11 Apr 2012
मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन
11अप्रेल(कालेबुङ):- जीटीएमा तराई डूवर्सका मौजाहरुको अन्तर्भुक्तिको विरोधमा यी क्षेत्रका मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन। तराई डूवर्सका मोर्चाबिरोधी छब्बीसवटा संगठनहरुको संयुक्त मञ्च जोइन्ट एक्शन कमिटिले हिजो यी क्षेत्रहरुमा बन्द डाकेर राज्य सरकारलाई आफ्नो असन्तुष्टि जाहेर गर्ने काम गरेको छ। आदिवासी विकास परिषद, जनजागरण मञ्च, बङ्ला ओ बङ्ला भाषा बचाऊ समिति, केपीपी, इन्टकजस्ता उग्रजातिवादी संगठनहरु मिलेर डाकिएको बन्दले हिजो तराईडूवर्स र सिलगडीको जनजीवन प्रभावित पारेको थियो। तराई डूवर्सका शहरी अनि अर्ध शहरी क्षेत्रहरुमा बन्दको व्यापक प्रभाव देखिए पनि डूवर्सका चियाकमानहरुमा भने कामकाज सुचारु रुपले चलेको थियो। बन्दको अवधीमा यी क्षेत्रहरुमा कुनै अप्रिय घटनाहरु भएन तथापि सिलगडीमा बन्दको समर्थनमा सडकमा ओर्लेका 7 जना पिकेटरहरुलाई पुलिसले कब्जामा लिएको थियो तर साझँसम्म तिनीहरुलाई रिहा गरियो। बन्दको अबधीमा तराई डूवर्स अनि सिलगडी क्षेत्रका व्यापारिक, बित्तिय अनि शैक्षिक संस्थानहरु बन्द रहे तर सरकारी कार्यालयहरु भने खुला थिए। सरकारी कार्यालयहरुमा कर्मचारीहरुको उपस्थिति धेरै कम थियो। यता, बन्दको कारण यात्रीवाहक बाहनहरुको चलाचल पनि ठप्प रहेको थियो तर उत्तरबंग राज्य परिवहन निगमका बसहरुलगायत केही अटोरिक्शा र निजी बाहनहरुको चलाचल सुचारु रहेको थियो। जोइंट एक्सन कमिटिले आगामी 22 अप्रेलमा बैठक गरेर आफ्नो आन्दोलनको नयाँ रुपरेखा तय गर्ने घोषणा गरेको छ। जीटीएमा तराई डूवर्सका क्षेत्रहरु सामेल गर्न मोर्चा हाई पावर कमिटिको रिपोर्टमाथि आश गरेर बसेको छ भने अर्कोतिर समतलका मोर्चा बिरोधीशक्तिहरु आफ्नो सम्पूर्ण उर्जा लगाएर तराई डूवर्सका क्षेत्रहरु अन्तर्भुक्त हुन नदिने चेष्टामा लागिपरेका छन। मोर्चाबिरोधी यी शक्तिहरुलाई परोक्षरुपले राज्य सरकारको सहयोग रहेको कुरालाई नकार्न सकिँदैन। किनभने राज्यमा बन्द डाक्ने कुनै पनि शक्तिको उग्र रुपले आलोचना गर्ने मुख्यमंत्री ममता बेनर्जीले यस बन्दको बिरोधमा कुनै बयानबाजी गरेकी छैन भने राज्य सरकार र तृणमूल कंग्रेसकै आह्वानमा दुइ दिनको प्रस्तावित बन्दलाई जोइंट एक्सन कमिटिले घटाएर एक दिन गर्ने निर्णय लिएको थियो।
Related Posts:
बोङबस्तीसंलग्न जंगलमा मानव कंकाल 21 सेप्टेम्बर(कालेबुङ):- कालेबुङ थानाअन्तर्गत लोअर बोङबस्तीसंलग्न जंगलबाट संदिग्ध अवस्थामा मानव कंकाल भेटिएको घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। घटनाबारे सूचना पाएपछि बिहीबार साँझ कालेबुङ पुलिसले घटनास्थलबाट उक्त नरकंकाल उद्… Read More
Coach gives Barfi full marks - GTA peon makes it to the Bollywood set Darjeeling, Sept. 20: Ajoy Singh, if he could speak, would have told his student, Ranbir, he gets 10 out of 10 for Barfi! Ajoy is a 40-year-old peon in a GTA office in Darjeeling who is hearing impaired. He was Ranbir Kapoo… Read More
Govt. of Sikkim has Inaugurated 10 (ten) No's of Houses of CMRHM. RANGPO-20TH SEPTEMBER 12 Smt. Tilu Gurung Honb'le .MLA. Cum Minister Building and Housing Department Govt. of Sikkim has Inaugurated 10 (ten) No's of Houses of CMRHM. Under Namthang BAC. To inaugurate such huge No's of house… Read More
Balasun queries hit army hurdle - Elders fail to find reasons for delay in the completion of water scheme Darjeeling, Sept. 21: A group of senior citizens tracking the Balasun Drinking Water Project is being made to run from pillar to post seeking an answer to why the army has delayed the project, but none is forthcoming. The C… Read More
Trinamul might in Cong den Ruling party hits streets against strike in message to ally Sept. 20: Trinamul workers today hit the streets of north Bengal, particularly in places that are Congress strongholds, to foil the strike and drive home the point that their party is the bigger force in the region. Workers… Read More
0 comments:
Post a Comment