कालेबुङ, 7 जून।
क्षेत्रमा व्यापक रुपमा हुने गरेको पोलेथिनको प्रयोगले पर्यावरणमा व्यापक हानी पुराउने कुराको तक्लिन गान्धी स्मारक स्कूलले बोध गरेको छ। पोलेथिनको प्रयोग गर्नु नहुने भन्दै जनचेतना प्रदान गर्ने उद्देश्यले पर्यावरण दिवसको अवसरमा स्कूलले विविध कार्यक्रमहरू आयोजना गर्यो। पोलेथिनको प्रयोगले प्राकृतिक आपदा निम्ताउने लगायत कृषिलाई क्षति पुर्याउने कुरालाई लिएर मानिसहरूलाई नैतिक चेतना प्रदान गर्नु स्कूलको उद्देश्य थियो। यसै कार्यक्रमको पूर्वार्द्धमा स्कूलका विद्यार्थीहरूले पोलेथिनको प्रयोग विरूद्ध हात-हातमा प्लाकार्ड बोकेर क्षेत्रमा जुलूस निकाले। यसैअवधी विद्यार्थीहरूद्वारा वरिपरि फ्यॉंकिएको पोलेथिनहरूलाई थुपारेर नष्ट पार्ने कार्य पनि गरियो। उत्तरार्धको कार्यक्रममा विज्ञानको उन्नतिले पर्यावरणलाई असर पारेको छ अनि छैन माथि विद्यार्थीहरूमाझ तर्क प्रतियोगिता पनि सम्पन्न भयो। यस तर्क प्रतियोगितामा जोइ लेप्चा अनि दल विजयी बने भने एल्मी तामाङ अनि दल उप-विजेयी बने। यसरी नै विद्यार्थीहरूमाझ भएको हाजिरी जबाव प्रतियोगितामा यवन तामाङ पहिलो बने भने क्रमैले दोस्रो अनि तेस्रो स्थान पियुस तामाङ अनि इजाद बराइलीले ओगटे। कालेबुङ कृषक कल्याण सङ्गठनद्वारा प्रायोजित कार्यक्रममा सङ्गठनका मूल सचिव विष्णु छेत्री प्रमुख रूपमा उपस्थित थिए भने स्कूल सञ्चाल समितिबाट केबी छेत्री अनि एचबी छेत्रीसितै स्कूलका प्रधान अध्यापक पत्रुस लेप्चाको पनि कार्यक्रममा सहभागिता थियो।
8 Jun 2012
तकलिङ गान्धी स्मारक स्कूलको पोलेथिन प्रयोग विरुद्धको पहल
Related Posts:
Arrested with wireless - Nepal citizen held for planting transmitters near borderVIVEK CHHETRIDangol in Kurseong on Friday. (Suman Tamang)Darjeeling, March 23: Darjeeling police have arrested a resident of Nepal from the border area of Mirik for illegally installing transmitters and wireless equipment.Giv… Read More
Drivers halt water supplyRAJEEV RAVIDASJeeps which ferry water from streams to Kalimpong were stationed on Kutidara Relli Road on Friday on account of the strike. Picture by Chinlop Fudong LepchaKalimpong, March 23: The water scarcity in Kalimpong wa… Read More
ICICI Bank launches the super premium Sapphiro Credit CardsSANJAY AGARWAL- 23 March:ICICI Bank, India’s largest private sector bank, today announced the launch of ICICI Bank Sapphiro – a super premium product targeted at the growing super affluent segment and the Bank’s Wealth Manage… Read More
RCM employees on DharnaRANGPO-23RD March12After the central government order to close the RCM counter throughout country blaming the company as chit fund and money collection the lakhs of employees and agents are going unemployed .before 11 year… Read More
the Bharat Scouts & Guide has flag off today by Dr. H.P. Chhetri23RD MARCH12The 36 members of Sikkim State, the Bharat Scouts & Guide has flag off today by Dr. H.P. Chhetri , State Chief Commissioner with Mr. Prakash Kazi Shakya, State Secretary for National Integration Camp at Kolka… Read More
0 comments:
Post a Comment