Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Nov 2011

बिग्रेड अब गोर्खाज गोल्डकप कालेबुङमा बीएनआर कोलकाता बिजयी

कालेबुङ, 5 नोभेम्बर।
राष्ट्रीयस्तरमा नै प्रशिद्ध रहेको अल इण्डिया बिग्रेड अफ गोर्खाज गोल्डकपको खेल पहिलोचोटी कालेबुङमा सम्पन्न भयो। टुर्नामोन्ट भरिमा कालेबुङमा दुइदिन खेलाइने भएको खेलको पहिलो चरणमा आज यो फुटबल कालेबुङको मेलाटारमा भएको थियो।
बीएनआर कोलकाता अनि क्लियरिङ भूटानमाझ भीडन्त भएको खेलमा 3-0 ले बीएनआर कोलकाता बिजयी बन्यो। खेलको पूर्वाद्धमा बीएनआर कोलकाताका जर्सी नम्बर 14 अजय शाहले एक गोल गरेपछि खेलले रोचकता पाएको थियो। सोही गोलबाट अघि रहेको बीएनआर कोलकाताका खेलाडीहरू जर्सी नम्बर 10 अनि 24 ले खेलको उत्तराद्धमा अझ एकएक गोल थपेपछि बीएनआर कोलकाताले बिजयलाई निश्चित बनाएको थियो।
 सोही गोलहरू नै अन्तिमसम्म बिजयको निम्ति निर्णायक गोलहरू बनेको थियो। बीएनआरका खेलाडीहरूको खेल कौशल अघि भूटानका खेलाडीहरूको कुनै पनि उपाय टिक्न सकेन। फलस्वरुप भूटानले बीएनआरका गोलहरूको विरुद्ध कुनै पनि जवाबी गोल गर्न सकेन। शुक्रबारदेखि दार्जीलिङ गोर्खाहिल स्पोट्‌र्स एसोसिएसनको आयोजनामा खेलाइएको गोल्डकप कालेबुङमा पहिलोपल्ट भएको हो। कालेबुङमा नै भोलि हुने अन्तिम खेल टेक्नो आर्यन कोलकता बनाम दार्जीलिङ-11 माझ हुनेछ। कालेबुङ स्पोट्‌र्स एसोसिएसनको सहयोगमा खेल शुरु हुन अगि कुमुदिनी विद्याश्रमका विद्यार्थीहरूले व्याण्ड प्रस्तुत गरेका थिए। खेलमा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री, कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, मोर्चा सहसचिव विनय तामङ अनि सिक्किमका टी लाचुङ्‌पाको पनि उपस्थिति थियो।


0 comments: