19 Apr 2013
मोर्चाबाट अनापत्ति पत्र ल्याए एचपीसी च्यानल पुनर्प्रसारण गर्न हामी तयार छौं - ओ साइनी
कालेबुङ 18 अप्रेलः कालेबुङको लोकल समाचार च्यानल एचपीसीको प्रसारण बन्द गरिएको घटनाबारे राजनैतिक दल र सर्वसाधारणको चासो बढेपछि स्काइस्क्यान केबलको प्रबन्धनपक्षले आज प्रतिक्रिया दिएको छ। केबल मालिक ओमकार साइनीले आज सञ्चारमाध्यमहरुसँग आफ्नो प्रतिक्रिया जनाउँदै मोर्चाबाट अनापत्ति पत्र प्राप्त भए एचपीसीको पुनर्प्रसारण शुरु गर्न आफूलाई कुनै असुबिधा नभएको बताएका छन। केही दिनयता च्यानल बन्दको विवाद चुलिए पनि तटस्थ बसेका केबल मालिक ओमकार साइनीसँग आज पत्रकारहरुले तिनको अडान जान्न सम्पर्क गर्दा यस आशयको प्रतिक्रिया दिएका हुन। “एचपीसीसँग केबलपक्षको कुनै मतभेद र शत्रुता छैन। च्यानल प्रबन्ध पक्षले मोर्चाबाट अनापत्ति पत्र ल्याए यसको पुनर्प्रसारण गर्न हामी तयार छौं” टेलिफोनिक कुराकानीमा साइनीले भने। यता,एचपीसीको प्रसारणमा मोर्चाले कथित रोक लगाएको समाचारको सम्बन्धमा दलका प्रवक्ता डा हर्कबहादुर छेत्रीले जारी गरेको बयानप्रति च्यानल प्रबन्धपक्षले असन्तोष प्रकट गरेको छ। एचपीसीले प्रसारण गरेको समाचारलाई झूठो बताउने कालेबुङका विधायक डा. छेत्रीको च्यानलका निर्देशक सन्दिप कुलुङले खण्डन गरेका छन। तिनले मोर्चा प्रवक्ताले राजनैतिक स्वार्थ प्रेरित भएर यस्तो वयान जारी गरेको दाबी पनि गरेका छन। मोर्चाले आपत्ती जनाएको समाचार एचपीसीले 14 मार्चका दिन कालेबुङ न्यायलयबाट प्राप्त सुचनाको आधारमा गरेको कुलुङको भनाइ छ। सोही समाचारलाई नेपाली दैनिकहरुले पनि प्रमुखतासित प्रकाशन गरेको तिनले बताएका छन। “तर सो समाचारलाई केन्द्र गरी हामीमाथि मात्र किन दबाउ बनाउने काम भयो? त्यो समाचार गलत भए ती समाचार पत्रहरूविरुद्ध मोर्चाले किन कुनै आपत्ती जनाएन? तिनले प्रश्न गरेका छन्। एचपीसीद्वारा प्रसारित समाचारबारे स्पष्टिकरण दिँदै कुलुङले बताएअनुसार कालेबुङको एडिशनल चिफ ज्यूडिसिल मेजिष्ट्रेटले वर्ष 2009-10 का विभिन्न मामिलाहरूमा आरोपीहरूविरूद्ध वारन्ट जारी गरेको र यी विभिन्न मामिलाहरूमध्ये जीआर 127/09 मा नै धेरजसो अभियुक्तहरूको नाममा वारन्ट जारी भएको हो। आन्दोलनकालमा सरकारी अनि निजी सम्पतीहरूको आगजनी, तोडफोड र नोक्शान गरेको आरोपमा सुनवाइ चलिरहेका मामिलाहरुमा कोर्टमा नियमित उपस्थिति नदिने 135 जना आरोपीहरुविरुद्ध वरण्ट जारी गरिएको समाचार एचपीसीले प्रसारण गरेको थियो उक्त समाचारलाई केन्द्र गरी मोर्चाले च्यानललाई तारो बनाएको तिनले आरोप लगाएका छन। पत्रकारिताबारे दह्रो पकड राख्ने डा. छेत्री जस्ता विज्ञ व्यक्तिले यस्तो स्वार्थ प्ररित वयान दिएको घटनाले पत्रकारिता गर्ने युवा जमात कै मनोबल खस्किएको कुलुङले दावी गरे। तिनले प्रेस स्वतन्त्रता र गणताञ्त्रिक मूल्यको रक्षा गर्न नागरिक समाजका सचेतवर्ग र पत्रकारजमात अघि आउनु पर्ने अनुरोध पनि गरेका छन।
Related Posts:
Not a pretty picture, DidiCLICKS THERE... Mamata clicks prospective tourist spots on her way to Kalimpong. Picture by Amit Datta… Read More
Sikkim pins hope on Didi Swiss dream Chamling at Bagdogra on Thursday. (Kundan Yolmo) … Read More
Programme of Brahma Kumaris on Raj YogaSANJAY AGARWAL-RANGPO-2ND MARCThe Brahma Kumaris, Gangtok had organised programme on "How to Lead a Happy Life through Raj yoga Meditation" which was conducted by Raj yogi Suraj Bhaiji, a renowned soul who had come from the I… Read More
Red panda census in 2 hill forestsSiliguri, March 1: The forest department will conduct a census to find out the number of red pandas in two national parks in the hills. The first phase of the study will begin on Saturday. … Read More
Elderly back Mall park - Seniors against amphitheatreVIVEK CHHETRI The DGHC has started levelling Brabourne Park in the … Read More
0 comments:
Post a Comment