Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Nov 2011

मंग्पू वरिपरीका झोलंगे पूलहरुको पनि अवस्था जीर्ण


पहाडी इलाकाहरुमा यो वर्ष प्राकृतिक प्रकोप धेरै नै भइरहेको छ |केही महिना अघि मात्र सिक्किमको विनाशकारी भुइँचालोले धेरै धन-सम्पति,ज्यान -मालको नोक्सान गरेको थियो भने यो घटना राम्रो बित्न नपाई दार्जीलिंग बिजनबारीमा पूल दुर्घटनाले सम्पूर्ण पहाड नै शोकाकुल बनाएको छ | बिशेष गरेर यस्ता झोलंगे पूलहरु अंग्रेजकालीन भएकाले पुरानो साथै प्राकृतिक प्रकोपहरु जस्तै हावा-पानी,भुइँचालोले कमजोर बनाएका हुन्छन् | यसर्थ यस्ता दुर्घटनाहरु हुने गर्छन कालान्तरमा | यस्ता घटनाहरुलाई नियालेर अनायान्य स्थानहरुमा निर्मित झोलंगे पूलहरुको पनि सरकारी रुपमा यथासिग्रह सर्वेक्षण गर्न आवश्यक देखिन्छ |
यस्तै अंग्रेजकालीन झोलंगे पूलहरु मंग्पूमा पनि थुप्रै रहेको छ जसको अवस्था आज एकदमै जीर्ण हुदै गएको छ भनौ कुनै घटनालाई पर्खेको जस्तै छ | मंग्पू स्थित जोगिघाट झोलंगे पूल बिगत वर्ष अध्यक्ष बिमल गुरुङको निर्देशमा मर्मति भयो भने पुन: पक्का पूल निर्माण हुने निश्चित भएको छ | यस्तै पूलहरु बरबोटे झोलंगे पूल, ठुलो रोंचोंग पूलहरुको पनि पक्का पूलहरु निर्माण हुन अति आवश्यक देखिन्छ | ती पूलहरुले धेरै वटा गाउँ -बस्तिहरुलाई जोड्ने ठुलो भूमिका लिएको छ | यसरी नै सिटोंग बस्ति,सिटोंग कुइलेनबारी तथा  मंग्पू  जोड्न मुख्य झोलंगे पूल हो कुन्ती पूल जो केही वर्ष अघि केही असामाजिक तत्वहरुले जलाएर नाश बनाएको थियो | ज्ञात रहोस त्यस पूल जर्जर अवस्थामा रहदा पूलको काठहरु खालि -खाली अवस्था हुँदा त्यस पूलबाट मान्छे झेरेको पनि हो | त्यसर्थ स -साना दुर्घटनाहरु उक्त अंग्रेजकालीन निर्मित झोलंगे पूलहरुमा भैरहने हुनाले सबैको ध्यान अन्य झोलगे पूलहरुमा पनि पार्नु पर्ने हो | बिजनबारीको जस्तो ठुलो दुर्घटना हुन अगावै सम्बन्धित विभाग तथा व्यक्तिहरुले यस्ता पूलहरुको सर्वेक्षणको चाँजो मिलाएर चाडै मर्मति गर्न आवश्यक देखिन्छ |

0 comments: