Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Sept 2013

कालेबुङमा पनि संस्कृतिक आन्दोलन शुरु

कालेबुङ 13 सेप्टम्बर :गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति कालेबुङ शाखाको ब्यानरमा आज मोर्चा कार्यकर्ताहरुले यहाँको महकुमा कार्यलय अघि घरना प्रदर्शन गरे। गत 10 सेप्टम्बरको दिन कार्वाही समितिले गरेको घोषणा अनुरुप आज छिबो-टासिडिङ 33 नम्बर स्मष्टिका मोर्चा समर्थकहरुले यहाँका महकुमा अधिकारीको कार्यलय अघि मोनरुपमा घरना प्रदर्शन गरे।
छुट्टै राज्य गोर्खाल्याण्डको मांग गर्दै मौन धरना प्रदर्शन गर्ने मोर्चा समर्थकहरुले आज जातीय वेशभुषा पैहिरेका थिए। समितिले घोषणा गरेको सांस्कृतीक आन्दोलन कालेबुङमा आजबाट शुरु भएको छ। आज बिहान एघाह्र बेजी गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति कालेबुङ शाखाको ब्यानर लिएर मोर्चा कार्यकर्ताहरु सांस्कृतीक वेशभुषामा यहाँको महकुमा कार्यलय परिसरमा भेला भएका थिए। मौन बसेर राज्य सरकारको दुर्नीतिको विरोध गर्न आज पार्टी कार्यकर्ताहरुले कुनै प्रकारको नारा-बाजी गरेनन्। उक्त धरना प्रदर्शनमा मोर्चा कालेबुङ महकुमाका प्रतिनिधिहरु कुमार चामलिङ, मोतीप्रसाद शर्मा, 33 नम्बर स्मष्टिका अध्यक्ष विक्कि सुब्बा, सचिव सन्त भण्डारी आदि उपस्थित थिए। यसै धरना प्रदर्शन अवधि पार्टी प्रतिनिधिहरुको एउटा टोलीले महकुमा अधिकारीको अनुपस्थितिमा डेप्युटी म्याजिस्ट्रेड प्रितम लिम्बुसंग भेट गरि एउटा ज्ञ्यापन पत्र चढ़ाएको छ। ज्ञ्यापन पत्रमा पहाड़मा उठिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन प्रति सरकारले चाड़ैनै सकारात्मक पहल चाल्नु पर्ने अनि आन्दोलन अवधि पार्टी प्रतिनिधिहरु अनि कार्यकर्ताहरुलाई पुलिसले लापारवाहीसंग पक्राउ गर्नाले मानव अधिकारको उलङ्घन भएको कुराहरु उल्लेख गरेको छ। अधिकारीसंगको भेट पछि मोर्चा नेता कुमार चामलिङले धरना प्रदर्शनमा उपस्थित बनेका मोर्चा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कालेबुङमा आजदेखि क्रमिकरुपमा मौन धरना प्रदर्शन सम्पन्न हुने बताए।
समितिले तय गरेको रणनीति अनुरुप आजदेखि कालेबमहकुमाको विभिन्न स्मष्टिहरुले क्रमिकरुपमा धरना दिने छ तिनले भने। गत 43 दिनको जटिल आन्दोलनमा जनताले सफलता पुर्वक सह्योग पुर्याएको जनाउँदै अबउसो आन्दोलनलाई पार्टी लगायत कार्वाही समितिले राष्ट्रीयरुप दिने बताए। संयुक्त कार्वाही समितिले तय गरेको घोषणा अनुरुप आज मोर्चा समर्थकहरुले कालेबुङमा धरना प्रदर्शन गरे तापनि समितिका प्रतिनिधिहरु अनि समितिभित्र रहेको दलहरुको कार्यकर्ताहरुको भने कुनै प्रकारको उपस्थिति थिएन।

Related Posts:

  • Hill Trinamul to campaign in DooarsDarjeeling, July 5: The Trinamul Congress has decided to take its leaders from the hills to the Dooars to canvass for the party’s candidates for the panchayat elections in a move to counter Bimal Gurung’s sustained campaign. … Read More
  • 2014 को लोकसभा चुनाउमा खडाहुने - प्रो. लामाकालेबुङ 6 जुलाई आगमी वर्ष 2014मा सम्पन्न हुने लाकसभा चुनाउमा दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै प्रो. महेन्द्र पी लालाले लोकसभा चुनाउको मैदानमा खडा हुने मनाश्य बनाएका छन। दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै साझ-उम्मेद्… Read More
  • तातोपानीमा पैह्रो, सडक क्षतिग्रस्त तातोपानी 5 जुलाई: पश्चिम सिक्किमको तातोपानी क्षेत्रमा गइरहेको पौह्रोले जनजीवन प्रभावित पारेको छ। हिज बेलुकी देखि परेको विषण वर्षाले तातोपानी क्षेत्रमा पैह्रो गएको कारण क्षेत्रको सडकमार्गहरु क्षतिग्रस्त भएको जानकारी प्राप्त भए… Read More
  • Flight skids off taxiway - Air India plane stuck at bagdogra for 7 hrs Siliguri, July 5: An Air India flight with 110 passengers from New Delhi swerved off the taxiway after it landed at Bagdogra airport this afternoon. The two wheels at the right rear end of the AI 879 flight went off the taxi… Read More
  • Sudipta faces jeersSiliguri, July 5: More than 200 depositors and agents of Saradha Group demonstrated on the premises of the additional chief judicial magistrate’s court here today when Sudipta Sen and Debjani Mukherjee were brought in connect… Read More

0 comments: