
29 Mar 2012
गोर्खाल्याण्डको आन्दोलन नगर्ने छत्रेको घोषणा
29 मार्च(कालेबुङ):- आफूले भनेजस्तो जनसमर्थन नपाउँदा पहाडका बिद्रोही नेता छत्रे सुब्बाले गोर्खाल्याण्डको नयाँ चरणको आन्दोलनको नेतृत्व नगर्ने घोषणा गरेका छन। सुब्बाको उत्साह आज त्यसबेला निराशामा परिणत भयो जब उनले तोकेको समय र स्थानमा उनका समर्थकहरु उपस्थित भएनन। उनी आज खूबै निराश देखिए।
रौसेस्थित निवासमा आज उनका समर्थकहरुभन्दा धेर पत्रकार र गुप्तचरहरुको भेला थियो। आज उनले आफ्नो पुरानो दल जीएलओको पुनर्गठन र कार्यक्रमहरुको घोषणा गर्ने योजना थियो तर भने जति संख्यामा समर्थकहरु उपस्थित नभइ दिँदा छत्रेले आफू अलग राज्यको आन्दोलन गर्ने निर्णयबाट पछि हटेको बयान पत्रकारहरुलाई दिए। छत्रेले आजदेखि अलग राज्यको आन्दोलनको घोषणा गर्ने कुरालाई केन्द्र गरी क्षेत्रमा सुरक्षा व्यवस्था कठोर बनाइएको थियो। एक कम्पनी र्यापिड एक्शन फोर्सलाई शहरको विभिन्न स्थानमा तैनाथ गरिएको थियो। तर छत्रे सुब्बाले आज बिहान नाटकीय निर्णय लिँदै उनका समर्थकहरुलाई निराश बनाई दिए। उनले जेलमुक्त भएपछि दार्जीलिङ. खरसाङ, मिरिक लगायत तराई डूवर्सका गोर्खाल्याण्ड समर्थकहरुलाई भेटेर जनचाहना बुझ्ने प्रयास पनि गरेका थिए। आज यी क्षेत्रहरुबाट आफ्ना समर्थकहरु आउने कुरामा उनी विश्वस्त थिए। तर आशाअनुरुप जनसमर्थन नजुटे पछि उनले नेतृत्वको जिम्मा नलिने मन बनाएका छन।

Related Posts:
Airport theft turns glare on cameras - Spotlight on cctv for law and order & trace of stolen carSiliguri, April 29: An SUV theft from the parking lot of Bagdogra airport yesterday has raised doubts about CCTV surveillance at the facility which is a security installation. C.K. Shrestha, whose car was stolen, today alleg… Read More
Fever checkSiliguri, April 29: The Darjeeling district health department has started a fever surveillance programme from last week to keep a track on vector-borne diseases like dengue, Japanese encephalitis, black fever, malaria and chi… Read More
How Richard Gere found the path to Buddhism - Actor recounts his first meeting with Dalai Lama and the virtues of practising Dharma The following is the transcript of the lecture delivered by actor Richard Gere on Buddhism in the West and My Personal Experience at Manan Kendra in Gangtok on April 26. It is a great honour for me to be here, it is my pleas… Read More
Assurance on Saradha schoolsSiliguri, April 28: Minister Gautam Deb today said he would urge chief minister Mamata Banerjee and state education minister Bratya Basu to see that studies of over 900 students of two schools owned by the Saradha Group were … Read More
Hills list fresh demandsDarjeeling, April 28: The Gorkha Janmukti Morcha has decided to seek the reorganisation of subdivisions and blocks in the hills and a change in the name and profile of the board that deals with primary schools in the GTA Sabh… Read More
0 comments:
Post a Comment