सांसदले यसको निम्ति आफ्नो कोषबाट पच्चिस लाख रुपियाँ प्रदान गरेका छन। आइतबार सम्पन्न शिलान्यासको कार्यक्रममा सांसद जसयवंत सिंहलगायत नगरपालिका अध्यक्ष अमरसिंह राई, गोर्खा सैनिक स्मृतिचिन्ह समितिका पदाधिकारीहरुको उपस्थिति थियो। गोर्खा सैनिक मात्र नभएर ब्रिटिश अनि भारतीय सेनासँग सम्बन्धित स्मृतिचिन्हहरु पनि प्रदर्शनी गरिने यस भवनको कूल निर्माण लागत एक करोड रुपियाँ अनुमान गरिएको छ। सेनासँग सम्बन्धित सरसामाग्रीहरु जोगाड गर्न चासो राख्ने दार्जीलिङका हेमंत प्रधानले ब्यक्तिगत प्रयासमा बिगत चार दशकदेखि बिभिन्न पदक, फोटो र अन्य सामग्रीहरु संग्रह गरेका छन। उनका यही सामग्रीहरु गोर्खा संग्रहालयमा प्रदर्शनी गरिनेछ भने व्यक्तिगत तौरमा प्रदान गरिएका स्मृतिचिन्हहरु पनि यहाँ राखिनेछ।
10 Apr 2012
गोर्खा संग्रहालयको निर्माण गरिने
9 अप्रेल(कालेबुङ):- गोर्खा सैनिकहरुको वीरतासँग जोडिएको स्मृतिचिन्ह र पदकहरुको संरक्षण गर्न दार्जीलिङमा गोर्खा संग्रहालयको निर्माण गरिने भएको छ। दार्जीलिङको बतासे लूपनजिक निर्माण गरिने संग्रहालय भवनको शिलान्यास हिजो दार्जीलिङका सांसद जसवंत सिंहको बाहुलीबाट सम्पन्न गरियो।
सांसदले यसको निम्ति आफ्नो कोषबाट पच्चिस लाख रुपियाँ प्रदान गरेका छन। आइतबार सम्पन्न शिलान्यासको कार्यक्रममा सांसद जसयवंत सिंहलगायत नगरपालिका अध्यक्ष अमरसिंह राई, गोर्खा सैनिक स्मृतिचिन्ह समितिका पदाधिकारीहरुको उपस्थिति थियो। गोर्खा सैनिक मात्र नभएर ब्रिटिश अनि भारतीय सेनासँग सम्बन्धित स्मृतिचिन्हहरु पनि प्रदर्शनी गरिने यस भवनको कूल निर्माण लागत एक करोड रुपियाँ अनुमान गरिएको छ। सेनासँग सम्बन्धित सरसामाग्रीहरु जोगाड गर्न चासो राख्ने दार्जीलिङका हेमंत प्रधानले ब्यक्तिगत प्रयासमा बिगत चार दशकदेखि बिभिन्न पदक, फोटो र अन्य सामग्रीहरु संग्रह गरेका छन। उनका यही सामग्रीहरु गोर्खा संग्रहालयमा प्रदर्शनी गरिनेछ भने व्यक्तिगत तौरमा प्रदान गरिएका स्मृतिचिन्हहरु पनि यहाँ राखिनेछ।
सांसदले यसको निम्ति आफ्नो कोषबाट पच्चिस लाख रुपियाँ प्रदान गरेका छन। आइतबार सम्पन्न शिलान्यासको कार्यक्रममा सांसद जसयवंत सिंहलगायत नगरपालिका अध्यक्ष अमरसिंह राई, गोर्खा सैनिक स्मृतिचिन्ह समितिका पदाधिकारीहरुको उपस्थिति थियो। गोर्खा सैनिक मात्र नभएर ब्रिटिश अनि भारतीय सेनासँग सम्बन्धित स्मृतिचिन्हहरु पनि प्रदर्शनी गरिने यस भवनको कूल निर्माण लागत एक करोड रुपियाँ अनुमान गरिएको छ। सेनासँग सम्बन्धित सरसामाग्रीहरु जोगाड गर्न चासो राख्ने दार्जीलिङका हेमंत प्रधानले ब्यक्तिगत प्रयासमा बिगत चार दशकदेखि बिभिन्न पदक, फोटो र अन्य सामग्रीहरु संग्रह गरेका छन। उनका यही सामग्रीहरु गोर्खा संग्रहालयमा प्रदर्शनी गरिनेछ भने व्यक्तिगत तौरमा प्रदान गरिएका स्मृतिचिन्हहरु पनि यहाँ राखिनेछ।








0 comments:
Post a Comment