Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

2 Nov 2011

मोर्चा-आविपको सम्झौता दुवै दललाई सैद्धान्तिक नोक्सानीःकंग्रेस

मनोज वोगटी
कालेबुङ, 2 नोभेम्बर।
छैटौं अनुसूचीको माग गरिरहेका आदिवासी विकास परिषद् अनि छुट्टैराज्यको मागिरहेका मोर्चालाई   सम्झौताले हानी पुर्‍याउने कुरा कंग्रेसले गरेको छ। दार्जीलिङ जिल्ला कंग्रेसका अध्यक्ष दिलीप प्रधानले सत्ता र पैसाको पछि कुद्ने हुँदा दुवै दलले जनताको मूल मागलाई भुलेको बताएका छन्‌। तिनी अनुसार जीटीए होस्‌ वा जीएण्ड एटीए दुवै नितान्तै अस्थायी समाधानहरू हुन्‌। जनताको आकांक्षा भनेको स्थायी समाधान हो। आदिवासीहरूले उनीहरूको जातिक, भाषिक, साहित्यिक, आर्थिक र शैक्षिक लगायत राजनैतिक सुरक्षाको सवालमा नै छैटौं अनुसूचीको माग गरिरहेका छन्‌। यता भारतभरिका गोर्खाहरूले राजनैतिक सुरक्षा र राष्ट्रिय चिह्नारीको सवालमा देशभरिका गोर्खाहरूको निम्ति छुट्टैराज्यको माग गरिरहेको छ। आदिवासीहरूलाई छैटौं अनुसूची अनि गोर्खाहरूलाई छुट्टैराज्य भए विकासको सवाल त समाधान हुन्छ नै उनीहरूको मूल समस्या नै समाधान हुने भएकोले दलहरूको प्रयास जनाकांक्षा प्राप्त गर्नेतिर मुखरित हुनुपर्ने हो। तर आविप र मोर्चा जनाकांक्षाको निम्ति होइन दलाकांक्षाको निम्ति कुदिरहेको हिल कंग्रेसको भनाइ रहेको छ। गोर्खा जनमुक्ति मोर्चा गठन भएको भनेको नै छुट्टैराज्यको निम्ति हो, यसकारण यो दलले छुट्टैराज्यको मुद्दाको उठानलाई राष्ट्रियस्तरमा पुर्‍याउने कार्य गर्नुपर्छ। तर यो दलले पहाडको विकासको निम्ति राजनीति गर्नु भनेको उसले जनताको मुद्दालाई छोड्‌नु हो-प्रधानको सोंच यस्तो रहेको छ।
 प्रधान अनुसार पहाडको विकासको निम्ति कंग्रेसले काम गरिरहेको छ। पहाडको विकासको निम्ति भनेको राज्यसित गरिनुपर्ने आदोलन हो। राज्य सरकारलाई पहाडमा सहीविकासको कार्य गर्न लगाउने जिम्मा राष्ट्रिय दलहरूको हो। तर मोर्चाको काम भनेको छुट्टैराज्यको आन्दोलन गर्नु हो। किन भने मोर्चाको गठन नै छुट्टै राज्यको गठनको निम्ति भएको हो। प्रधान अनुसार जनताको मूल आकांक्षालाई मुद्दा बनाएर अघि बढिरहेका दलहरू क्षेत्रीय विकासको कुरातिर फर्किनु भनेको सत्तालोभ र दलीय आकांक्षा पुरा गर्ने कसरत हो। दलीय आकांक्षा त्यतिबेला मात्र पुरा हुन्छ जतिबेला दलहरू राज्य सरकारको कठपुतली हुनसक्छ। जसरी घिसिङ कठपुतली भएका थिए अनि घिसिङले दलीय स्वार्थको निम्ति जनताको मुद्दा बेचेर दलीय वर्चस्वको राजनीति गरे। प्रधानले भने, विकासको  कुरामा मुद्दासित सम्झौता गर्नु जनतालाई धोका दिनु हो। छुट्टैराज्य हुन सक्दैन भने त्यसको विकल्प जीटीए र जीएण्ड एटीए होइन। छैटौं अनुसूची जस्तो संवैधानिक ग्यारेण्टी रहेको कुरा समेत विकल्प हुन नसकेपनि युनियन टेरिटोरी छुट्टैराज्यको विकल्प हुन सक्छ। त्यो पनि यदि छुट्टैराज्य नहुने परिस्थिति बने मात्र। कंग्रेसलाई के अचम्म लागेको छ भने छुट्टैराज्यको कुरा गर्नेहरू कसरी विकासको कुरातिर फर्किए? कंग्रेसलाई अचम्म लागेको छ। किन भने छुट्टैराज्य हुन नसक्ने कुरा गर्दै विकासमा नै यी दलहरूले मुद्दा ठामठीम पार्ने काम गरिरहेका छन्‌। कंग्रेसले छुट्टैराज्य हुँदैन भने युटी भनिरहेको छ, यतातिर भने कसैको ध्यान नै जॉंदैन, किन?
प्रधान अनुसार पहाडको जनताले कंग्रेसले उठाएको युटीको कुरालाई खारेज गरेर जीटीएलाई समर्थन गरेकोले नै जनताको खास आकांक्षा के हो भन्ने कुरा बुझ्न नसकेको अनुभव गरिरहेको पनि प्रधानले बताएका छन्‌। तिनले भने, जीटीए, जीएण्ड एटीए भन्दा हजार गुणा राम्रो कुरा युटी हो, जनताले यसलाई किन समर्थन नगरेका हुन्‌, अचम्म लाग्दो घटना भएको छ। प्रधान अनुसार अहिलेको जमानामा कुनै पनि एउटा दलको अन्धोभक्त हुनु भविष्यका सन्ततिको निम्ति श्राप बराबर हो। समयको माग अनुसार जनताले सही मुद्दालाई समर्थन गर्नुपर्ने तिनको विचार रहेको छ। तिनले भने, जनताले कंग्रेसलाई युटीको निम्ति समर्थन दिएको खण्डमा कंग्रेसले जनताको सपनालाई कुनै पनि स्थितिमा पुरा गर्न सक्नेछ। किन भने कंग्रेसको हाइकमाण्डले नै युटीको मुद्दालाई समर्थन गरिसकेको छ। जनतालाई लालचमा राखेर क्षेत्रीय बाध्यतामा राखेकोले जनताले खुलेर आफ्नो कुरा राख्न पाएका छैनन्‌। जनताले कुनै न कुनै बोला कंग्रेसलाई साथ दिने छ अनि जनताको मूल समस्याको समाधान हुने छ।


0 comments: