Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Sept 2013

आन्दोलनको रणनीति परिवर्तन गर्नुपर्छ - ड़ा. छेत्री

कालेबुङ 9 सेप्टम्बर (छेवाङ योञ्जन) : लामो समयको बन्दले गर्दा पहाड़को जन-जीवन अस्तव्यस्त रहेको कारण अब आन्दोलनको आगमी रणनीति फेरबदल गर्न सक्ने मोर्चा प्रवक्ता एवम कालेबुङका विधायक ड़ा. हर्कबहाजुर छेत्रीले मनतव्य दिएका छन्। आज कालेबुङका सञ्चार कर्मीहरुसंग कुराकानी गर्दै तिनले यस प्रकारको मनाशय पोखेका हुन। तिनले हाल छुट्टै राज्यको पक्षमा पहाड़मा उठिरहेको जनशक्तिलाई ठिकसंग प्रयोग गर्न आन्दोलनको रणनीतिमा फेरबदल गरिनु पर्ने बिचार राखे। आन्दोलनको आगमी रणनीति 10 सेप्टम्बरको दिन सम्पन्न हुने सर्वदलिय बैठकले नै निर्णय लिइने बताउँदै रणनीतिमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड़ दिएका छन्। अबको रणनीति सहज अनि प्रभावशाली हुनेछ तिनले भने। विधायक ड़ा. छेत्रीको भनाइ अनुसार अब पहाड़ले बन्दबाट छुट पाउन सक्ने सम्भावना प्रबल देखिन्छ। बंगाल सरकारले हाल पहाड़ प्रति गरिरेको दमननीतिको विरोध जनाउँदै तिनले यो अवस्थामा छुट्टै राज्यको मुद्दामाथि सरकार पक्षसंग वार्त हुन नसकिने प्रकारको मनाशय प्रकट गरेका छन्। देशमा क्षेत्रीय राजनीतिक शक्तिहरु हाल बलियोरुपमा देखा परेकोले गर्दा केन्द्र सरकार पनि समस्यामा परिरहेको तिनको भनाइ छ। मुलायम सिंह, जयललिता, मायावती अनि ममता ब्यानर्जीको निर्णयमाथि नै केन्द्रको अस्तित्व निर्भर हरेको बताउँदै तिनले राष्ट्रीय राजनीतिलाई हेरेर नै आन्दोलनको भावी रणनीति तयार हुने जनाएका छन्। दिल्लीबाट हामीले सकारात्मक आशवसन पाएका छौ तिनले भने केन्द्रको अवस्था अनुरुप रणनीति अपनाउने छौ। यता राज्य सरकारले आन्दोलनकारी दलहरुको नेतृत्वहरुलाई पक्राउ गरिरहेको घटनाको आलोचना गर्दै तिनले यसमा आन्दोलनलाई नेतृत्वमुखी बनाउने सरकारको षड्यन्त्र रहेको आरोप लगाएका छन्। अन्तमा तिनले सरकारको विरोधमा हाल पहाड़मा उठीरहेको जनाक्रोषलाई जनताले कायम राख्नु पर्ने अपिल गरेका छन्। अर्कोतिर गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोशदास प्रधानले पनि आन्दोलनको भावी कार्यक्रममा फेरबदल हुन सक्ने बिचार व्यक्त गरेका छन्।

Related Posts:

  • SecretariatSiliguri, Aug. 16: Minister Gautam Deb today said Mamata Banerjee would inaugurate the construction of north Bengal secretariat at Kamrangaguri on September 1. He also said a plot was earmarked for the second campus of Rabind… Read More
  • TABLE TENNIS FINAL AT MAJHITAR JHS sanjay agarwal -rangpo-14t august 12 TT championship which started on 9th of August in Majhitar Jhs came to an end.The tournament started with almost 20 players ended with two players ie Bhaskar Chandra from syaplay sardarey … Read More
  • NH55 repair hope after PujasDarjeeling, Aug. 17: A stretch on NH55 blocked at Tindharia for nearly a year because of landslides is set to be repaired after the Pujas.The Centre, which will fund the project, has accepted the proposal for repairs by a Del… Read More
  • Less security for chief irks GTAVIVEK CHHETRI Darjeeling, Aug. 14: The GTA is peeved with the security detail provided to its chief executive Bimal Gurung and has demanded more armed personnel for him and security for his deputy, all 14 Sabha executive memb… Read More
  • Morcha wing to award BarlaDarjeeling, Aug. 16: The Janmukti Asthai Karmachari Sangathan has decided to award tribal leader John Barla for strengthening ties between the Gorkhas and adivasis. Deepak Sharma, the spokesman for the Sangathan, an affiliate… Read More

0 comments: