Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 Mar 2012

पहाडको हाई प्रोफाइल केस फेरि एकपल्ट चर्चामा

30 मार्च(कालेबुङ):-दार्जीलिङ पहाडको हाई प्रोफाइल केसको रुपमा चिनिने तीनकटारे काण्ड फेरि एकपल्ट चर्चामा आएको छ। पहाडका चर्चित नेताहरु आरोपी रहेको यो मामिलाको ट्रायल शुरु हुने प्रक्रियामा पुगेको छ। यस मामिलाको सुनवाई शुरु गर्न कालेबुङको acjm कोर्टले additional district and session judgeको कोर्टमा मामिला स्थानान्तरण गर्न पहल शुरु गरे पनि आज कतिपय आरोपीहरुको अनुपस्थितिको कारण यो प्रक्रिया पूरा हुन सकेन। फलस्वरुप acjm कोर्टले आगामी 12 अप्रेल यस मामिलाको नयाँ मिति तोकेको छ। आज यस मामिलाको सुनवाईको निम्ति तीनकटारे काण्डका आरोपीहरु जीएलओ प्रमुख छ्त्रे सुब्बा, पूर्व मोर्चा नेता अमर लामा, पूर्व गोरामुमो नेता एन टी मोक्तान, मोर्चाको केन्द्रीय समिति सदस्य नोर्देन लामालगायत अन्य आरोपीहरु कोर्टमा उपस्थित भए पनि रहल केही आरोपीहरु कोर्टमा उपस्थित नभई दिँदा मामिलालाई माथिल्लो कोर्टमा स्थानान्तरण गर्ने प्रक्रिया पूरा हुन सकेन।आज यहाँको acjm कोर्टले अडिशनल डिस्ट्रीक्ट अनि सेसन कोर्टमा स्थानान्तरको प्रक्रिया पूरा गरेपछि सत्र न्यायाधीशले यो मामिलाको संज्ञान लिएर ट्रायलको प्रक्रिया शुरु हुने कुरा थियो। पहाडको राजनितिसँग जडित आपराधिक मामिलाहरुमध्ये तीनकटारे काण्ड एउटा चर्चित मामिला हो। गोरामुमोको समयमका बिद्रोही नेता छ्त्रे सुब्बाले गठन गरेको कथित भुमिगत संगठन गोर्खा लिबेरेशन आर्मीले हतियारको प्रशिक्षण लिएको अनि सरकारविरुद्ध युद्धको घोषणा गरेको कुरासँग यो मामिला सम्बद्ध छ। दागोपापको 28 नम्बर समष्टीमा पर्ने जलढका थानाअन्तर्गत तीनकटारेको जंगलमा 12 नोभेम्बर 2000मा भुमिगत संगठन र पुलिस बलबीच मुठभेड भएको थियो। यस मुठभेडमा एकजना जंगी अनि एकजना पुलिसका होमगार्ड मारिएका थिए। यस काण्डमा पुलिसले जीएलओ प्रमुख छत्रे सुब्बालगायत एक दर्जन मानिसहरुलाई आरोपी बनाएको थियो। सुब्बालाई यस काण्डको निम्ति सहयोग पुर्याएएको दाबी गदै अमर लामा, नोर्देन लामा. एन टी मोक्तान जस्ता राजनितिसँग जडित मानिसहरुलाई पनि पुलिसले आरोपी बनाएको थियो। यस मामिलाका अधिकांश आरोपीहरु अहिले जमानतमा मुक्त भएका छन भने केही आरोपीहरुलाई भगौडे घोषित गरिएको छ। यिनीहरुबिरुद्ध भारतीय दण्ड संहिताको धाराहरु 120/121a/ 122/123/1124a/302/307/326/120bअन्तर्गत हत्या, आपराधिक षडयंत्र, सरकारबिरुद्ध युद्धको घोषणाजस्ता मामिलाहरु दर्ता गरिएको छ। जलढका थानाका तत्कालिन एस आई रञ्जित कुमार चौहानले यस घटनाको मामिला दर्ता गरेका थिए। पुलिसले बर्ष 2007को मार्चमा यस मामिलाका आरोपीहरुविरुद्ध चार्जसिट दाखिल गरेको थियो।
अर्कोतिर, यस मामिलाका एकजना आरोपी अनि पूर्व मोर्चा नेता अमर लामाले आफूविरुद्ध पनि पुलिसले चार्जसिट दर्ता गरेकोमा आश्चर्य प्रकट गरेका छन। उनले तीनकटारे भन्ने जग्गाबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै कानुनको पालना गर्न बाध्य बनेको बताए। यतिका बर्षपछि यो मुद्दाको सुनवाई शुरु हुनको पछि राजनैतिक दबाउ हुनसक्छ भनी पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिँदै लामाले राजनैतिक स्वर्थपूर्तिको निम्ति कुनै पनि कार्य सम्भव हुनसक्ने मंतब्य जाहेर गरेका छन।

Related Posts:

  • मोर्चा नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनेछन् - बिनय तामाङ कालेबुङ, 12 नोभेम्बर (छेवाङ) आन्दोलन अवधि पक्रा परेका जीटीएका तीन जना सभासदहरुले आज एउटा मुद्दामा अन्तरिम जमानत पाएका छन्। हाल बन्दी जीवन बिताइ रहेका मोर्चा सभासदहरु बिनय तामाङ, कल्याण देवान अनि निमा तामाङलाई आज गोरूबथानमा त… Read More
  • जुब्ली पाठशालाको चौथो वार्षीक खेलकूद सम्पन्न कालेबुङ, 14 नोभेम्बर।  यहाँको जुब्ली प्राथकि पाठशालाले आज बाल दिवसको अवसरा चौथो वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गर्‍यो। विद्यालयका चारवटा हाउसहरूाझ सम्पन्न प्रतियोगिता प्रथाकि तहका विद्यार्थीहरूले विविध प्रतियोगिता… Read More
  • बाल दिवसमा संस्थाहरु सड़कमा कालेबुङ 14 नोभेम्बर ‘बाल मित्र सप्ताह’ पालन गरिरहेको यहाँको चाइल्डलाइन अनि बाल सुरक्षा अभियानले आज राष्ट्रीय बाल दिवसको अवसरमा उच्च अधिकारीहरुसंग भेट गरेको छ। नानीहरुको सुरक्षा अनि अधिकारको हितमा काम गरिरहेको उक्त दुवै संस्… Read More
  • GTA talks in Calcutta next week Morcha readies demands Dajeeling, Nov. 13: The Gorkha Janmukti Morcha will seek 29 amendments to the GTA Act for proper functioning of the autonomous hill body during talks with the state and later central officials in Calcutta next week. Th… Read More
  • तकलिङ प्राथमिक उच्च पाठशालामा बाल दिवस पालन कालेबुङ 14 नोभेम्बर तकदाह खण्डविकास अन्तगर्त तकलिङ ग्राम-पञ्चायतमा रहेको तकलिङ निम्न उच्च पाठशालाले आज राष्ट्रीय बाल दिवस भव्यसाथ पालन गऱ्यो। पाठशालाका प्रध्यपक देवेन छेत्रीको अध्यक्षमा सम्पन्न भएको बास दिवस समारोहमा भुतपू… Read More

0 comments: