Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

3 Nov 2011

पर्यटनको केन्द्र टिस्टा रिभर राफ्टिंगको भविष्य संकटमा


कालेबुंग/डी० के० वाइबा :-  टिस्टा नदीमा पर्यटनको केन्द्रबिन्दु  बनेको रिभर राफ्टिंगको भविष्यमाथि संकटको कालो बादल मडारिन थालेको छ | सन्  १९९६ देखि टिस्टा नदीमा शुरु भएको रिभर राफ्टिंग पर्यटनको केन्द्र बिन्दु बनेको छ नै साथै राफ्टिंग संग सम्बन्धित मानिसहरुको जीवन धान्ने आय श्रोतको माध्यम पनि बनेको छ | तर अहिले टिस्टा नदीमा एन० एच० पी० सी० ले थुप्रै जल विध्युत परियोजनाहरु निर्माण गरिरहेको कारण उक्त पर्यटन व्यवसायमाथि संकटको कालो बादल छाउन थालेको क्षेत्रबासीको आरोप रहेको छ | एनएचपीसीले टिस्टा नदीमा जल विध्युत परियोजना शुरु गरेको कारण अहिले नदीको जल स्तर अत्यन्तै कम्ति भएको छ | बिगतका दिनहरुमा उर्लेर बग्ने टिस्टा नदी अहिले हिउदको दिनहरुमा सुकेर साधरण खोला जस्तो मात्र हुने गरेको छ | जहाँ राफ्टिंग चलाउने सम्भावनाहरु दैनोदिन घट्दै गैरहेको छ | 
देश -विदेशबाट राफ्टिंगमा चडेर पहाडको सौन्दर्यमा रमाउन आउने पर्यटकहरु अबोप्रान्त टिस्टाको चिसो पानीमा राफ्टिंगको आनन्द उठाउन पाउदैनन् | किन भने सिक्किममा निर्माणाधीन जल विध्युत परियोजनाहरु पूर्ण भएपछि नदिको जल स्तर राफ्टिंग कुदाउन नसकिने स्थितिमा पुग्ने प्रबल सम्भावना रहेको राफ्टिंग संग जडित मानिसहरु बताउछन् | राफ्टिंग व्यवसाय बन्द हुने सम्भावना हुनमा मुख्य कारण एनएचपीसीको परियोजना नै रहेको पनि तिनीहरुले बताउछन् | पहिले मल्ली देखि सेबोक सम्म चल्ने रिभर राफ्टिंग अहिले २९ माइल सम्म मात्र चलिरहेको छ | २७ माइल र कालीझोडामा जल विध्युत परियोजना बनिएपछि राफ्टिंगले अहिले लामो दुरी तय गर्न सकिरहेको छैन | जसको कारण राफ्टिंग व्यवसायीहरुको आयश्रोत पनि घटेको छ | अहिले छोटो दुरी सम्म भएपनि जसोतसो चलिरहेको राफ्टिंग व्यवसाय बन्द हुने सम्भावनाले राफ्टिंगसित जडित परिवारहरुको भविष्य माथि पनि संकटको बादल छाएको छ | लकभक २०० परिवारहरु प्रत्यक्ष रुपले राफ्टिंग व्यवसायसित जडित छन्  भने ती परिवारहरु राफ्टिंग बन्द भएपछि समस्यामा पर्ने निश्चित छ | नदीको जल स्तर घटेपछि राफ्टिंग त बन्द हुन्छ नै तर यससंग जोडिएका परिवारको चुल्हा पनि नजल्ने सम्भावना रहेको छ | यस  सम्बन्धमा टिस्टा रंगीत राफ्टिंग अनर्स एसोसिएसंनका सचिव सुरज छेत्रीले एनएचपीसीलाई दोषारोपण गर्दै  राफ्टिंग बन्द भए यस संग जडित मानिसहरुलाई बैकल्पिक व्यवस्था गरिदिनुपर्ने माँग गरे | अहिले जुन संकटको स्थिति सृजना भइरहेको छ त्यो संकट बारे एनएचपीसीका अधिकारीवर्गलाई अव्गात गराएर पनि कुनै पहल नगरेको पनि तिनले आरोप लगाए |

0 comments: