29 May 2013
नगरामा जुलूस र धरना, सभासद्लाई पक्रिने तरिका वेठीक-डा. छेत्री
कालेबुङ, 28 मई।
गोरुबथानका सभासद् चन्द्र योञ्जनको पक्राउपछि चारवटा मागहरू लिएर आइतबारदेखि शुरु भएको मोर्चाको आमरण अनशन आजसम्म जारी छ। यहॉंको महकुमा अधिकारी कार्यालयअघि सभासद् सीपी पौड्याल, गोपाल रुचाल अनि सुनिल प्रधान अनशनमा बसेका छन्। कालेबुङ महकुमा अस्पतालका एसडीएमओ डा. सोनाम भोटियाअनुसार, तीनदिनसम्म खाना नखाएपछि अनशनकारीहरूको स्वास्थ्यमा केही ह्रास देखिनु स्वाभाविक हो। यद्यपि, सुर्ताउनुपर्ने खासै अवस्था भने आइपरेको छैन। समय-समयमा डाक्टरहरूले स्वास्थ्य जॉंच गरिरहेको उनले बताए। चारवटा प्रमुख मागहरू लिएर शरु गरिेएको अनशनलाई थप बल दिन आज यहॉंको 44 अनि 45 नम्बर समष्टिका मोर्चा कार्याकर्ताहरूले आज शरहमा जुलूस निकालेे। उनीहरूले महकुमा कार्यालयअघि धर्ना प्रदर्शन पनि गरे। प्रदर्शनकारीहरूले बङ्गाल सरकारविरूद्ध व्यापक नाराबाजी गरे।
मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीको नेतृत्वमा पार्टीको पक्षबाट महकुमा अधिकारी एलएन शर्पासित भेट गरी लिखित ज्ञापन पेश गरिएको छ। ज्ञापन बुझाउन जाने टोलीमा सभासद् सामुएल गुरुङ, दावा लेप्चा, कल्याण देवान, लोब्साङ लामा, मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामा, सचिव कुमार चामलिङ आदि उपस्थित थिए। डा. छेत्रीले भने, सभासद्लाई गलत तरिकाले पक्राउ गरिएको छ। यो मुद्दामा गवाही छैन, पक्राउपछि मात्र एफआईआर दर्ता गरिएको छ, झुक्काएर पक्राउ भएको छ, उनी स्पोटमा भएको भएपनि अर्थ हुनेथियो, तर त्यो पनि थिएन। पक्राउको तरिका नै गलत भएको छ। तर सभसाद्लाई न्यायिक हिसारतमा पठाइसकेकोले यो सब्ज्यूडिस मेटर हुँदाहुदै पनि मोर्चाको विरोध किन? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, एक त जनप्रतिनिधिको पक्राउ त्यहीमाथि पनि गलत तरिकाले भएको छ। यसले सम्पूर्ण गणतान्त्रिक प्रणालीमा प्रश्न चिन्ह खडा गर्छ। न्यायपालिका जतिनै अटोनोमस बडी भनिएपनि यो सरकारले नै चलाउदो रहेछ। त्यसै वित्थामा हालेको गैरजमानति मुद्दाहरू सरकारलाई चाप सृजना गरेपछि हटाउनु उनीहरूको हातैमा छ।
जबसम्म प्रशासनलाई चाप दिने काम हुँदैन तबसम्म सरकारले सुन्दैन रहेछ। त्यसको निम्ति पनि यो कार्यक्रम गर्नपरेको हो। सभसद्हरूलाई जीटीएलाई नसोधी पक्राउ गर्ने नपाउने भनेर जीटीए सभाले प्रस्तावना लिएको केही दिन नबित्दै चन्द्र योञ्जनको पक्राउले राज्य सरकारको नियत ठीक नरहेको स्पष्ट भएको कुरा पनि उनले स्वीकारेका छन्। यसैले जीटीएमा राज्य सरकारको हस्तक्षेप हुनुहुँदैन भन्न पनि मोर्चाको एउटा मुख्य माग रहेको उनले जनाए। उनले अझ भनेअनुसार, राज्य सरकार-मोर्चाबीच घरिघरि सम्बन्धमा आइरहेको तिक्तता दुवैको निम्ति राम्रो होइन। यद्यपि, सम्बन्ध राम्रो बनाइराख्नुपर्छ भनेर उनीहरूले चालेको अन्यायपूर्ण कदममा चुप लागेर बस्न नमिल्ने उनले बताए। ‘सम्बन्ध आफ्नो ठाउँमा छ अधिकार आफ्नो ठाउँमा। उनीहरूले जब गलत व्यवहार गर्छ भने त्यसको विरोध गर्नु हाम्रो जिम्मेवारी हो। त्यो गर्दा सम्बन्ध बिग्रिन्छ भने त्यस्तो सम्बन्धको केही अर्थ हुँदैन। यसैले त्यस्तो सम्बन्ध बनाइराख्नु भन्दा नबनाएकै राम्रो’-उनले भने।
Related Posts:
Teesta GP merger demand picks up pace KALIMPONG 21 Nov 2013 The demand for merging six Gram Panchayat areas to form a Block Development Office in Teesta by residents in and around the Teesta GP area has started picking up momentum. Several polit… Read More
Leaders apathetic toward environment issues, says conservationist Darjeeling 21 Nov 2013 Noted academician, environmentalist crusader and writer Ajay Singh Rawat has lamented the apathy of politicians in including environmental concerns in their political manifesto while citi… Read More
Teesta residents form NKVGS to pursue block demand KALIMPONG 20 Nov 2013 Political parties in Teesta town and its surroundings have joined hands demanding the formation of a Block Development Office in town. Residents, along with party workers, have formed a… Read More
Tripartite talks positive Darjeeling 21 Nov 2013 With the Gorkha Janmukti Morcha’s relations with the state government back to warm terms, things ahead are looking bright more so as today’s tripartite meeting in Kolkata concluded on a c… Read More
Civic society must for socio-political change: MP Lama PRADIP LOHAGUN KALIMPONG 20 Nov 2013 Noted academician Dr. Mahendra P Lama, who will contest the 2014 Lok Sabha polls as an independent candidate, says the hill society must step forward for political and… Read More
0 comments:
Post a Comment