Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Sept 2013

आन्दोलनले विश्वव्यापीरुप पाइरहेको छ - किशोर प्रधान

कालेबुङ 14 सोप्टम्बर : आन्दोलनको रुपरेखा परिवर्तन हुँदा कार्यक्रममा शिथिलता आएको स्वीकार्दै क्रामाकपा नेता एवम गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका सदस्या किशोर प्रधानले यसमा समर्थकहरुलाई हताश नभइदिने अपिल गरेका छन्। ‘विशेष कार्यकर्ताहरुलाई मात्र लिएर धरना कार्यक्रम गरेको हो, आन्दोलनमा लचिलोपन आएको छ तर जनता अनि समर्थकहरु हताश हुने काम छैन’ तिनले भने। तिनी आज यहाँको मेला ग्राउण्डमा सम्पन्न भएको समितिको दोस्रो दिनको धरना कार्यक्रममा उपस्थित थिए।
छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा धरना दिने समर्थकहरुको मनोबल बढ़ाउन आज क्रामाकपा प्रतिनिधिहरुको एउटा टोली नै मेला ग्राउण्डमा थियो। टोलीमा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधान, प्रवक्ता मोहन पौडयाल, युवा नेताहरु सन्तोष प्रधान, सुदन प्रधान अनि आनन्द घतानी आदि उपस्थित थिए। यता मोर्चाबाट कुमार चामलिङ, विजय सुन्दास, मोतीप्रसाद शर्मालगायत अन्य नेताहरु आजको धरना कार्यक्रममा सामेल थिए। केही क्षण मोर्चा नेताहरुसंगको कुराकानी पछि क्रामाकपा नेता किशोर प्रधानले पत्रकारहरुको एक-एक प्रश्नको उत्तर दिँदै आन्दोलनको नयाँ रणनीतिबारे टिप्पणी गरेका हुन्। ‘आन्दोलन आज नै टुङ्गोमा पुगी हाल्ने अवस्थामा छैन’ तिनले भने ‘यसैले रणनीतिमा फेरबदल गरेका हौ’। तिनी अनुसार हाल चलिरहेको कार्यक्रमहरुवारे प्रतिक्रियावादी शक्तिहरुको आलोचना आइरहेको भए तापनि संयुक्त कार्वाही समितिको नेतृत्वमा यस आन्दोलनलाई अघि बढ़ाउन समर्थक साथै नेतृत्व पन्थी गम्भीर हरेको छ। ‘धरना कालेबुङको मेला ग्राउण्डमा भइरहेको छ तर यसले राष्ट्रव्यापीरुपमा प्रचार पाइरहेको छ’ तिनले भने। साइबर आन्दोलनको प्रसंग झिक्दै तिनले आन्दोलन अवधि पहाड़मा भएको प्रतेक कार्यक्रमहरुले विश्वव्यापीरुपमा चर्चा पाइरहेको दावी गरेका छन्। तिनले भने ‘आन्दोलनबारे हामीलाई संसारको विभिन्न स्थानहरुबाट सुझावहरु आइरहेका छन्’। प्रधानले युनाइटेड गोर्खा रिब्युलिशेनरी फ्रन्ट(युजीआरएफ) नेता अजय दहालले गोर्खाल्याण्ड आन्दोलनबारे दिइरहेको सुझावहरुले जनचेतनाको काम गरे असल हुने बताए। कार्वाही समितिको ब्यानरमा आज 34 नम्बर होम्स-भालूखोप स्मष्टिका केही मोर्चा समर्थकहरुले मेला ग्राउण्डमा धरना दिएका थिए। 13 सेप्टम्बरको दिन महकुमा अधिकारीको कार्यलय परिसरबाट शुरु भएको क्रमिक धरना कार्यक्रम अचनाक आज मेला ग्राउण्डमा आइपुग्दा नेतृत्व टोलीले केही प्रतिक्रियाहरु पनि सामना गर्नु परेको थियो। आज पनि धरना दिने क्रम अवधि प्रतिनिधिहरुको एउटा टोलीले महकुमा कार्यलयमा हाल चलिरहेको आन्दोलन सम्बन्धी ज्ञ्यापन पत्र पेस गरेको छ। संस्कृतीक वेशभुषामा धरना दिने कार्यक्रम निरन्तर अधि बढ़ने मोर्चा नेता कुमार चामलिङले जनाएका छन्। कालेबुङमा सुक्रबारदेखि शुरु भएको उक्त घरना कार्यक्रमलाई अझ प्रभावशाली बनाउन दिशामा प्रतिनिधिहरु गम्भीर रहेका छन्।

Related Posts:

  • Trinamul to speak for Sikkim in Parliament Gangtok, Nov. 1: Sikkim Trinamul Congress president P.T. Lucksum today said party MPs from Bengal would raise the issues affecting the Himalayan state in Parliament. The Sikkim unit of Trinamul was formed in September… Read More
  • Chamling off to Delhi with demands for Sikkim BAGDOGRA 2 Nov 2013 The statehood agitation in Darjeeling since 1986 has caused Sikkim a massive loss of around Rs5,000 crore and we wonder who will compensate the amount, asks chief minister Pawan Kumar Chamli… Read More
  • Votes apart, I need your hearts and minds: Mahendra Lama KALIMPONG 1 Nov 2013 Noted academician Dr. Mahendra P Lama, who has announced of contesting in the forthcoming Lok Sabha polls as an independent candidate, was today in Monsong for a meeting arranged by his fan… Read More
  • Morcha trio fail to meet Tamang Nov. 1: A Gorkha Janmukti Morcha delegation was today denied permission twice to call on arrested GTA Sabha member Binay Tamang in the Jalpaiguri district hospital. First, health officials disallowed three Morcha leader… Read More
  • BGP rejects People’s Forum candidate proposal KALIMPONG 2 Nov 2013 The Bharatiya Gorkha Parisangh has rejected a proposal by the People’s Forum of nominating five candidates for the forthcoming general elections. Terming the proposal “meaningless”, BGP nat… Read More

0 comments: