Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Jun 2012

श्यामल सेनको रिपोर्टले तराई-डुवर्समाथि बज्रपात ,मोर्चाले गर्यो रिपोर्टको बिरोध

9 जून(कालेबुङ)-श्यामल सेन कमिटिले आफ्नो रिपोर्टमा तराई र डुवर्सका पाँचवटा मौजाहरु मात्र ज़ीटीएमा अंतभुक्त गर्न सकिने सिफारिशले एकातिर मोर्चालाई अप्ठ्यारोमा पारेको छ भने अर्कोतिर जीटीएमा सामेल हुन चहाने तराई डुवर्सका जनताको आकान्क्षामाथि बज्रपात भएको यी क्षेत्रका मानिसहरुले आनुभाव गर्न थालेका छन।डुवर्सका अकबर लामा र विक्की लामाको बलिदान ,आदिवासीका विद्रोही नेता जोन बारलासँग मोर्चाको मिलन , जीटीएको सम्झौतामा हाईपावर कमिटिको गठन, तराई र डुवर्सका जनताको सडक आन्दोलन, यी जम्मै घटनाक्रम र कुराहरुले पनि तराई र डुवर्सका जनताको राजनैतिक आकाक्षा पूरा हुन सकेन।हाईपावर कमिटिले आफ्नो रिपोर्टमा जलपाईगुडी जिल्लाबाट दुइ अनि दाजीर्लिङ जिल्लाबाट तीन गरि कूल पाँचवटा मौजाहरु जीटीएमा अंतभुक्त गर्न सकिने सिफारिस गरेको छ। जलपाईगुडी जिल्ला अंतर्गत डुवर्सको सामसिङ अनि चलाउने मौजा र दाजीर्लिङ जिल्लाबाट चम्पासरी ,गुलमा संलग्न मौजालाई जीटीएमा सिफारिस गरिएको छ।
राज्यको शक्तिकेन्द्र राइटर्सबाट श्यामल सेनको रिपोर्ट सर्वजनिक भएपछि अहिले तराई र डुवर्सवासीहरुले आफुलाई ठगिएको अनुभाव गरिरहेका छ्न।दीर्घ दिन देखि प्रतिक्षा गरिरहेको हाईपावर कमिटिको रिपोर्ट प्रकाशमा आएपछि यी क्षेत्रका जीटीए समर्थित जनतामा हतासा र निराश देखा परेको छ।गोरामुमोले दागोपाप ग्रहण गर्दा ठगिएका डुवर्सवासीहरुले अहिले झण्डै त्यही स्थितिको समना गर्नु परेको छ। यता आफुले अपेक्षा गरेको भन्दा दोब्बर बिपरित रिपोर्टले मोर्चाको शिर्ष नेतृत्वलाई पनि अक्क न बक्क बनाएको छ। मोर्चाले तराई र डुवर्सबाट कूल 396 वटा जीटीएमा सामेल गरिनु पर्ने माग गरेको थियो । यी मध्ये लगभग 150 वटा मौजाहरु जीटीएमा गाभ्न सक्ने कुराप्रति मोर्चा आशावादी थियो तर आज हाईपावर कमिटिको रिपोर्ट सार्वजनिक हुदा मोर्चा छाँगोबाट खसेको अवस्थामा पुगेको छ।गोर्खाल्याण्डबाट झरेर जीटीएको सम्झौता पछि चुनाउको तम्तयारीमा लागेको मोर्चाले अब तराई डुवर्सको जनताप्रति आफ्नो जवापदेहिता देखाउनु पर्ने छ।क्षेत्रको अंतभुक्तिको सवालमा मोर्चाको व्यवहारले उसै पनि तराई र डुवर्सका जनतामा असंटुष्टि र आक्रोशका खबरहरु प्रकाशमा आईरहेको छ। क्षेत्र अंतर्भुक्तको मुद्दा साम्य नभई ज्र्र्टीएको सम्झौतामा जाने मोर्चाको हतारोमाथि पनि यसबेला तराई डुवर्सका जनतालाई सोच्न वाध्य बनाइरहेको छ।
अर्कोतिर श्यमल सेन कमिटिको रिपोर्ट प्रकाशमा आएपछि मोर्चाले यो रिपोर्टलाई नमान्ने बयान जारी गरेको छ।
मोर्चाको शीर्ष नेतृत्वले हाईपावर कमिटिको रिपोर्टलाई केन्द्र गरी जीटीएलाई नै रद्द गर्ने आशयको चेताउनी पनि दिएको छ ।यो रिपोर्टलाई केन्द्र गरी मोर्चाले फेरी एक पल्ट आफ्ना समर्थकहरुलाई सरकार बिरुद्ध उव्देलित बनाउन सक्ने सम्भावन देखिन्छ।तर जीटीएको सम्झौता अनुरुप मोर्चा जुलाईमा हुने चुनाउमा जान बाध्य छ।यस्तो आवस्थामा मोर्चाले राज्य सरकारसगँ केही नयाँ मौजाहरु थपिमागेर जीटीए तिर उन्मुख हुने सम्भवना बदी देखिंछ। जे होस , यो ताजा राजनैतिक घटनाक्रमले कुन दिशा समात्ने हो त्यो समयले बताउला तर अहिलेको स्थितिमा मोर्चाको अवस्था भने नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छाबाउको अनुहार भने जस्तै भएको छ। यता मोर्चा महा सचिव रोशन गिरीले आफ्नो प्रतिक्रिया जाहेर गर्दै पार्टीले कमिटिको रिपोर्ट अवमानन गर्ने बयान दिएका छन। गिरीले श्यमल सेनको रिपोर्टलाई केन्द्र गरी आफ्नो दलले ज़ीटीए लाई नै रद्द गर्नसक्ने आशयको संकेत दिएका छ्न। तथापि भोलि दार्जीलिङमा डाकिएको पार्टीको विशेष बैठकमा यसबारे दलको नयाँ लाइन तय गरिने गिरीले जानकारी दिएका छन।

Related Posts:

  • Krishi Vigyan Kendra South Sikkim and NABARD creating milestones for Rural Development and Poverty Elevation.Krishi Vigyan Kendra, South Sikkim was established in the year 2007 vide memorandum between State Government and ICAR. Since then, the Kendra has been doing its mandated activities as prescribed by ICAR, Zonal Project Directo… Read More
  • Trinamul call for poll helpDarjeeling, July 18. Trinamul candidates contesting the Gorkhaland Territorial Administration (GTA) elections have requested senior party leaders, including state and Union ministers, to campaign for them. “All 17 candidates … Read More
  • Anti-Morcha posters tornKalimpong, July 18: Posters rejecting the Gorkhaland Territorial Administration put up by an anti-Morcha conglomerate on the first anniversary of the GTA agreement were torn down at Kalimpong by supporters of the hill set-up.… Read More
  • Bhaichung fan in Team IndiaGangtok, July 18: She shares Bhaichung Bhutia’s surname and love for the beautiful game. Nima Lhamu Bhutia, like her idol, will represent the Indian side.She’s Sikkim’s latest face in the Indian women’s side for the SAFF Cup.… Read More
  • Bagdogra College strike callSiliguri, July 16: The Chhatra Parishad has called an indefinite strike in Bagdogra College from today demanding the admission of over 1,000 students who have not been admitted to any institution yet.“We had requested the aut… Read More

0 comments: