प्रज्ज्वल छेत्री
कालेबुङ, 2 नोभेम्बर।
मोर्चाले शुरू गरेको आन्दोलनकाल अवधीदेखि समतलमा निर्वासित जीवन बिताइरहेका गोरामुमो नेताहरूले अझपनि दार्जीलिङ पहाडमा भइरहेको आन्दोलन अनि राजनैतिक चलखेललाई गिद्दे नजरले हेरिरहेका छन्। मोर्चाले आन्दोलन शुरू गरेपछि पहाडमा गोरामुमोको अस्तित्व नरहेकोे बताइएको भएपनि अझपनि पहाडमा गोरामुमो अस्तित्व रहेको स्पष्ट सङ्केत गत विधानसभा चुवानले दिइसकेको छ। सायदै गोरामुमोलेे कुनै पनि विधानसभा समष्टिमा जित हासिल गरेन तर भोट प्रचारै नगरिकनै भएपनि केही मत आफ्नो पक्षमा ल्याउन सफल बन्यो।
कसैले नँसोचेको सबै विपक्ष दलहरूलाई पछारेर पहाडमा अझपछि गोरामुमो शक्तिशाली विपक्ष रहेको स्पष्ट सङ्केत दियो। यसको अर्थ यो हुन्छ कि घिसिङ अनि कम्पनी चुप छन् तर सँधैभरि उनीहरू कान थुनेर अनि आँखा चिम्लेर बसिरहन्छन् भन्ने अवश्य होइन। पहाडको राजनीति कै कारण उनीहरूले अझसम्म समतलमा निर्वासित जीवन बिताइरहेका छन् अनि पहाड फर्कन सही समय पनि पर्खिरहेका छन्। ढिलो छिटो मात्र हो उनीहरू पहाड फर्कन्छन् नै। 21 वर्षसम्म दार्जीलिङ पहाडमा एकछत्र शासन गर्ने गोरामुमोका नेताहरू अहिले पहाडमा नरहेपनि समतलबाट दार्जीलिङ पहाडमा भइरहेको राजनीतिलाई विश्लेषण गर्दै आफ्नो रणनीतिहरू बनाउन व्यस्त रहेको सूत्रले बताएको छ। गोरामुमोको क्रियाकलाप अनि भावी रणनीतिबारे गोरामुमो नेता मौैरिस कालिकोटेसँग जान्न चाहँदा तिनी अहिले केही बताउने पक्षमा छैनन्। तिनी अहिले दार्जीलिङ पहाडको बद्लिँदो राजनैतिक परिस्थितिमाथि पनि टिप्पणी गर्न चॉंहदैनन्। तिनी अनुसार अहिलेको परिस्थिमा हाइकमाण्डबाट कुनै टिप्पणी गर्ने अनुमति छैन। तर तिनले भने, दुइचार दिनभित्रमा नै हाइकमाण्डबाट केही खबर आउँछ। दुइचार दिनमा केही सुन्न पाइन्छ। छैटौं अनुसूचीकै कारण पहाडबाट निर्वासित जीवन बिताउन परेका नेताहरूको टेक अझपनि छैटौं अनुसूची नै रहेको छ। छटौं अनुसूचीकै मुद्दा बोकेर उनीहहरूले विधानसभा चुनाव पनि लडे। छैटौं अनुसूचीले नै दार्जीलिङबासीले आफ्नो जमिनी मालिकाना हक पाउँछ अनि मालिकाना हक नै पाएपछि त्यसमा घर बनाउ अथवा केही पनि गर त्यो आफ्नो हुन्छ भनेका थिए गोरामुमो नेता प्रकाश दाहालले। यसैले अझपनि गोरामुमो छैटौं अनुसूचीमा नै अडिर रहेको छ। गोरामुमोको आफ्नै मुद्दा रहेको भएपनि दार्जीलिङमा अहिले जीएण्ड एटीएको निम्ति मोर्चाको आदिवासी विकास परिषदसित सम्झौता भएपछि फेरि नयॉं विषयमा राजनैतिक गर्मी बढेर गएको छ। यस्तो अवस्थामा घिसिङको मौनता पहाडबासीमा एउटा कौतुहलको विषय बनेको छ। घिसिङले कुनै टिप्पणीहरू गर्न चाहेका छैनन् तर गोरामुमो नेता मौरिस कालिकोटेको विचारमा चाडै तिनले आफ्नो मौनता तोड्नेछन्। अहिले नै दार्जीलिङको राजनैतिक चलखेलमा गोरामुमोले केही बोल्न नचाहेपनि दुइचारदिनमा भने गोरामुमुले मुख खोल्ने स्पष्ट देखिएको छ।

0 comments:
Post a Comment