Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Mar 2012

तराई र डूवर्सका मोर्चा समर्थकहरुले अब नयाँ कार्यक्रमहरु गर्नुपर्ने

28 मार्च (कालेबुङ):- जीटीएमा तराई डूवर्सका भुभागहरु अन्तर्भुक्त गराउन त्यस क्षेत्रका मोर्चा समर्थक आदिवासीहरु आफैले पनि बल गर्नु पर्ने मोर्चाको केन्द्रीय नेतृत्वको भनाई छ। तराई डूवर्सका प्रतिनिधिहरुसँग मोर्चाको शीर्ष नेतृत्वको हिजो कालेबुङको डेलोमा सम्पन्न गोप्य बैठ्कको निचोड यस्तै छ। हाई पावर कमिटि अघि जीटीएमा सामेल हुने आफ्नो ईच्छाशक्ति जाहेर गर्न तराई डूवर्सका मोर्चा समर्थकहरुले अब नयाँ कार्यक्रमहरु गर्नुपर्ने पार्टीको हाईकमानले निर्देश दिएको छ। डूवर्स अनि तराई केन्द्रीत कार्यक्रमहरु आगामी 29 मार्चमा गोरुबथानमा हुने मोर्चाको जनसभामा घोषणा गरिनेछ। चुनाउपछि अस्तित्वमा आउने नयाँ व्यवस्थामा तराई डूवर्सको अन्तर्भुक्तिलाई लिएर अनिश्चितता बढेर गएपछि अहिले मोर्चा शिविरमा छटपटी देखा परेको छ। कलकता बार्तापछि तराई डूवर्सका आफ्ना समर्थकहरुमा देखा परेको अन्योलता साम्य पार्न हिजो यहाँको डेलोमा एउटा बैठक डाकिएको थियो। मोर्चा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरीलगायत स्टडी फोरम केन्द्रीय समितिका सदस्यवर्ग अनि तराई डूवर्सका नेतृवर्ग समर्थकहरु उपस्थित थिए। लगभग चार घण्टासम्म चलेको बैठकमा हाई पावर कमिटिले सिफारिस गरेको तराई डूवर्सका नयाँ मौजाहरुबाट ज़ीटीएको व्यवस्थामा मनोनित प्रतिनिधिलाई सामेल गर्ने कुरामा सहमति बनेको छ। बैठकपछि पार्टीमहासचिव रोशन गिरीले पत्रकारहरुलाई यसै आशयको जानकारी दिए। गिरीले बर्तमान दागोपापमा थप 16वटा मौजाहरु थपेर ज़ीटीएको चुनाउ गरिने अनि हालको क्षेत्रफललाई नै पुनर्सिमाङ्कन गरी 45 वटा समष्टीहरुको चुनाउ हुने बताए। उनले हाई पावर कमिटिले जूनसम्म आफ्नो रिपोर्ट बुझाउने बताउदै कमिटिले सिफारिस गरेको नयाँ मौजाहरुबाट मनोनयनको आधारमा प्रतिनिधिहरु जीटीएमा सामेल गरिने बताएका छन।
अर्कोतिर, मोर्चाको डूवर्स कमिटिका सचिव गणेश आलेले डूवर्समा नयाँ कार्यक्रमहरु गरी सरकारलाई जीटीएमा सामेल हुने तराई डूवर्सवासीहरुको आकांक्षा जाहेर गरिने बताए। उनले आफूहरु केन्द्रीय समितिको निर्णयसँग सन्तुष्ट रहेको पनि बताए।

Related Posts:

  • Strike in Dooars on April 22 to thwart meetSiliguri/Jalpaiguri, April 19: The Akhil Bharatiya Adivasi Vikas Parishad and a host of other outfits have called a 12-hour strike in the Dooars on April 22 to thwart a meeting in Nagrakata on that day by a forum of organisat… Read More
  • Ringtang deadline extensionDarjeeling, April 23: The administration has decided to extend the deadline for the reopening of Ringtang tea garden by another week after the management failed to comply with the directive to start operations from today.“I h… Read More
  • अनिश्चितकालिन बन्दको प्रथम दिन डुवर्स अशान्ति23 अप्रेल(कालेबुङ):- डूवर्समा जनसभा गर्ने अनुमति नदिएको प्रतिवादमा मोर्चासमर्थित जोइन्ट एक्शन को-अर्डिनेशन कमिटिले आजदेखि डाकेको अनिश्चितकालिन बन्दको पहिलो दिन डूवर्सका विभिन्न क्षेत्रहरुमा हिंसात्मक घटनाहरु भएको जानकारी पाइए… Read More
  • आगलागीमा सयवटा दोकानहरु नष्ट20 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहरको एचडी लामा रोडमा आज बिहानीपख भएको भयवह आगलागीको घटनामा लगभग एक सयवटा दोकानहरु जलेर नष्ट भएको छ। आज बिहान दुइबजी भएको यस घटनामा झण्डै पाँच करोड मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको अनुमान … Read More
  • Trips cancelled in peak season - Stuck or forced to stayApril 23: Taxis today refused to ply in the Dooars and those travelling to and from the hills either demanded double the fare or stopped before they arrived at their destinations, forcing tourists to trudge with their luggage… Read More

0 comments: