Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Nov 2011

मंग्पूमा भव्यताको साथ छट पूजा -अर्चना सम्पन्न


मंग्पू/केशर मोक्तान : भारत धर्म निर्पेक्ष देश हो | यहाँ विभिन्न जातीमा विभिन्न धर्मावलम्बी -परम्परा पाईन्छ | विभिन्नतामा एकता सर्वपरी छन् | हिन्दु जातिको काली पूजा र दुर्गा पूजाको समाप्ति संगै आज समस्त हिन्दुवासी,हिन्दु राष्ट्र तथा भारत,नेपाल लगायत भारतको बिशेष बिहार र यु० पी० राज्यमा बडो धुमधामले छट पुजार्चना हुन्छ | छट पूजा तीन दिन हर्सोल्लासको साथ मनाईन्छ | पुजा अवधि सुर्य उदय अनि सुर्यास्त हुने मुहर्तमा विशेष लोटाबाट पानी चुहाउदै (अरक ) चदाउदै सुर्यको पुजा गरिन्छ भने विभिन्न फूल - फलादी तथा सेलरोटी झैँ छट पुजा भक्तजनले ठेकुवा प्रसादको रुपमा चदाउन्छन् | यस पुजाको अवधि माताको कोखबाट आदित्यको जन्म भएको भक्तजन मान्छन्  भने उही आदित्य नै सुर्य हुन्  भन्ने धारणा छ | यस्तै इस्वरीय प्रार्थना,धन्यवाद,क्रित्यग्यता स्वरुप छट पुजा अर्चना मंग्पू मा स्थायी रुपमा बसोबास गर्ने बिहारी सम्प्रदायका सम्पूर्ण परिवारले मंग्पूमा ६० सालदेखि छट पुजा सम्पन्न भएको जानकारी अशोक कुमार चौधरीले बताएका छन् | यस शक्ति पुजा मंग्पूको गान्धी प्राथमिक पाठशाला प्रांगणमा रेशेप बजार स्थित अनि अशोक कुमार चौधरीको घरको ठुलो कुवामा मनचित पुजा मण्डपमा सामुहिक रुपमा सम्पन्न भयो | यो पुजा कतिले निज बासस्थानहरुमा पनि पालन गरे | पुजा अवधि भरि सुर्यदेवको पुजा आरधना गर्दै लोक संगीतमा भजनहरु पनि प्रस्तुत गरियो | उक्त पुजामा मंग्पूका छट पुजा धर्मावलम्बीहरुले आ- आफ्नो पसलहरु बन्द गरि भव्यताको साथ पालन गरेका थिए | यो पुजा बिशेष खोला,नदि,पोखरी, पानी धारा, पानी मुहानमा घाट बनाएर गरिने प्रथा रहेपनि मंग्पूमा अस्थायी पानी पोखरी बनाएर सम्पन्न गरियो |  यो कार्यक्रम बिहान ५ बजे देखि शुरु भएर साँझ ६ बजेसम्म प्रति दिन पुजा अर्चना भइरहेको जानकारी भक्तजन प्रतिनिधि ओम प्रकाश गुप्तले बताए | यो पुजामा आफ्नो मनोकामना पूर्ण हुने आस्था रहेको बुझियो | बर्तमान यस पुजा पहाडी खण्डमा झैँ समतल क्षेत्रमा बिहारी,युपी बासी बाहेक अन्यान्य जातीहरुले पनि हर्षको साथ श्रद्धापूर्ण पुजा अर्चना गरेको देखिन्छ |

0 comments: