Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 May 2013

गोरामुमो नेताहरू पहाड चढ्‌दै, राज्य-मोर्चाबीच फेरि फाटो

(मनोज वोगटी) कालेबुङ, 26 मई।करीब चार महिनापछि राज्य सरकार अनि गोजमुमोबीच नयॉं सम्बन्धको सुरुवात भएपनि त्यो सम्बन्धमा चॉंडै नै फाटो आउँदै गरेको स्थिति सृजना भएको छ। राज्यको तृणमूल सरकारअनि पहाडको गोर्खा जनमुक्ति मोर्चाको सम्बन्ध फेरि टुट्‌ने क्रममा छ। मोर्चासितको बिग्रिएको सम्बन्धलाई जोड्‌न करीब चार महिनापछि यसै मई महिनाको दोस्रो सातामा मुख्यमन्त्री ममता व्यानर्जी आफै दार्जीलिङ आएर दुइ दलको सम्बन्धमा सुधार ल्याउने प्रयास गरेकी थिइन्‌। पहाडको विकासको निम्ति राज्य सरकारसित सम्बन्ध बनाइराख्नपर्ने वोध गरेको गोजमुमोले मुख्यमन्त्रीसित हात मिलापछि जीटीएमार्फत पहाडको भरपूर विकास गर्ने आशा व्यक्त गरेको थियो। एकातिर गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ अनि मुख्यमन्त्री ममता व्यानर्जीमाझ एकाअर्कामा सुमधुर सम्पर्क बनाइराखेर नै काम गर्ने माहोल बनिएको स्थितिमा गोरुबथान काण्डले भने पुनः सम्बन्ध चिसिने सङ्‌केत दिइरहेको छ। हिल तृणमूलका उपाध्यक्ष केएन सुब्बाको घर फर्कने क्रमले उपार्जन गरेको मोर्चा अनि तृणमूल कार्यकर्ताहरूबीचको आपसी झमेलाको कारण नै विमल अनि ममतामाझ फेरि सम्बन्धमा आँच आउने देखिएको छ। तृणमूल उपाध्यक्ष केएन सुब्बा गोर्खा जनमुक्ति मोर्चाले पहाडबाट उच्छेद गरेका नेता हुन्‌। सुब्बा गोरामुमोका कट्टर नेता मात्र होइन गोरुबथान क्षेत्रका पार्षद नै रहिसकेका छन्‌। गोजमुमोले तिनलाई पहाडबाट निर्वासित गरेपछि सुब्बा धेरै पार्टीमा लागे। अहिले तिनी तृणमूल कंग्रेसका उपाध्यक्ष बनेका छन्‌। यसैलाई सही मौका मानेर पहाड छिर्ने कोशिशमा रहेका सुब्बालाई तृणमूल कंग्रेसको ब्लेसिङ छ। तिनलाई पहाड छिराउन तृणमूल कंग्रेसका उच्चस्थ नेताहरू नै लागिपरेका छन्‌। अर्कोतिर सुबास घिसिङले पनि जलपाइगुडी छोडेर सिलगढीमा डेरा सारेका छन्‌। तिनले पहाडमा आफ्नो सङ्गठन विस्तार गर्न संयोजकहरू खटाइसकेका छन्‌। भर्खर मात्र कोदोको केक काट्‌दै पहाडमा छैटौं अनुसूची छिर्ने संकेत दिइसकेका छन्‌। सधैँ सङ्‌केतमा बोल्ने सुबास घिसिङले यसपल्ट पनि सङ्‌केतमा नै कोदोको केक काटेपछि नै केएन सुब्बा पहाड छिर्ने प्रयासमा रहेका हुन्‌। राजनीति बुझ्नेहरूले यस घटनालाई शृङ्‌खलाबद्धरुपले हेरिरहेका छन्‌। केन्द्रिय नेताहरूले मोर्चाका नेताहरूलाई ‘छुट्टैराज्य होइन छैटौं अनुसूचीलाई समर्थन गर, नत्र जीटीए नै राम्ररी चलाउ’ भनेर सुझाव दिइसकेको हल्ला पनि आन्तरिकरुपमा व्यापक छ। राष्ट्रपति प्रणव मुखर्जीले सिक्किमको भेटमा पनि विमल गुरूङलाई ‘राज्यसित मिलाप गर’ भन्ने सुझाव दिएपछि चलिरहेको आन्तरिक हल्लाले यथार्थको छेउमा पुग्ने बाटो पाएको छ। मोर्चाले राज्यसित गर्ने मिलाप विकासमा केन्द्रित छ। विकास बिना मोर्चाको अस्तित्व नै खतरामा छ। तर एउटा जिल्लालाई करोडौं दिन राज्य सरकार मात्र होइन केन्द्र सरकार पनि असमर्थ छ। यसकारण नै जीटीएलाई नयॉं 10 बाहेक अन्य विभाग दिइएको छैन। विकास अनिवार्य रहेकोले नै कुनै पनि मूल्यमा मोर्चा राज्यसित निकट रहेर विकासपथमा हिड्‌ने सोंचमा छ। तर यता मदन तामङ हत्याकाण्डको तरवार पनि मोर्चामाथि नै झुण्डिएकोले भने मोर्चाले विभिन्न प्रेसर दिने बहाना गोरुबथान काण्डलाई बनाएको छ। सभासद्हरुको हडताल केएन सुब्बाको विरुद्धमा छैन तर पुलिस प्रशासनको विरुद्धमा छ। कसैले प्रकाशित नगरेपनि गोरुबथानको लाठीचार्जमा मोर्चाका केही सभासद् र केन्द्रिय नेताहरुले लट्ठी भेटेको प्रत्यक्षदर्शीहरू बताउँछन्‌। यसैलाई बहाना बनाएर मोर्चाका कार्यकर्ताहरूमाथि लागेको मुद्दा फिर्ता हुनुपर्छ भन्ने माग गर्दै सभासद्हरू अनशनमा बसेका छन्‌। हत्या बाहेक अन्य मुद्दा माफी हुने भनिए पनि माफी गरिएन। तर जीटीएसभाले अचानक हत्याको मुद्दा पनि माफी हुनुपर्ने आशयको प्रस्ताव नै पारित गरेर मदन हत्याकाण्डले मोर्चाका नेताहरू कति त्रसित छ भन्ने कुरा छर्लङ्ग भएको विश्लेषकहरू बताउँछन्‌। यति मोर्चाका कार्यकर्ताहरूमाथि लागेको अन्य मुद्दासितै हत्याका मुद्दा माफी भएमा राज्यले क्षेत्रीयसितै राष्ट्रिय दलहरूले लगाउन सक्ने मुद्दाको सम्मुखिन हुनसक्ने जानकारहरू बताउँछन्‌। मोर्चाको कार्यक्रमले यदि तृणमूल कंग्रेसलाई धक्का पुग्ने, राज्यले बढाएको मित्रतामाथि आँच आउने घटना भएमा ममता व्यानर्जी मोर्चासित फेरि रिसाउन सक्ने सम्भावना व्याप्त छ। यसपल्ट ममता रिसाएमा फाइदा गोरामुमोलाई हुने अनि गोरामुमोले छेैटौं अनुसूचीको निम्ति अभ्यास शुरु गर्ने सम्भावना रहेको पनि जानकारहरूले बताइरहेका छन्‌।

Related Posts:

0 comments: