11 Apr 2012
Home »
News
» दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ
दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ
11 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहर संलग्न क्षेत्रबाट 39 बर्षीय महिला अनि 45 बर्षीय पुरुषको शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि यो मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ। हिजो दार्जीलिङ शहरनजिक लोचनगरको एउटा झोडाबाट केही दूरीको अन्तरालमा दुइवटा शव उद्धार गरेको थियो। यी शवहरु सिँहमारीको भोटेगाँऊ निवासी 45 बर्षीय किशन छेत्री अनि कागझोडाको गान्धी रोड निवासी रुपा तामाङको रहेको चिन्हित भएकोछ। पुलिसले आफ्नो आरम्भिक चरणको जाँचमा मृतकहरुबीच अबैध प्रेमसम्बन्ध रहेको तथ्य फेला पारे पनि यस काण्डको रहस्योदघाटन गर्न सकेको छैन। मृतकहरु दुवै बिबाहित थिए भने उनीहरु केही दिनदेखि आ आफ्नो घरबाट हराएका थिए। हिजो बिहान स्थानीय मानिसहरुले लोचनगरको झोडामा बिहान साडे सातबजीतिर महिलाको शव देखेर पुलिसलाई सुचित गरेका थिए। पुलिस दल घटनास्थलमा आएर उक्त महिलाको शव उद्धार गरेको बाह्र घण्टा बित्दा नबित्दै त्यसकै केही मुन्तिर किशन छेत्रीको शव पनि फेला परेको थियो। मृतकहरुको शरीरका कुनै प्रकारको बाहिरी चोट वा प्रहार गरेको निशान पाइएको छैन। किशनको शव भने खुट्टामा तार बेहिरिएको अवस्थामा पाइएको पुलिसको भनाई छ। दुवैबटा शवहरुको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र पुलिसले आफ्नो जाँचकार्यलाई प्रभावी ढंगले अघि बढाउन सक्ने छ। मृतक महिला रुपा तामाङका पति राम तामाङले पत्नीको शव चिन्हित गरे। उनले पुलिसलाई दिएको जानकारी अनुसार मृतक महिला गत शुक्रबारदेखि घरबाट निखोज भएकी थिइन। दार्जीलिङ सदर पुलिसले यस मामिलाको छानबीन जारी राखेको छ। सदर थानाका प्रभारी लोपसाङ भुटियाले घटनाबारे थप जानकारी दिएका छन।
Related Posts:
Human resources development department negligence has created the future of two hundred students of the state in dark8TH JUNE12Human resources development department negligence has created the future of two hundred students of the state in dark .according to the news the department has implemented one vocational stream named health care s… Read More
CM orders rehabilitation in a month - Chamling tours landslide-ravaged rolepNIRMAL MANGAR The site at Rolep where some of … Read More
Facebook hunt for techie killers - Wall plea for info on motive or murderersAVIJIT SINHA Siliguri, June 8: Friends of an engineer shot dead in Siliguri have created a Facebook page on which they have appealed to people to come forward if they hav… Read More
Environment day programme is going on in the different part of the state till after the three daysRANGPO-8TH JUNE 12Environment day programme is going on in the different part of the state till after the three days .green vale academy lingmoo south Sikkim and Kabi north Sikkim has organised plantation programme and awa… Read More
तकलिङ गान्धी स्मारक स्कूलको पोलेथिन प्रयोग विरुद्धको पहलकालेबुङ, 7 जून।क्षेत्रमा व्यापक रुपमा हुने गरेको पोलेथिनको प्रयोगले पर्यावरणमा व्यापक हानी पुराउने कुराको तक्लिन गान्धी स्मारक स्कूलले बोध गरेको छ। पोलेथिनको प्रयोग गर्नु नहुने भन्दै जनचेतना प्रदान गर्ने उद्देश्यले पर्यावरण द… Read More
0 comments:
Post a Comment