Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Mar 2012

श्रमिकहरुले न्यायको निम्ति आमरण अनशनको सहारा लिए

28मार्च (कालेबुङ):- बिगत सत्रह बर्षदेखि बन्द अवस्थामा रहेको रिङटाङ चियाकमानका श्रमिकहरुले न्यायको निम्ति अन्ततः आमरण अनशनको सहारा लिएका छन। यस चियाकमानका सातजना श्रमिकहरुले मंगलबारदेखि दार्जीलिङस्थित जिल्लापालको कार्यालय अघि आमरण अनशन शुरु गरेका छन। पिडीत श्रमिकाहरुले मोर्चाको श्रमिक संगठन दार्जीलिङ तराई डूवर्स प्लान्टेशन लेबर युनियनको ब्यानरमा अनशन शुरु गरेका छन। बर्तमान मालिकको चियाकमानको लिज रद्द गर्न अनि कमान यथाशीघ्र खोलाउन प्रशासनिक पहलको माग गर्दै श्रमिकहरु अनिश्चितकालिन आमरण अनशनमा गएका हुन। दार्जीलिङ जिल्लाको सोनादा क्षेत्रमा पर्ने यो चियाकमान बिगत 1996देखि बन्द रहेको जसले गर्दा यहाँका 944जना श्रमिकहरुको जीवन अत्यंतै कष्टकर बन्दै गैरहेको छ। हालका मालिकको लीज रद्द गरी नयाँ मालिकलाई कमान चलाउन दिनु पर्ने संगठनको माग छ। सरकारमाथि दबाउ बनाउन संगठनको नेतृत्वमा कमानका श्रमिकहरुले हिजोदेखि अनशन गर्ने निर्णय लिएका हुन। सन 1996मा दूर्घटनाबश यस चियाकमानको फ्याक्ट्री जलेर नष्ट भए पछि कमान बन्द गरिएको थियो। कारखानामा चिया उत्पादन बन्द भएपछि सन 1997मा मालिक अनि श्रमिक संगठनबीच काँचो पती टिपेर श्रमिकहरुलाई पारिश्रामिक दिइने सम्झौता भएको थियो। तर कमानका श्रमिकहरुले समुचित सहुलियत सुबिधाहरु नपाएको कारण संगठनले यो कार्य पनि बन्द गर्ने निर्णय लियो। बन्द चियाकमानका श्रमिकहरुले सरकारबाट पाउने सरकारी अनुदान पनि 944मध्ये 333 श्रमिकहरुले मात्र पाउने गरेको श्रमिक संगठनको गुनासो छ। बन्द कमानको लीजको नविनीकरण 2032सम्म गरिएको कुरामा पनि संगठनले कडा आपती जनाएको छ। दार्जीलिङ तराई डूवर्स प्लांटेशन लेबर युनियनका अध्यक्ष सुरज सुब्बाले हालको लीज रद्द गरी कमान खोलाउन सरकार पक्षबाट पहल हुनु पर्ने माग गरेका छन।

Related Posts:

  • Tremor in Sikkim Gangtok, Oct. 3: An earthquake measuring 5 on the Richter scale jolted Sikkim around 11.43am today forcing people out of their houses. No damage was reported but the panic was palpable as Sikkim, especially the north, had… Read More
  • Centre weak; maintain faith even if tripartite talks fail: Chettri PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Gorkha Janmukti Morcha spokesperson Dr. Harka Bahadur Chettri today suggested people should not give up hope even if the upcoming tripartite meeting fails to yield any majo… Read More
  • Deb warns of strict action against agitators Darjeeling 2 Oct 2013 The state government will not tolerate anyone, including the Gorkha Janmukti Morcha, taking the law into their hands,  ministers will continue visiting the hills to oversee developmen… Read More
  • ‘Janta’ poster accusing GJM chief surfaces again PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Kalimpong today saw yet another ‘janta’ poster urging the GJM leadership of refraining from including students in any form of agitation. The poster in the town’s main road … Read More
  • वार्ता आन्दोलनको एउटा अंश हुनेछ - ड़ा छेत्री कालेबुङ 2 अक़्टोबर-(प्रदीप) प्रस्तावित त्रिपक्षीय वार्तामा फलप्रद परिणाम निस्कन सकेन भने पनि यसले आन्दोलनलाई अघि बढाउन सघाउ पुग्ने मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीको धारणा छ। तिनले आउँदो लोकसभा चुनाउलाई केन्द्र गरी केन्द्… Read More

0 comments: