30 May 2013
सरकारले मोर्चाको आवाज नसुनेपनि पार्टीलाई केही फरक नपर्ने
'प्रज्ज्वल छेत्री'
कालेबुङ, 29 मई।
सरकारले मोर्चाको कुरा सुने पनि नसुने पनि पार्टीलाई केही फरक नपर्ने आशय नारी मोर्चा कोर कमिटीका सदस्य आशा गुरुङको भनाइबाट बुझिएको छ। आज कालेबुङका अनशकारी सभासद्हरूसित भेट गर्न आइपुगेका श्रीमति गुरुङले फेरि गोर्खाल्याण्ड आन्दोलनको चेताउनी दिँदै अहिले चिट अनि पट दवै मोर्चाको हो भन्ने आशय प्रकट गरेकी हुन्।
उनीअनुसार सरकारले मोर्चाको विविध मागहरू पूरा गर्न आश्वस्त गराएमा अनशन उठ्नेछ। तर यदि सरकारले मोर्चाको आवाज नसुनेको खण्डमा पनि पार्टीलाई फरक पर्दैन। सरकारले मोर्चाको माग स्वीकारे पनि मोर्चालाई नै फाइदा हुने अनि अनदेखा गरेपनि मोर्चालाई नै फाइदा हुने उनको भनाइ रहेको छ। ‘सरकारले हाम्रो मागलाई पूरा गर्छभने हामी जीटीएमार्फत जनसाधरणको हीतमा कार्य गर्न तयार छौं। तर यदि हाम्रो माग अनदेखा गरेर जीटीएलाई विफल तुल्याउँछ भनेपनि हाम्रो आन्दोलन जारी छ।
जे नै गरेपनि हाम्रो जातीय चिन्हारीको कुरा पूर्ण हुन सक्दैन। यसैले सरकारले हाम्रो कुरा सुनेपनि नसुनेपनि हाम्रै प्लस् पोइन्ट हो’-उनले भनिन्।
उनले अझ भनेअनुसार आजको यो परिस्थिति पहाडको निम्ति टर्निङ पोइन्ट हुनसक्छ। किनभने, सरकारले मोर्चाको माग पुरा नगरे फेरि छुट्टै राज्यको आन्दोलन गर्ने अनि यसको जिम्मेवार ममता सरकार हुने आशय उनको थियो। तर यसपल्टको आन्दोलन गान्धीवादी नभएर उग्र हुनसक्ने पनि उनले चेताउनी दिएकी छन्।
उनले अझ भनेअनुसार, ममता व्यानर्जीलाई उनीहरूले जीटीएको आमाको संज्ञा दिएका थिए। तर उनले आमाले जस्तो घटनाको सही छानबीन गरिनन्। विगतको माकपा सरकारभन्दा पनि तल झरेर अहिलेको सरकारले काम गरिरहेको आरोप उनले लगाइन्। गोरुबथान काण्डको विरोध गर्दै उनले भनिन्, हामी निर्वाचित जनप्रतिनिधि हौं। जनताको हीतमा काम गर्छौं भनेर अघि आएका हौं। तर अगुवालाई नै यस्तो प्रकारको अन्याय गरिन्छ भने यहॉं जनताको के सुरक्षा छ?-उनले भनिन्। सबै जनतालाई पार्टीलेे बॉंधेर राख्न नसक्ने अनि केही जनता आक्रोशमा आउँछ भने त्यसको जिम्मेवार स्वंय मुख्यमन्त्री हुनुपर्ने पनि उनले बताइन्। सभासद् चन्द्र योञ्जनको पक्राउ अनि मिरिकका सभासद्माथिको कुटपिट केवल जनप्रतिनिधिमाथि भएको अत्याचार मात्र नभएर साधारण जनतामाथि भएको अत्याचार रहेको पनि उनले बताइन्। वास्तवमा, गोरुबथान घटनाबारे राज्य सरकारलाई पहिलेबाटै जानकारी थियो थिएन आफूलाई थाहा नभएको बताउँदै उनले भनेअनुसार, 22 वर्षको कालो शासन जनताले देखेका छन्। त्यसबेला यी पार्षदहरूले गरेको पैसाको हिनामिनासित जनता अवगत छन्। यसैले तृणमूल नेता केएन सुब्बालाई विरोध जनताले गरेको उनले बताइन्। स्थानीय तृणमूल नेता कृष्ण अधिकारीले नै केएन सुब्बाको घर जलाएको दावी गर्दै यो घटनासित षडयन्त्रपूर्वक चन्द्र योञ्जनलाई पक्राउ गर्ने काम भएको उनले बताइन्। ममता व्यार्जीलाई पनि उनले सतर्क गराउँदै पहाडकै तृणमूल कार्यकर्ताहरूले नै पार्टी बिग्रार्नसक्ने सुझाउ दिएकी छन्।
Related Posts:
Rangpo consumers of nationalised banks are too much aggressiveRANGPO-10TH APRIL12Rangpo consumers of nationalised banks are too much aggressive that they are going to ready for taking action against the worst banking service of the area. There are three nationalised banks located in the… Read More
मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन11अप्रेल(कालेबुङ):- जीटीएमा तराई डूवर्सका मौजाहरुको अन्तर्भुक्तिको विरोधमा यी क्षेत्रका मोर्चाविरोधी शक्तिहरु संगठित र आक्रमक बन्न थालेका छन। तराई डूवर्सका मोर्चाबिरोधी छब्बीसवटा संगठनहरुको संयुक्त मञ्च जोइन्ट एक्शन कमिटिले ह… Read More
दुइवाटा शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ11 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहर संलग्न क्षेत्रबाट 39 बर्षीय महिला अनि 45 बर्षीय पुरुषको शव एकसाथ उद्धार गरिएको घटनाको आज दोस्रो दिन पनि यो मामिला पुलिसको निम्ति रहस्य नै बनेको छ। हिजो दार्जीलिङ शहरनजिक लोचनगरको एउटा झोड… Read More
Inter Milan tips await 4 - Sikkim boys to get soccer training in calcuttaNIRMAL MANGARPlayers of Martam Secondary School who emerged winners in the tournament in Gangtok on Tuesday. (Prabin Khaling)Gangtok, April 11: Four Under-15 boys from Sikkim have been chosen for football training under the t… Read More
Gurung in Nepal award dilemma - Morcha puts bailout ball in Centre’s court, seeks consentVIVEK CHHETRIGurungDarjeeling, April 11: A Nepal-based culture group’s decision to felicitate Bimal Gurung in Kathmandu has put the Gorkha Janmukti Morcha in a spot as the party’s statehood agitation had centred on a separate… Read More
0 comments:
Post a Comment