Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

8 Jun 2012

दार्जीलिङ पहाडको पर्यटन व्यवसाय फेरि एकपल्ट आफ्नो लयमा फर्केको छ

8 जून(कालेबुङ)- गोजमुमोले आन्दोलनको मार्ग त्यागेर जीटीएमा सम्झौता गरेपछि दार्जीलिङ पहाडको पर्यटन व्यवसाय फेरि एकपल्ट आफ्नो लयमा फर्केको छ। सम्झौतापछि पहाडमा राजनैतिक स्थिरता र शान्ति श्रृङ्खलाको पुनर्बहाली भएपछि यसपालिको पर्यटन मौसममा घरेलु पर्यटकहरुको आगामनमा आशातित बृद्धि भएको छ। अहिले पहाडको प्रमुख स्थलहरु दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकमा पर्यटकहरुको उत्साहजनक आगमन भइरहेको छ। यसबाहेक ग्रामिण क्षेत्रका पर्यटन स्थल र प्राकृतिक सुन्दरताको आनन्द उठाउन पर्यटकहरु इको अनि भिलेज टुरिजमतिर पनि आकृष्ट बन्दै गइरहेको छ। मोर्चाको आन्दोलनको अवधीमा पहाडको पर्यटन उद्योग प्रभावित भए पनि अहिले स्थिति सामान्य भएपछि यो व्यवसायले फेरि एकपल्ट गति पक्रेको छ। यसपालिको सिजनमा पर्यटकहरुको आगमनमा दोब्बर वृद्धि भएपछि यस पेशासँग संलग्न मानिसहरु उत्साहित देखिएका छन। पहाडमा मुख्य रुपले दुइवटा समयलाए पर्यटन मौसमको रुपमा हेरिन्छ। अप्रेलदेखि जून महिनाको तेस्रो सप्ताहसम्म पर्यतकहरुको आग्मन हुने गर्दछ भने बर्षायामपछि अक्टोबरदेखि जनवरीसम्म फेरि पर्य़टकहरु पहाड घुम्न आउने गर्दछन। दोस्रो सिजनमा विदेशी पर्यटकहरुको धेर आगमन रहन्छ भने अप्रेलदेखि जूनसम्मको सिजनमा घरेलु पर्यटकहरुको बढी आगमन हुने गर्दछ। अहिले पहाडमा विशेष गरी कलकता क्षेत्रका घरेलु पर्यटकहरुको संख्या अत्याधिक रहेको छ भने देशका अरु क्षेत्रहरु दिल्ले, गुजरात र दक्षिण भारतबाट पनि पर्यटकहरुको आगमन भएको होटल व्यवसायीहरुले बताएका छन। यसपालि सिजन शुरु भएदेखि यता एक्लो कालेबुङमा मात्र तीनदेखि चारलाख घरेलु पर्यटकहरुको आवागमन भएको तथ्याङ्क प्राप्त भएको छ। प्राकृतिक रुपले समृद्ध रहेको पहाडमा राजनैतिक अथिरताका कारण बिगत बर्षसम्म पनि पर्यटकहरु आउन असुरक्षित अनुभव गर्थे। तर अहिले यहाँ कुनै प्रकारको राजनैतिक तनाउ र समस्या नरहेको कारण घुम्न आएको एक पर्यतक दम्पत्तिले बताएका छन।
यता, कालेबुङका होटल व्यावसायीहरुको संगठन होर्‍याककी अध्यक्ष संयोगिता सुब्बाले पनि राजनैतिक स्थिरताको कारणले नै पहाडमा पर्यटनले आफ्नो पुरानो गति पक्रेको बताएकी छन।

Related Posts:

  • Nepalese or Gorkha? Hope on Sunday run Mumbai, Jan. 13: Namper Lemcha from Darjeeling is among the thousands who will participate in the Mumbai International Marathon here on Sunday. The 35-year-old has not seen much of the city yet but Mumbai too — li… Read More
  • Giri flies to Delhi for talks VIVEK CHHETRI … Read More
  • भारतसँग सम्बन्ध अझ मजबुत बनाउनुस् : चीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन… Read More
  • Gurung and 2 others get bail Siliguri, July 19: Bimal Gurung and two other leaders of the Morcha were granted bail by a court in Jalpaiguri today. The chief executive of the GTA Sabha appeared at the chief judicial magistrate’s court in Jalpaiguri … Read More
  • Traffic bar to stay after crack cure The Coronation Bridge over the Teesta. File picture Siliguri, Jan. 13: The Coronation Bridge over the Teesta will be out of bounds for heavy and medium vehicles even after the 2ft-long crack near the crown of th… Read More

0 comments: