संजय अगरवाल-रंग्पो-९ अप्रेल १२ ।
खण्ड विकास अधिकारी पुर्षोत्तम प्रधानको स्थान्तरण सम्बन्दमा सिक्किम प्रजातान्त्रिक मोर्चाका पाण्डमका युवा कार्यकर्ताहरुले घोर आपत्ति व्यक्त गर्दछन । मुख्यमंत्री ग्रामीण आवास योजना अन्तर्गत निर्मित पाँच खम्बे घरले जुन विराट रुप लियो त्यसको व्यापक असर अनि सीधा कारवाई खण्ड विकास अधिकारी माथि गरिनु न्याएसंगत नभएकोले, पार्टी कार्यकर्ता आफ्नो गुनासो मुख्यमन्त्री समक्ष पेश गर्न चाहान्छन । यो गम्भीर समस्या ठुलो आकार लिंदै आज समस्त सिक्किममा चर्चाको विषय बन्न गएको छ तर कुनै प्रारम्भिक जांच बिनै पुरोषोत्तम प्रधानलाई डुगाको खण्ड विकास अधिकारी पदबाट फेरी पुरानो स्थानमा स्थान्तरित गरिनु वहाँको सम्पूर्ण सेवा भावना माथि चोट पुराउनु हो । थालारम सापकोटाको हाजिरीमा निर्मित भएको यो भवनको निर्माण सम्बन्दमा आर्थिक सहयोग खण्ड विकास अधिकारी मार्फत भएता पनि आज पुरोषोत्तम प्रधानलाई पनि अन्धकारमा राखी यो कु कृत्य निर्माण कार्यमा संग्लग्न व्यक्तिहरुले गरे । विगतका योजनाहरुमा पनि यस्ता धेरै कार्य भए तर वहाँको गेरजिम्मेदराना कार्य कैले देखा परेन र आज यो कार्यको प्रतिदिन निगरानी गर्ने पार्टीका वार्ड पंचायत माथि किन पार्टी हाइकमानले सक्त कारवाई गरेन । यो पुर्षोत्तम प्रधानको समर्थन होइन तर एस्ता कु कृत्य गरेर एस. डी. एफ. पार्टीको छबि धमिलयाउने रोगहरुको पार्टीबाट निस्काशन गरि दिने हाम्रो आग्रह अनि विन्ती हो । एक पंचयात वार्डमा १० मोडल घर बनिने सरकारी योजना निरंतर चली रहेको छ तेसरी नै १२ वटा ग्राम पंचयात युनिटमा कुल १७० वटा घर निर्माण भई रहेको छ । बी. डी. ओ. ले यी घरहरुको निर्माण सम्बन्दमा प्रारम्भिक निरक्षण गरि कार्यको रिपोर्ट पेश गर्छन । तर प्रारम्भ देखी अन्त सम्म कार्यको निरन्तर जांच गरि बी. डी. ओ. लाई पनि रिपोर्ट पेश गर्ने दायित्व वार्ड पंचयात साथै वरिष्ट एवं कनिष्ट अभियन्ताको बन्छ । खण्ड विकास अधिकारी श्री पुर्षोत्तम प्रधानको कार्यकालमा पाण्डम भेगमा धेरै विकास योजनाहरु सार्थक भए तर अरु व्यक्तिहरुको लापरवाईले गर्दा आज सीधा वहाँ माथि बज्रपात हुनु समस्त जनताको मनोभावना माथि चोट पुग्नु हो । सम्माननीय मुख्यमन्त्री महोदयको सिक्किम निर्माणको सपनालाई चकनाचुर पर्ने केही चुनिंदा व्यक्तिहरु छन् जो पार्टी भित्रै छन् । हाम्रो प्रार्थना, हाम्रो निवेदन अनि हाम्रो विन्ती छ मुख्यमंत्री महोदयलाई की श्री पुर्षोत्तम प्रधान को असल चरित्र अनि वहाँको निस्वार्थ सेवा भावनाको सम्मान गरि दियाजावोस साथै येस्तो कु कृत्य गरि सिक्किम प्रजातान्त्रिक मोर्चाको छवी बर्बाद गर्ने कार्यकर्ताहरुलाई कड़ा भन्दा कड़ा कारवाई गरि दियाजावोस ।
10 Apr 2012
खण्ड विकाश अधिकारीको स्थांतरणमा सिक्किम प्रजातांत्रिक मोर्चाको अपति
Related Posts:
Morcha’s GTA standJalpaiguri, May 31: The Gorkha Janmukti Morcha today stuck to its demand for the inclusion of the entire Dooars and Terai in the Gorkhaland Territorial Administration and said the statement made by John Barla contrary to that… Read More
Nathu-la road cleared - Trapped tourists recount army’s hospitalityNIRMAL MANGAR Gangtok, May 31: Tourists left stranded overnight on their way back from Nathu-la returned to Gangtok this morning after the BRO cleared the road blocked by… Read More
“Municipality does not maintain records in a systematic manner”- Municipality President CPRM Secretary, files RTI against Municipality, receives startling explanations MUKESH SHARMA KALIMPONG, May 30: CPRM KPG SEC MOHAN POUDYAL The Right to Information (RTI) Act implemented by the Government of India (GOI) provides liberty to any citizen to request information from a public authority whic… Read More
Attack in the government officers on duty at Rangpo IBM RANGPO-31ST MAY Attack in the government officers on duty at Rangpo IBM creates a big unsatisfication and threat from the officers working at Rangpo area .on Sunday two youth attacked Mr. janak gurung of bazaar inspector un… Read More
Siliguri shuts out tourist needs - Visitors grapple with overcharge by vehiclesAVIJIT SINHA Siliguri, May 31: Tourists today grappled with overcharging vehicles and transport shortage in Siliguri as the gateway to the hills and Sikkim remained indi… Read More
0 comments:
Post a Comment