
10 Apr 2012
Home »
News
» -कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको
-कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको
10 अप्रेल(कालेबुङ):-कालेबुङ शहरमा बालश्रमको बढ्दो सञ्जालमाथि नियञ्त्रण बनाउन महकुमा प्रशासनले एउटा उद्धार टोली गठन गरेको छ। महकुमा कार्यालयमा सोमबार सम्पन्न बैठक पछि टोलीको गठन गरिएको छ।
महकुमा प्रशासन, कालेबुङ थाना, श्रम विभाग, नगरपालिका प्रशासन अनि गैरसरकारी संगठनका प्रतिनिधिहरु उपस्थित रहेको बैठकमा कालेबुङ शहरमा लगातार बृद्धि भइ रहेको बालश्रमको क्रियाकलापबारे चिन्ता प्रकट गरिएको थियो। राज्यको मुख्यालयबाट पठाइएको सरकारी आदेश अनुसार पहाडमा पनि बालमजदुरहरुको हकहित र सुरक्षाको निम्ति उद्धार टोली गठन गर्ने पहल गरिएको हो। कालेबुङ महकुमा कार्यालयका अधिकारी टि एन शेर्पाले उद्धार टोली गठन गरिएको जानकारी दिदैँ यसले अब आफ्नो कार्य शुरु गर्ने बताएका छन। बालअधिकारको क्षेत्रमा काम गर्ने स्थानीय गैर सरकारी संगठन बालसुरक्षा अभियानले शहरी क्षेत्रमा बालमजदुरहरुको अवस्थाबारे आरम्भिक चरणको सर्वेक्षण पूरा गरेपछि उद्धार टोलीले आफ्नो कार्वाही थाल्ने उनको भनाई छ। शहरका व्यापारिक अनि होटल र चियापसलहरुबाट उद्धार गरिएका नानीहरुलाई सरकारी प्रावधान अनुसार पुनर्वास, शिक्षा अनि बित्तिय सहयोग गरिने शेर्पाले बताएका छन।

Related Posts:
icds centre at sakhukhani was inauguratedRANGPO-11TH APRIL12Newly constructed icds centre at sakhukhani was inaugurated today in a small function organised today. the programme was attended by CDPO rural icds projects JE&WD/WCDD government of Sikkim Singtam Mrs… Read More
Rangpo consumers of nationalised banks are too much aggressiveRANGPO-10TH APRIL12Rangpo consumers of nationalised banks are too much aggressive that they are going to ready for taking action against the worst banking service of the area. There are three nationalised banks located in the… Read More
Oakland victim’s body arrivesTshering Rinzing BhutiaGangtok, April 10: The body of Tshering Rinzing Bhutia, who was among the seven killed in a California college by a gunman on a shooting rampage earlier this month, will reach Sikkim tomorrow.Jamyang Na… Read More
Music maestro’s classes and stage for Sikkim ladyNIRMAL MANGARThe choir performs in Mumbai. File pictureGangtok, April 10: Tshering Leezum Bhutia missed a chance to achieve her academic ambition, but that helped her find a place in the world of music, her childhood calling.… Read More
दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ11 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहर संलग्न क्षेत्रबाट 39 बर्षीय महिला अनि 45 बर्षीय पुरुषको शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि यो मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ। हिजो दार्जीलिङ शहरनजिक लोचनगरको एउटा झोड… Read More
0 comments:
Post a Comment