29 May 2013
जीटीएसभाको चार मागबाट बाहिर परे योञ्जन
(मनोज वोगटी)
कालेबुङ, 27 मई।गोर्खा जनमुक्ति मोर्चाले होइन जीटीए सभाले आफ्ना सभासद्हरूलाई आमरण अनशनमा उतारेको देखिएको छ। यो अनशनसित हिल तृणमूल उपाध्यक्ष केएन सुब्बाको पुर्खौयी घर जलाउन आफ्ना समर्थकहरूलाई उत्साहित गरेको आरोपमा पक्रा परेका चन्द्र योञ्जनको मुद्दासित कुनै सम्बन्ध नरहेको देखापरेको छ। किन भने गोर्खाजनमुक्ति मोर्चाले चन्द्र योञ्जनको पक्राउको विरुद्ध अनिश्चितकालीन बन्द डाक्ने हल्ला फैलाएको थियो, जसको कारण पहाडमा पर्यटकहरू विचल्नीमा परेका थिए। मोर्चाको यो हल्लाले जीटीएलाई धक्का पुग्ने देखेपछि जीटीएसभाले आफ्ना सभासद्हरूलाई आमरण अनशनमा उतारेर अनिश्चितकालीन बन्द टार्न सफल बनेको पर्यवेक्षकहरूले ठानेको छ। तृणमूल कंग्रेससित बनाएको सम्बन्ध फेरि नबिग्रियोस भनेर नै अनिश्चितकालीन बन्दको साटो जीटीएसभाले सभासद्हरूलाई अनशनमा उतारेको पर्यवेक्षकहरूकोे भनाइ छ। तर सभासद्हरूको आमरण अनशनसित पक्रा परेका सभासद् चन्द्र योञ्जनको मुद्दासित कुनै सम्बन्ध नरहेको चार बुँदे मागले स्पष्ट पारेको छ। जीटीएपक्षले सभासद्हरूलाई आमरण अनशनमा उतार्दै राज्य सरकारसित चारवटा माग गरेको छ। ती मागहरू हुन्-1.जीटीएलाई स्वतन्त्ररुपले चलाउन दिइनुपर्छ। 2. हत्याबाहेक आन्दोलनकालमा मोर्चा नेतृत्वहरूमाथि राज्य सरकारले लगाएका मुद्दाहरू फिर्ता गरिनुपर्छ। 3.जीटीएमा तराई डुवर्सका मौजाहरू अन्तर्भुक्त गर्नुपर्छ। 4. मौजा अन्तर्भुक्तिको निम्ति बसिाएको फ्याक्ट भेरिफिकेशन कमिटीले तराई र डुवर्सको क्षेत्र निरिक्षण गरेर रिपार्ट बुझाउनुपर्छ। सभासद्हरू अनशन बस्नुको कारण यी मात्र हुन्। तर हल्ला के चलिरहेको छ भने सभासद्हरू आमरण अनशन बस्नु चन्द्र योञ्जनलाई विनाशर्त मुक्ति गर्नु प्रसासनलाई चाप दिनु हो। तर जारी चार बुँदा मागले चन्द्र योञ्जनको मुद्दासित कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ। यता चन्द्र योञ्जनलाई प्रशासनले पक्राउ गरेकोमा केवल गोर्खा जनमुक्ति मोर्चाले मात्र विरोध गरिरहेको छ तर जीटीए सभाले यसको विरोध गरेको छैन। सभासद्हरूको चार बुँदे मागमा चन्द्र योञ्जनको रिहाई अथवा पुलिस प्रशासनलाई चाप दिने किसिमको कुनै बुँदा सामेल छैन। गोर्खा जनमुक्ति मोर्चा र जीटीए अलगअलग रहेको भए पनि जनता भ्रममा रहेको फाइदा उठाउँदै जीटीएसभाले जीटीएसभाको रिब्यु र त्रिपक्षीय वैठकलाई ताक पारेर आफ्नो रणनीति फ्यॉंकेको पर्यवेक्षकहरूको मत छ। चन्द्र योञ्जनलाई विनाशर्त मुक्त गर्नुपर्ने सम्बन्धमा मोर्चाका भातृ सङ्गठनहरूले कार्यक्रम गरिरहेको छ। यता मोर्चाले चन्द्र योञ्जनको रिहाई अनि प्रशासनको विरोधमा कार्यक्रम गरिरहेको छ भने जीटीएसभाले भने यही मौकामा राज्य सरकारमा चाप बनाइराख्ने सभासद्हरूको आमरण अनशन शुरु गरेको छ। जनताले तर सभासद्हरूको अनशनलाई चन्द्र योञ्जनको रिहाईको निम्ति बसेको भनेर ठानिरहेका छन्। छुट्टैराज्यको निम्ति अनशन बस्न नसक्ने सभासद्हरू जीटीएको निम्ति बसिरहेको आलोचना पनि जनस्तरमा चलिरहेको छ। तेलङ्गनामा नेतृत्व छुट्टैराज्यको निम्ति अनशन बसेका थिए तर जीटीएका नेतृत्वहरू भने जीटीएमा स्वतन्त्रताको निम्ति अनशनमा बसिरहेका छन्। पर्यवेक्षकहरू अनुसार सभासद्हरूले आगामी दिनमा हुन सक्ने विभिन्न कठिनाईहरूबारे सतर्कता अफ्नाइरहेका छन्। यसकारण जीटीएमा पूर्ण स्वतन्त्रताको माग सभासद्हरूले उठाइरहेका छन्। यसैबीच आन्दोलनकालमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूमा लागेको मुद्दा माफी हुनुपर्ने कुरामा अहिले सभासद्हरुले जोर दिइरहेका छन्।
किन भने ती कार्यकर्ताहरू विरुद्ध वारन्ट जारी भइसकेको छ। धेरै कार्यकर्ताहरू अझसम्म भागेर हिँडिरहेका छन्। ती कार्यकर्ताहरू भागेर हिँडेकोले मोर्चाका कुनै पनि कार्यक्रम प्रभावी बन्न नसकेकोले मोर्चाको शक्ति क्षीण भएर गइरहेको मोर्चाले अनुभव गरिरहेको पनि पर्यवेक्षकहरू मान्छन्। जीटीएको रिब्यु कमिटीको बैठक अघि नै जीटीएमा स्वतन्त्रताको दाबी गर्दै सभासद्हरू अनशन बस्नुमा रिब्यु कमिटीको बैठकलाई प्रभावकारी पार्ने उद्देश्य लुकेको हुनसक्ने अनुमान पनि लगाइन थालेको छ। अर्कोतिर तराई र डुवर्समा भइरहेको पञ्चायत चुनाउलाई ध्यानमा राख्दै सभासद्हरुले जीटीएमा तराई-डुवर्सको अन्तर्भुक्तिको माग फेरि उठाएका छन्, जब कि यो मागको किस्सा स्यामल सेनको रिपोर्टले नै अन्त गरिसकेको छ। औपचारिकताको निम्ति बसेको फ्याक्ट भेरिफिकेशन कमिटीले रिपोर्ट बुझाउनुपर्ने दाबी गरिरहेको भए पनि पञ्चायत चुनाउको बेला रिपोर्ट पेश गरेर तृणमूलको सरकारले भोट बिगार्न नचाहने स्पष्ट भइसकेको छ। तराई-डुवर्समा पञ्चायत चुनाउ आफ्नै तौरतरिकाले लड्ने भनेर मोर्चाले घोषणा गरिसकेको छ तर तराई र डुवर्समा मोर्चाको दखल नरहेकोले चुनाउलाई लिएर मोर्चा साह्रै गम्भीर रहेको सूत्रको दाबी छ।
एकातिर सभासद् चन्द्र योञ्जनको कारण मोर्चा र तृणमूल कंग्रेसमा फेरि फाटो आउने सम्भावना बढेको छ, जसको प्रभाव रिब्यु बैठकसम्ममा पर्ने देखिएको छ। यसकारण चन्द्र योञ्जनको मुद्दालाई नछोइ सभासद्हरूले आमरण अनशन शुरु गरिरहेको देखिएको पर्यवेक्षकहरूले ठानेका छन्। अर्कोतिर जीटीए सभाले गोरुबथान काण्डको जॉंच गर्न सभासद्हरूको एउटा टोली पठाएको पनि थाहा लागेको छ। यो टोली गोरुबथान पुग्ने वित्तिकै त्यहॉंका कार्यकर्ताहरूले प्रेस जारी गर्दै हिल तृणमूल कंग्रेस उपाध्यक्ष के.एन. सुब्बाको पुर्ख्यौली घर मोर्चा कार्यकर्ताहरूले होइन सुब्बा आफैले जलाएको बताउन थालेका छन्। सभासद् योञ्जनको पक्राउको विरुद्ध गोरुबथानमा कुनै पनि विरोध प्रदर्शन देखिएन जुन प्रदर्शन केएन सुब्बाको विरोधमा देखिएको थियो।
Related Posts:
Darjeeling civic body richer by Rs 10 lakhDarjeeling, March 5: The zamindari department of the Gorkha Janmukti Morcha-led Darjeeling municipality has collected more than Rs 10 lakh in rent from lease holders in 26 days as against an annual collection of Rs 2 lakh by … Read More
One day long program on livestock management6TH MARCH 2012-state AH, LF &VS Department West District organized, One day long program on livestock management & poultry production at Chumbung near to Pelling in west Sikkim.The main objective behind the program was to g… Read More
Asok sees CM skirt-poll agendaSiliguri, March 5: The CPM today trained guns on Mamata Banerjee and Gorkha Janmukti Morcha leaders, alleging that both were moving ahead with a “hidden agenda” to form the Gorkhaland Territorial Administration through nomina… Read More
More recruits for GLP - Rivals see diversion tactics in Morcha’s wary moveVIVEK CHHETRIDarjeeling, March 4: The Gorkha Janmukti Morcha has renewed a recruitment drive for the Gorkhaland Personnel, a move that has drawn flak from political opponents who said Bimal Gurung’s party was scared that disi… Read More
Rangpo bridge found damaged due to illegal parking of vehicals SANJAY AGAARWAL-RAANGPO-5TH MARCH12After the rangchang bridges incident every concerned department is busy in visiting and checking the state and national highway bridges and border road organisation is also serious over the… Read More
0 comments:
Post a Comment