19 Apr 2013
साहित्यलेखनप्रति विद्यार्थीहरुलाई प्रोत्साहन गर्न कविता प्रतियोगिता
कालेबुङ 18 अप्रेल। साहित्यलेखनप्रति झुकाउ भएका विद्यार्थीहरुलाई प्रोत्साहन दिने उद्देश्यले नेपाली साहित्य अध्ययन समितिले आज कविता प्रतियोगिताको आयोजना गरेको थियो। समितिले महकुमा स्तरको यो अन्तरविद्यालय कविता प्रतियोगिताको आयोजना बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको सहयोगमा गरेको थियो। समितिका अध्यक्ष एमबी प्रधानको सभापतित्वमा यहाँको वर्सिप सेन्टरमा सम्पन्न सो कार्यक्रममा क्षेत्रका वरिष्ठ लेखक साहित्यकारहरु सानुमति राई, टीबी ठकुरी, बीआर छेत्री आदि विशिष्ट अतिथि थिए। कालेबुङसंलग्न क्षेत्रहरुलगायत अलगडा, पेदोङ, टिस्टा,गोरुबथान आदि क्षेत्रका माध्यमिक तहका विद्यार्थीहरुले कविता प्रतियोगितामा भाग लिएका थिए। यहाँका एसयुएमआइ, कुमुदिनी विद्याश्रम, जुबली उच्चतर माध्यमिक विद्यालय, कालेबुङ कन्या पाठशाला, इण्डो टिबेटन हाई स्कूल, प्रणामी बालिका विद्या मन्दीर, सरकारी हाई स्कूल, साई इन्सटिट्युट, सप्तश्री ज्ञानपीठ, सेंट अगष्टिन स्कूल, स्प्रिङडेल एकाडेमी, चन्द्रमाया हाई स्कूल, गनेश हाई स्कूल, गंगोत्री हाई स्कूल, अलगडा उच्चतर माध्यमिक विद्यालय, पेदोङको सेंट जर्ज स्कूल, टेण्डर बड्स, टिस्टा उच्चतर विद्यालयका कूल 35 जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए। यीमध्ये जुबली उच्चतर माध्यमिक विद्यालयकी छात्रा बबिता खवास पहिलो, गङ्गोत्री हाई स्कूलका त्रिरत्न राया दोस्रो अनि कुमुदिनी विद्याश्रमका दिल कुमार सुब्बा तेस्रो भएका थिए भने टिस्टा उच्चतर माध्यमिक विद्यालयकी छात्रा साङ्डोमा शेर्पालाई सांतवना पुरस्कार प्राप्त भएको थियो। यी चारजना विजेती विद्यार्थीहरुलाई समितिका अध्यक्ष एमबी प्रधानको बाहुलीबाट नगद राशि पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो। कविता प्रतियोगिताको निर्णायक मण्डलीमा कथाकार सञ्जय विष्ट, कवि मनोज बोगटी, कविलेखक टीकाभाइ अनि पत्रकार प्रदीप लोहागुण थिए। यसै कार्यक्रमबीच साहित्य अकादमी अनि युवा साहित्य अकादमी पुरस्कारले सम्मानित लेखक-कविहरु उदय थुलुङ अनि मनोज बोगटीलाई पनि समितिले अभ्यर्थना जनाएको थियो। कार्यक्रमका आमञ्त्रित अतिथिहरुको बाहुलीबाट प्रशस्तीपत्र अनो दोसल्ला ओडाएर यी युवासर्जकहरुलाई समितिको पक्षबाट बधाई र अभिनन्दन प्रकट गरिएको थियो। यस अवसरमा समितिले नियमित प्रकाशमा ल्याइरहेको साहित्यिक पत्रिका साहित्य संकेतको 33औं अङ्क सार्वजनिक गरिएको थियो। कार्यक्रममा कवि मनोज बोगटी, टीकाभाइ अनि प्रदीप लोहागुण अनि बिशाल राईले कविता पठन पनि गरेका थिए भने साहित्यकार उदय थुलुङले साहित्यसृजनासम्बन्धी आफ्नो विचार प्रकट गरेका थिए। यता, अध्ययन समितिका सचिव बलभद्र शर्माले आज सम्पन्न महकुमा स्तरको प्रतियोगिताका बिजेताहरुले जिल्ला स्तरको प्रतियोगितामा भाग लिने अवसर पाएको बताएका छन। तिनले दार्जीलिङ, खरसाङ अनि डूर्वसमा पनि महकुमा स्तरको प्रतियोगिताको आयोजना गर्ने काम पूरा भएपछि जिल्ला स्तरको कविता प्रतियोगिता आगामी जूनको अन्तिम सातातिर आयोजना गरिने बताएका छन। शर्माले साहित्य लेखनको क्षेत्रमा विद्यार्थीवर्गलाई प्रेरित गर्ने उद्देश्यले समितिले बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको सहयोगमा सामयिक रुपले प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको जानकारी दिएका छन।
Related Posts:
दार्जीलिङको सानो रेल लिक बाहिर17 अप्रेल(कालेबुङ):-सोमबार दार्जीलिङको सानो रेलले लिक छोडेर पर्यटकहरुलाई भयभित पारे पनि कुनै गम्भीर दूर्घटना भने भएन। दार्जीलिङबाट घूमसम्मको जोय राइडको अवधीमा कागझोडामा यो दूर्घटना हुन पुगेको थियो। कागझोडामा पुगेर टोयट्रेन लि… Read More
Advertisement of gambling near schools buildingrangpo-17 april12The big hoarding installed near Bhanu Park at Singtam in national highway 31a is a big questioned by local residents .according to the news the hoardings of mahazong cashino is installed in such places where… Read More
Strike off, nod to protest meets - Govt agrees to Karam holidayCalcutta, April 17: The Gorkha Janmukti Morcha and John Barla-led forum decided to “indefinitely defer” its 48-hour proposed strike after a “very cordial” discussion with the government this afternoon.Both sides told journali… Read More
वाहन दुर्घटनमा पाचँको मृत्यु चारजना घाइते17 अप्रेल(कालेबुङ):- तीव्र गतिमा गाडी हाक्ने होड्मा पाँचजना यात्रीहरुले ज्यान गुमाउनु परेको छ भने रहल चारजना यात्रीहरुलाई घाइते अवस्थामा विभिन्न क्षेत्रका अस्पतालहरुमा भर्ना गरिएको छ। सोमबार दार्जीलिङबाट यात्रीहरु लिएर गान्त… Read More
United Sikkim enters I-League - Draw for Bhaichung boysGangtok, April 17: United Sikkim entered the I-League with a 1-1 draw against Mohammedan Sporting in the final match of the second division here today.Bhaichung Bhutia’s boys are the second team from the Northeast to make it … Read More
0 comments:
Post a Comment