Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Mar 2012

पहाडमा मानव तस्करीको गतिविधिमा बृद्धि


24 मार्च (कालेबुङ):- दार्जीलिङ पहाडमा मानव तस्करीको गतिविधिमा बृद्धि भएको घटनालाई केन्द्र गरी यसको रोकथामको दिशामा काम गर्ने सरकारी अनि गैर सरकारी संगठनका कार्यकर्ताहरुलाई चिन्तामा पारेको छ। केही दिन अघि दार्जीलिङमा देखा परेको मानव तस्करीको ताजा घटनालाई केन्द्र गरी क्षेत्रमा मानव तस्करहरुले गहिरो सञ्जाल सञ्चालन गरी मोटो रकम कमाउने गोरखधन्धा चलाइ रहेको स्पष्ट भएको छ। एक जना बिद्यार्थीको चतुराई र सहयोगमा सम्बन्धित क्षेत्रको गैरसरकारी संगठन र पुलिसले ती तस्करहरुलाई पक्राउ गर्न सफल भए पनि प्रकाशमा नआएका यस्ता कैयौं घटनाहरुले पहाडको ग्रामीण अनि अल्पशिक्षित महिलाहरुलाई देशका महानगरहरुमा नारकिय जीवन भोग्न बाध्य बनाई रहेको छ। मानव तस्करीको रोकथामको दिशामा अहिले पहाडमा आधादर्जन जति गैर सरकारी संगठनहरु कार्यरत छन। ती मध्ये दार्जीलिङको मार्ग, कालेबुङको हिल सोसिएल वेलफेयर सोसाइटी अनि बाल सुरक्षा अभियानले सक्रिय रुपमा काम गरी रहेको छ। दार्जीलिङको मार्गका कार्यकर्ता निर्णय जोन अनुसार क्षेत्रको बेरोजगारी र गरिबी नै मानव तस्करीको मूल कारन हो। यता, कालेबुङकी सिस्टर सुबेष्णा पनि यिनै कुराहरुलाई कारण मान्दछिन। निर्णय जोन अनुसार बर्ष 2001मा उत्तर बंगालमा मिसिङ केस 196 वटा पाइएको थियो भने 2010को तथ्याङ्क अनुसार यो संख्या बढेर 1800 पुगेको छ। यी तथ्याङ्कले पनि क्षेत्रमा मानव तस्करीको सञ्चालले जरा गाढ्दै गएको उनको बुझाई छ। पहाडका ग्रामीण क्षेत्रका महिलाहरुको गरिबी र परिवारप्रतिको जिम्मेवारीको फाइदा उठाएर तस्करहरुले उनीहरुलाई राम्रो रोजगार र बेतनको प्रलोभनमा फसाउँने गरेका छन। गरिब महिलाहरुलाई दिल्ली, पुणे र दक्षिण भारतका शहरहरुमा लगेर घरेलु नोकरको रुपमा नारकिय जीवन भोग्न बिबश बनाउने गरेका छन भने धेरै महिलाहरुलाई देहव्यापार सञ्चालन गर्ने दलालहरुको हातमा बेचेर यौनकर्ममा लिप्त हुन पनि लाचार पारेको घटनाहरु लगातार देखा परिरहेको छ। अर्कोतिर, आफ्ना भौतिक चाहनाहरु पूरा गर्ने चक्करमा लागेका कलेज स्तरका युवतीहरुको कारण पनि मानव तस्करीको सञ्जाल बिस्तार भई रहेको छ। राज्यमा मावन तस्करीको सञ्जाल तोडन सरकारले एंटी ह्युमन ट्राफिकिङ युनिटको गठन गर्ने कार्य अंतिम चरणमा पुगेको छ। फ्लायिङ सेक्स वर्कर भनेर चिनिने यस्ता युवतीहरुले आफू जस्ता युवतीहरुलाई पैसाको प्रलोभन देखाएर यो धन्दामा लिप्त गराउँदछन। यस्ता कार्यमा लिप्त मानिसहरुलाई कानूनसम्मत कठोर दण्ड र जनमानसलाई जागरुक बनाउने कार्यले मात्र यो मानव सभ्यता विरोधी कार्य नियंज्त्रण हुन सक्ने सामाजिक कार्यकर्ताहरुको भनाई छ। बीएसएकी संयोजक सिस्टर सुबेष्णाले यस आशयको मंतब्य प्रकट गरेकी छन।

Related Posts:

  • Aamir’s TV shoot in Sikkim BIJOY GURUNG Aamir Khan at Bulbuley on Wednesday. (Prabin Khaling) Gangtok, Feb. 15: Sikkim will feature in Aamir Khan’s upcoming television series with the actor spending the past two days in the Himalayan state sho… Read More
  • Nod to tea tourism without land lease BIRESWAR BANERJEE AND AVIJIT SINHA Makaibari garden in Kurseong, which has introduced tea tourism Siliguri, Feb. 14: The government will support tea tourism based on infrastructure already existing in plantations but… Read More
  • Sikkim, Aamir’s valentine - Star hits snow-clad state BIJOY GURUNG Aamir Khan at Burtuk helipad in Gangtok on Tuesday. Picture by Prabin Khaling Gangtok, Feb. 14: Sikkim had a date with actor Aamir Khan on Valentine’s Day. It was his maiden trip to Sikkim and the timi… Read More
  • Morcha ‘blocks’ CPRM members VIVEK CHHETRI Youth members of the CPRM in front of the Kalimpong block 1 office on Wednesday. (CF Lepcha) Darjeeling, Feb. 15: The CPRM was today allegedly prevented from submitting a memorandum to a block develop… Read More
  • Rs 130cr package for north growth Siliguri, Feb. 14: North Bengal development minister Gautam Deb announced over Rs 130 crore for several projects from his new office on Hill Cart Road where he started working today.Of the total, Rs 20 crore would be… Read More

0 comments: