29 May 2013
3 जून जीटीएको समीक्षा सभा, मोर्चाको तीनपन्ने मेमोरेण्डम तयार
कालेबुङ, 28 मई।
अहिलेकोे ताजा परिस्थितिमा आउँदो तीन जूनको दिन सम्पन्न हुन गइरहेको जीटीएको समीक्षा बैठक धेरै महत्व छ। यसदिन राज्य अनि केन्द्र सरकारका प्रतिनिधिहरूबीच गोजमुमोले जीटीए सञ्चालनमा राज्यको हस्तक्षेप, सम्झौताअनुसार कार्यन्वय नभएका विषयहरू लगायत जीटीएको ऐनमा भएको धेरैवटा नपचेका भाषाहरू संशोधन गर्न सरकारलाई चाप सृजना गर्ने भएको छ। यसदिनको बहसको निम्ति गोजमुमोको लिगल सेलले छुट्टै बैठक गरेर तीनपन्ने मेमोरेण्डम तयार पारिसकेको छ। यो आशय मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले दिएका हुन्। उनीअनुसार, जीटीएको ऐनमा लेखिएका भाषा अनि शब्द प्रयोग खुबै चतुराइपूर्ण ढङ्गमा गरिएको छ। जसले गर्दा जीटीएलाई एकखालको नियन्त्रणमा राख्छ। यस्ता जम्मै शव्दहरू पुनः संशोधन गर्न मोर्चाको लिगल सेलले अध्ययन गरेर खेस्रा तयार पारिसकेको छ। समीक्षा बैठकमा जाने प्रतिनिधिहरूको इस्टेटमेन्ट लिस्ट पनि मोर्चाले तयार गरिसकेको छ। ‘जीटीएमा ऐन पुनः संशोधन गरिनसक्ने प्रावधान छ। यसैले यसदिनको बैठकमा हामी केन्द्रका प्रतिनिधिहरूसित अप्ठ्यारो परेको हाम्रो जम्मै कुराहरू राख्नेछौं। सरकारले नमाने विरोध गर्छौं’-डा. छेत्रीले भने। यसबाहेक आमरण अनशनको माध्यमबाट अहिले मोर्चाले उठाइरहेको मुख्य चारवटा मागहरूलाई पनि समीक्षा बैठकमा प्रमुखताका साथ उठाइनेछ। डा. छेत्रीले एक प्रश्नको उत्तर दिँदै अझ भनेअनुसार, राज्य सरकारले स्पष्ट रुपमा आफ्नो नियन्त्रण पहाडबाट हराउन चहॉंदैन। सरकारको नियत स्पष्ट छ कि उसले आफ्नो नियन्त्रण बनाइराख्न हरसम्भव प्रयास गर्छ। यसैले पनि सभासद्हरूलाई जीटीएको अनुमितिबना पक्राउ गर्न नपाउने प्रस्तावना हुँदाहुँदै पनि सभासद्को पक्राउले यसको पुष्टि गरेको कुरा उनले स्वीकारेका छन्। उनीअनुसार, राज्य सरकारसित मोर्चाको सम्बन्ध बिग्रेको भनेको अधिकार खोज्दा हो। जुन अधिकारहरू पहिलेको दागोपापले खोजेको जानकारी उनलाई छैन। यसैले सम्झौताको आधारमा आफ्नो अधिकार खोज्दा हुने मतभेद भनेको पुरै सम्बन्ध विच्छेद भएको भने होइन। ‘अधिकार मिल्नुपर्ने ठाउँमा मिलेर अनि बाझ्नुपर्ने ठाउँमा बाझेर लिनुपर्छ’-उनले भने। उनले अझ भनेअनुसार, राज्य अनि केन्द्र सरकारसित जीटीएसभाले सम्बन्ध सुमधुर बनाइराख्न जरुरी छ। तर अन्याय सहेर पनि सम्बन्ध बनाइराख्नु भन्दा नबनाएकै राम्रो हो भन्ने विचार उनको छ। ‘यस्तो अन्यायपूर्ण कदममा पनि हामी चुप लागेर बस्न सक्दैनौं’-उनले भने।
Related Posts:
the big racket of running illegal business of prohibited drugs from Rangpo goshkhan beltRANGPO-4TH APRIL 13 Rangpo police busted the big racket of running illegal business of prohibited drugs from Rangpo goshkhan belt .according to the news Rangpo police in charge Mr. tshring Sherpa received an information fr… Read More
Don’t brush past her - Clean your teeth, Karma has free paste Gangtok, April 5: It would be fair to tell a child in Sikkim, “brush your teeth or Karma auntie will come, with her brush and paste”. Karma Chaden Bhutia, a medical officer and physician at Tokal Bermoik primary health centr… Read More
Morcha Siliguri march halted Sukna (Kurseong), April 9: The Gorkha Janmukti Morcha’s effort to march to Siliguri, days after Trinamul leaders held meetings in the hills, came to nought today when they were stopped a few kilometres from Darjeeling More, t… Read More
Mitra attack backlash at homeApril 9: The Trinamul Congress today retaliated to the SFI’s Delhi assault on state finance minister Amit Mitra by attacking several CPM offices in the districts. The spate of attacks prompted chief minister Mamata Banerjee … Read More
GNLF musters 5000 for foundation daySimulbari (Kurseong), April 5: The GNLF today managed to gather nearly 5,000 supporters at Simulbari, located at the border of the hills and plains, for a show of strength on its foundation day. The rally at Simulbari, 20km … Read More
0 comments:
Post a Comment