
9 Jun 2012
मानव तस्करीबिरुद्ध जनजागरुकतामूलक कार्यक्रम
9 जून(कालेबुङ)- दार्जीलिङ जिल्ला पुलिसले आज सम्बन्धित गैर सरकारी संगठनहरुको सहयोगमा मानव तस्करीबिरुद्ध एउट जनजागरुकतामूलक कार्यक्रमको आयोजना गरेको थियो। क्षेत्रमा बड्दो मानव तस्करीको सञ्जालको रोकथाम गर्न पुलिसले एकातिर प्रशासनिक स्तरमा काम गरिरहेको छ भने अर्कोतिर समाजमा यसबारे जनचेतनाको प्रचार प्रसार गरेर पनि यसमाथि नियञ्त्रण बनाउने पहल शुरु गरेको छ। पहाडमा मानव तस्करीको घटनामाथि निगरानी राख्न अनि यसको रोकथामको दिशामा पहल गर्न दार्जीलिङ जिल्ला पुलिसले मानवतस्करी विरोधी निकायको गठन गरेको छ।
आज कालेबुङमा सम्पन्न भएको सचेतनामूलक कार्यक्रम पनि पुलिसको यही निकायले आयोजना गरेको थियो। यस जनजागरुकतामूलक कार्यक्रममा जिल्ला पुलिसलाई यस दिशामा काम गरिरहेका गैरसरकारी संगठनहरु कालेबुङको ग्लेन फेमिली फाउण्डेशन, दार्जीलिङको मार्ग आदिले सहयोग पुर्याएका थिए। यस अवसरमा दार्जीलिङका अतिरिक्त जिला न्यायधीश अमोलेन्दु भौमिक, कालेबुङका अतिरिक्त मुख्य न्यायधीश राणा दाम, अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा आदि विशेष रुपले उपस्थित थिए। कार्यक्रममा कालेबुङको विभिन्न गैरसरकारी अनि सामाजिक संगठनका प्रतिनिधि, स्कूलका विद्यार्थीवर्ग र जनसाधारणको सहभागिता थियो। गैरसरकारी संगठन मेनकाइण्ड इन एक्शन फर रुरल ग्रोथ(मार्ग)- संयोजक निर्णय जोन छेत्री, पुलिस अधिकारी रबिन थापा, बालश्रम र तस्करीबिरुद्ध काम गर्ने संगठन बाल सुरक्षा अभियानकी सिस्टर सुवेष्णा, न्यायधीशहरु अमोलेन्दु भौमिक, राणा दाम आदिले पहाडमा मानव तस्करीको ताजा अवस्थाबारे प्रकाश पारेका थिए। विषय विशेषज्ञ निर्णय जोन छेत्रीले क्षेत्रमा मानव तस्करीमाथि गहन चर्चा गर्दै क्षेत्रमा यसको सञ्जालको स्थिति, कारण र यसका निवारणका उपायहरुबारे जानकारी प्रदान गरे। पुलिस अधिकारी रबिन थापाले समाजमा नैतिक मुल्यमा आधारित शिक्षाको अभावले पनि यस्ता समाजविरोधी कार्य र तत्वहरुले प्रश्रय पाइरहेको कुरामा जोड दिएका थिए। न्यायधीशहरुले मानवतस्करीका शिकार भएका पिडीतहरुको हित अनि तस्करहरुबिरुद्ध रहेको कानूनी प्रावधान र सहायताहरुबारे जानकारी प्रदान गरेका थिए। यस सम्वेदनशील मुद्दाबारे जनजागरुकता पैदा गर्न जिल्ला पुलिसले पहाडका विभिन्न क्षेत्रहरुमा लगातार यस प्रकारको सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने जिल्ला पुलिसको भनाई छ।

Related Posts:
GJM seeks proactive participation of youngsters in statehood movement Darjeeling 25 Aug 2013 The Gorkha Janmukti Morcha has begun using every bit of arsenal at its disposal to thwart the state government that is breathing down its neck, attempting to crush the ongoing statehood a… Read More
Gurung's successor in GTA Election process begins Darjeeling 25 Aug 2013 The process has started to appoint a successor to Bimal Gurung, who quit as chief executive of the Gorkhaland Territorial Administration after the creation of Telangana state was annou… Read More
Dooars GJM threatens stir against Lama’s detention Report by: PRADIP LAMA KALCHINI 25 Aug 2013 Keeping with their move of arresting GJM leaders and activists, the police had arrested Dooars GJM central committee member Ashok Lama on the night of … Read More
EPCS delegation meets CM Gangtok 25 Aug 2013 Around 40 members of the Evangelical Presbyterian Church of Sikkim from all the four districts of the state led by MLA Menlom Lepcha, Rev PS Timgmo and mediator Remon Molommu today c… Read More
Invitation for talks with eye on LS polls: Harkabahadur Chettri Report by: PRADIP LOHAGUN KALIMPONG 25 Aug 2013 The renewed agitation for statehood in the hills that has been on since the past one month does not seem to have move the central government much. But … Read More
0 comments:
Post a Comment