई| कालेबुङ शरहबाट दैनिक रुपमा निस्किने फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा अहिले शहरी क्षेत्रनै प्रदूषित बन्दै गएको छ| यसको मुख्य असर आम मानिसमा पर्न थालेको छ| करीब एक सातादेखि शहर क्षेत्रमा यत्रत… Read More
Hill police claim ISI arrests in KurseongKurseong, May 19: Darjeeling police today arrested two suspected ISI agents along with two of their links from Kurseong. Police have also detained three other people, one of them an upper division clerk in the army’s 33 Corp… Read More
ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More
Decision on others, Morcha out: Tirkey Siliguri, May 19: Akhil Bharatiya Adivasi Vikas Parishad leader Birsa Tirkey today ruled out any understanding with the Gorkha Janmukti Morcha for the panchayat polls, but said local leaders in the Dooars would decide on a ti… Read More
Cop son killed in Gangtok brawlGangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youth… Read More
0 comments:
Post a Comment