(छेवाङ योञ्जन)
पत्रकारितालाईगणतन्त्रको चौथो स्तम्भको रुपमा मान्यता दिएतापनि कथित गणताञ्त्रिक राजनीतिकदलहरुले भने यो चौथो स्तम्भलाई ढाल्ने प्रयास गरेको थुप्रै उदाहरण पाइन्छ। विभिन्नप्रकारका समस्याको सामना गर्दै भारतेली नेपाली पत्रकारिताले एक शताब्दी जतिको खुडकिलोपार गरिसकेको छ । अरु राष्ट्र र भाषाको तुलनामा भारतेली नेपाली पत्रकारिता अझ पनि बामे सर्दै गरेको अवस्थामा छ। प्रारम्भमासामान्य समस्याहरुसँग जुझ्दै विकासको गति पक्रेको भारतको नेपाली पत्रकारिताले एक शताब्दीकोयात्रापछि भने सोझै राजनैतिक हस्तक्षेपको शिकार बन्न परिरहेको अवस्था छ। देशकोकुनै पनि क्षेत्रमा वसोवास गर्ने गोर्खा समुदायका व्यक्तिविशेष अथवा संघ-संस्थालेप्रकाशमा ल्याएको पत्र-पत्रिकाहरु राजनैतिक हस्तक्षेप र दबाउको शिकार नभएको इतिहासकमै पाइन्छ। भारतमा गोर्खाबहुल क्षेत्रहरुको कुरा आउँदा पूर्वोत्तरको चर्चा गर्न सकिन्छ । पूर्वोत्तरराज्यहरुमा वसोवास गर्ने गोर्खा समुदाय सामाजिक अनि राजनैतिक दुवै स्तरको सकसमा बाँच्नुपरिरहेको इतिहास त सर्वविदितै छ। एउटा सिङगो जातिसँगै यस भाषाको पत्रकारिता पनिदिन-प्रतिदिन राजनीतिको निस्सासिँदो वातावरणमा डुब्दै गइरहेको तथ्यहरु उजागर हुन थालेका छन्।गोर्खाहरु वसोवास गर्ने उत्तर पूर्वीय राज्यहरुमध्ये दार्जीलिङ पहाडलाईगोर्खाहरुको पोलिटिकल बेस मानिन्छ अनि यही क्षेत्रमा पत्र-पत्रिकाले राजनीतिकहस्तक्षेपबाट निकास पाउन सकिरहेको छैन। पत्रकारितालाई समाजको दर्पण मानिए पनिदार्जीलिङ पहाडको परिप्रेक्ष्यमा भने यो विधाले कहिले पनि समाजको दर्पणको रुपमास्थापित हुने औसर पाउन सकेको छैन। दार्जीलिङ पहाडमा नै घरि-घरि राजनैतिक उतार चडाउदेखापर्ने हुनाले प्रत्येक पल्टको पोलटिकल स्टन्टमा यहाँको पत्रकारिता नै राजनैतिकहस्तक्षेपको दलदलमा भासिन्दै गइरहेको पाइन्छ। प्रत्येक चोटीको राजनीतिक हुरीलेकुनै न कुनै पत्रपत्रिकाको अस्तित्व हराउँदै लगिरहेको छ। पहाडबाट प्रकाशमा आएको दैनिकहरु हिमालचुली, सुनचरी, आजभोलि, हाम्रो पहाड,सुनखरी, गोर्खाभारती आदि किन हराए अनि कसरी यी समाचार पत्रहरुको अस्तित्व मेटियो भन्ने कुरा आज एउटा गहन चिन्तनको विषय बनेको छ। पहाडमा एउटा पत्रिकाको दीर्घकालीन इतिहास पटक्कैपाइँदैन । फष्टिँदै गइरहेको एउटा पत्रिकालाईराजनीतिक शिकार बनाएर त्यसलाई झरैबाट उखेल्ने परम्परा रहेको पहाडमा कसरी पत्रिकाकोदीर्घकालीन इतिहास निर्माण हुन सक्छ? राजनीतिमा फाइदा भए मात्र पत्र-पत्रिका अनिपत्रकारहरुप्रति सहानुभूति देखाउने कुसंस्कार पालेका छन् यहाँका राजनीतिक दल साथैनेताहरुले। राजनीतिक हिलोछेपाईको भुमरीमा अचानो भएर बाँच्नु परेको छ पहाडकोपत्रकारिता र पत्रकारहरु । राजनीतिक दलहरुको मुद्धा बिग्रियो कि पत्रकारहरु आखाँकोछारो भइहाल्छन्। कुनै पनि सार्वजनिक मञ्चबाट पत्रकारहरुलाई खुल्लेआम ज्यान-मालको धम्की दिने काम हुन्छ। “पत्रकारले राजनीतिमा हस्तक्षेप गर्यो, मुद्दा बिगार्यो, अब गोर्खाहरुको भविष्यको जिम्मेवार पत्रकारहरुले लिनु पर्छ” भन्ने जस्ता धम्कीहरु उपहारको रुपमा पाउँछनपहाडका पत्रकारहरु। अझै एउटा मनमा लाग्ने कुरा त के भने राजनीतिक दलका शीर्षनेताहरुले नै जनसभाबाट भन्ने गर्छन् – “छ्यासीमा त पत्रकारहरु पनि मारिएका थिए।“ नेताले खुलेआम पत्रकारहरुलाई धम्की दिएपछि तिनकाकार्यकर्ता र समर्थकहरुले पनि पत्रकारहरुको गल्ती देखी हाल्छन्। अनि पत्रकारहरुमासामाजिक असुरक्षाको भाव उत्पन्न हुनु स्वभाविक हो। निर्भीक अनि निषपक्ष पत्रकारिताकोमार्गमा हाल यी विषयहरु नै वाधक बनेका छन। पत्रकारिता जस्तो गम्भीर अनि सम्वेदनशीलविधालाई जबसम्म राजनीतिक दलहरुले सही प्रकारले बुझ्ने प्रयास गर्दैनन् तबसम्म पहाडको पत्रकारिताले दीर्घकालीनआयु पाउन सक्दैन भन्दा कुनै अत्युक्ति नहोला। सरकारी साहुलियत अनि सुविधाहरुबाटबञ्चित यहाँका पत्रकारहरुलाई राजनैतिक दलहरुले हेर्ने मानसिकता अर्कै भइसकेको छ। यहाँपत्रकारहरुलाई एलियन स्वरुप हेरिन्छ अर्थात अर्कै ग्रहको मानिसलाई जस्तो।पत्रकारहरुले अब पहाडमा जातिविरोधीको संज्ञा पाउन मात्र बाँकी छ। राजनैतीक दलहरुकोयस प्रकारको सोचले पहाडको प्रगतिशील पत्रकारितामा वाधा सृजना हुने गरेको छ। समाजमा असुरक्षित अनुभव गरेर कसरी असल पत्रकारिताको धर्म निर्वाह गर्नसक्छन पत्रकारहरुले? वेतन होइन पारिश्रमिक मात्र पाउँछन् यहाँका पत्रकारहरुले तरपनि अचानो भएर सामाजिक दायित्व काँधमा लिएर पत्रकारिताको गरिमालाई अक्षुण्ण राख्न जोखिम उठाएर लागी परिरहेका छन्। सरकारी सहुलियतअनि सुविधाको अनुहारसमेत देख्न नपाएका पत्रकारहरु आधारहीन आरोपहरुको शिकार भइरहेकाछन्। व्यक्तिगत अनि संस्थागतरुपमा अघि वढीरहेकासंघर्षशील पत्रकारहरुलाई पोलिटिकल तारगेट बनाएर सत्तामा बसेको दलले चौथो स्तम्भलाईमास्नै खोजेको हो त ? पहाडमा आज पत्रकारहरु किन राजनीतिक दलहरुको छारो भइरहेका छन? यस दिशामागहन चिन्तन र वहस गर्नुपर्ने समय नजिकआइसकेको छ। जब जब सत्तासिन दलहरुको नकारात्मक कुराहरुपत्रकारहरुले उजागर गर्छन तब तब तिनीहरुले पत्रकारितामाथि हमलागर्ने गरेको घट्नाहरु देखिने गरेको छ।समाचार पत्रहरु बन्द गर्ने, जलाउने गरेको घटनाहरु बिगतका दिनदेखि हुँदै आइरहेकोघटना राजनैतिक पार्टीहरुको हैकमवाद नै हो भन्दाकुनै फरक पर्दैन । यहाँको राजनीतिक दलहरुको पत्रकारिताप्रतिको नकारात्मक सोचको कारण पनि यस क्षेत्रमा दिनोदिन विसंगति र विकृतिहरु देखा पर्न थालेका छन। एकथरी पत्रकारहरुलाई धम्काउने काम गरिन्छ भने अर्का थरीकाहरुलाई दलहरुले किन्नेप्रथा पनि स्थापित भइसकेको छ पहाडमा । पत्रकारहरुलाई किन्ने अनि नमाने धम्काउनेप्रथाले नै यस क्षेत्रमा विसंगति र विकृतिहरु उत्पन्न हुन थालेको हो। जातीयचिन्हारीको दिशामा भाइटल पोलटिक्स गरिरहेका पहाडका दलहरुले क्षेत्रीय पत्रकारितालाईआफ्नो छारो बनाउनु भनेको , जातीय एकतामादेखा पर्ने एउटा लज्जास्पद विषय हो। पत्रकारितालाई आफ्नो हस्तक्षेपको शिकार बनाएर के राजनीतिक दलहरुले सहीकाम गरिरहेका छन् त ? एउटा जातिलाई प्रतिनिधि गरेर दिशानिर्देश गरिरहेको सत्तासिन दलले प्रेसस्वतन्त्रतामाथि सोझै हस्तक्षेप गर्छ भने त्यस दलले कसरी समाजमा गणतन्त्र स्थापितगर्ने ? असुरक्षित अनि असहज वातवरणमा बसेर एकजनापत्रकारले असल पत्रकारिता गर्छ भन्नु तर्कसंगत त हुँदैन तर हाल पहाडका पत्रकारहरुलेयसरी नै यस विधालाई अघि बढाइ रहेका छन्।
20 Apr 2013
राजनैतिक हस्तक्षेपको शिकार पहाडको पत्रकारिता
Related Posts:
पञ्चायत चुनाउ र मोर्चाको स्थिति (छेवाङ योञ्जन) पश्चिम बंगाल चुनाउ आयोगले जारी गरेको अधिसूचना अनुरुप आगमी जुलाई महिनाको 2 तारिक देखि राज्यमा त्रिस्तरीय पञ्चायत चुनाउ सम्पन्न हुनेछ। चुनाउ आयोगले तीनवटा चरणमा राज्यको विभिन्न जिल्लाहरुमा पञ्चायत चुनाउ गराउने … Read More
Adi Kavi Bhanu Bhakta Acharya - the Nepali legend Every year Bhanubhakta Acharya's birth anniversary is celebrated just for formalities. Various government and other organizations hold programmes to mark his birth anniversary. Looking at this it seems that the whole nation … Read More
TEN THOUSAND WHISPERS AND NOBODY LISTENING Anjan Dutt At the onset let me clarify that I have no political agenda and have always refrained from politics, Left or Right. Never walked in rallies except for joining the mourners at the Maidan at 17, when the th… Read More
Gorkhas need political unity 13 August 2013, New Delhi, C S Thapa Lack of linguistic recognition and regional minority status are bane for their identity. The demand for Gorkhaland, pending since 1907 is not only about identity of Gorkhas but … Read More
राजनैतिक हस्तक्षेपको शिकार पहाडको पत्रकारिता (छेवाङ योञ्जन) पत्रकारितालाईगणतन्त्रको चौथो स्तम्भको रुपमा मान्यता दिएतापनि कथित गणताञ्त्रिक राजनीतिकदलहरुले भने यो चौथो स्तम्भलाई ढाल्ने प्रयास गरेको थुप्रै उदाहरण पाइन्छ। विभिन्नप्रकारका समस्याको सामना गर्दै भारतेली नेपाल… Read More
0 comments:
Post a Comment