Pradip Lohagun
अमेरिकाकी
रेनी अलेक्जेण्डर आफ्ना पुरूष साथी गोल्सेलाई पछिल्तिरको सिटमा राखेर
बिहीबार कालेबुङको सडकमा अटोरिक्शा गुडाइँरहेकी थिइन्। तिनका भारतीय मित्र
वत्सल धोलाभाइले हाकिँरहेको अर्को रिक्शाले रेनीलाई पछ्याइरहेको थियो।
हम्मेसी अटोरिक्शाको दर्शन नहुने कालेबुङमा बिहीबार सखारै दुइवटा अटोरिक्शा
गुडिँरहेको दृश्यले मर्निङ वर्कमा निस्केका मानिसहरूलाई पनि रमाइलो पारेको
थियो। कालेबुङको उकाली ओराली घुम्तीहरूमा अटोरिक्शा हाँकेर रेनी र तिनका
साथीहरूले पनि रोमाञ्च र रमाइलो अनुभव गरिरहेका थिए। मज्जाले नै सजाइएको ती
दुइवटा अटोरिक्शामा सवार आगन्तुकहरूलाई झट्टै हेर्दा पर्यटकहरूजस्तो लागे
पनि यिनीहरू थिए अमेरिकाआधारित एउटा च्यारेटी संस्थाका कार्यकर्ताहरू।
ग्रामिण क्षेत्रका विपन्नवर्ग अनि बालिकाहरूको निम्ति शिक्षाको निम्ति काम
गर्ने च्यारिटी संस्थाको निम्ति अर्थसंग्रह गर्ने सिलसिलामा रेनीहरू
कालेबुङ आइपुगेका थिए। सिलोङदेखि राजस्थानको जयसलमेरसम्म 35 सय किलोमिटर
दूरीको यात्रामा निस्केका यो टोली ठाँउ ठाँवै वास बस्दै कालेबुङ आइपुएग्को
थियो। ‘रूम टू रिड’ नामक अमेरिकी च्यारिटी संस्थाको निम्ति काम गर्ने यी
चारजना युवाहरूले महिला शिक्षाको निम्ति जनजागरुकता फैलाउन अनि आफ्ना
दाताहरूबाट अर्थदान संग्रह गर्न यति लामो दूरीको यात्रा तय गर्ने कम्मर
कसेका हुन। सिलगढीमा पुगेर नजिकको हिल स्टेशन कालेबुङ हो भन्ने थाहा पाएपछि
तिनीहरू यता हुइँकिएका थिए। ‘यो पहाडी क्षेत्रमा अटोरिक्शाको यात्रा
ज्यादै रोमाञ्चक र रमाइलो भयो’ हातमा कालोनिलो ग्लोबस, ठूटे हाफपाइण्ट र
हरियो टिसर्ट लगाएर मस्तीसँग अटोरिक्शा हाकिँरहेकी रेनीले भनिन्, ‘आउँदा
उकालो परेर रिक्शा चढाउन हम्मे हम्मे परेको थियो। तर जसोतसो शहरभित्र
भित्रिन सक्यौं, यो अनुभव हामी सबैको जीवनमा रमाइलो अनुभूति बनेर रहनेछ’ यी
विदेशी नागरिकहरूकोजस्तै गुजरातका वत्सल धोलाभाइको पनि यो पहिलो कालेबुंग
यात्रा थियो। तिनलाई यहाँको प्राकृतिक सुन्दरता मात्र होइन,
कालेबुङवासीहरूको फर्साइलो स्वभाव र व्यवहारलेसमेत मक्ख पारेछ। वास बसेको
होटलमा पाएको सत्कार र सुविधाले पनि यिनीहरू निकै प्रभावित देखिए। ‘हामी
यहाँ आइपुग्दा केही दिन अघिसम्म यो क्षेत्र बन्दको चपेटमा थियो भन्ने चाल
पायौं। समयको कमीको कारण मज्जाले घुमघाम पनि गर्न पाएनौं तर बाटोमा आउँदा
प्राकृतिक सुन्दरता जति हेर्न पायौं, यो क्षेत्रको सुन्दरता बुझ्न त्यो पनि
हामीलाई पर्याप्तै लाग्यो। मलाई त यहाँको मान्छेको मैत्रीपूर्ण व्यवहार र
सद्भावना धेरै मन पर्यो ’ वत्सल धोलाभाइले हिन्दी नबुझ्ने आफ्ना विदेशी
मित्रहरूलाई पिलिक पिलिक हेर्दै यति सुनाए। यात्राको उद्देश्य खुलाउँदै
तिनैले अझ थपे, ‘हामी यो संस्थामा केही बर्षदेखि काम गर्दैछौं। यसले विशेष
गरेर भारत अनि नेपालको ग्रामिमा क्षेत्रमा विपन्न अनि बालिकाहरूको
शिक्षाको व्यावस्थापन र प्रवर्द्धन गर्ने गरेको छ। सरकारी सुखसुबिधाबाट
बञ्चित क्षेत्रहरूमा यो संस्थाले स्कूल, पुस्तकालयको निर्माणसँग
पठनसामग्रीहरू उपलब्ध गराएर त्यहाँ शैक्षिक विकासको वातावरण बनाउने चेष्टा
गर्दै आएको छ’
0 comments:
Post a Comment