29 May 2013
मोर्चाका नेताहरू मानसिक रोगी हुन्- के.एन. सुब्बा
कालेबुङ, 27 मई।
हिल तृणमूल कंग्रेसका उपाध्यक्ष के.एन. सुब्बाले मोर्चाका नेताहरूलाई मानसिक रोगीको संज्ञा दिएका छन्। तिनले भने, मेरो पुर्ख्यौली घर, जसको मायाले म गोरुबथान आइरहेको छु, त्यो घर म किन जलाउँछु? त्यो घर, जहॉं मेरा अतित छन्, पुर्खाको बास छ, आमा बाबाको हंश छ, त्यसलाई मैले जलाएको देख्ने मोर्चाका नेताहरू ति क मानसिक रोगी हुन् कि त उनीहरूलाई बौलाहीको नाटक गर्ने निर्देश भएको छ। सुब्बाले भने अनुसार सभासद्हरू गोरुबथान छिरेपछि तिनीमाथि यस्तो आरोप लगाइँदैछ, जसले मोर्चाको राजनैतिक नियत नै उदाङ्गो हुँदैछ। तिनले भने, कागले आफ्नो नाम आफै काड्छ। मोर्चाका नेताहरू जस्तो आफ्नो घर जलाउने नेता म होइन। तिनले तर्क राखे, के मलाई गोरुबथानमा तृणमूल कंग्रेसले रोक्यो? जगजाहेर छ, मलाई मोर्चाका कार्यकर्ताहरूले रोक्यो। तर यतिबेला पनि मोर्चाका नेताहरूले मलाई रोक्ने मान्छे मोर्चा कार्यकर्ता होइनन् जनता हुन् भन्यो। जब कार्यकर्ताहरूले काम बिगार्छन्, सपार्न जनतालाई बद्नाम गर्ने काम गरिन्छ। जब कि तिनै जनताको कारण उनीहरू सभासद् भएका हुन्। तोडफोड, हत्या, दहन जस्ता कार्यमा जनता संलग्न हुने भएदेखि उनीहरूको कार्यकर्ताहरूमाथि राज्य सरकारले किन मुद्दा लगाउँथे? जनताले सरकारी सम्पति नष्ट गर्दैन, जनताले मान्छे मार्दैन, जनताले घर जलाउँदैन। तिनले भने अनुसार तिनी केवल नेता मात्र होइनन्। देशका ट्राइबल नागरिक पनि हुन्। एक ट्राइबलको घर जलाउने जघन्य अपराध मोर्चाका कार्यकर्ताहरूले नै गरेका छन्। सुब्बा अहिले गोरुबथानबाट झरेर मालबजारमा बसेका छन्। यस सम्बन्धमा तिनले भने, मलाई पुलिस प्रशासनले मोर्चाका कार्यकर्ताहरूले घर जलाउने काम गरेपछि असुरक्षाको कारण नै मालबजार ल्याएर राखेका छन्। प्रशासनले मलाई गोरुबथानमा छिराउने बचन दिएको छ। यस सम्बन्धमा मैले मन्त्री गौतम देवसित पनि कुराकानी गरिरहेको छु। गौतम देवले सुर्ता नगर्ने आश्वासन दिएका छन्। अर्कोतिर तिनले मोर्चाका कार्यकर्ताहरूलाई सतर्क पनि गराएका छन्। तिनी अनुसार आन्दोलनकालमा मोर्चा कार्यकर्ताहरूमाथि लागेको मुद्दा माफी हुन पनि सक्छ नहुन पनि सक्छ। तर जीटीएकालमा मोर्चा कार्यकर्ताहरूमाथि लागेको मुद्दा माफी हुनसक्दैन। यसकारण पार्टीको स्वार्थमा पहाडमा अशान्ति हुने, हानी हुने, अपराधमूलक काम गर्नु हँदैन। तिनले भने, आफ्नो अडानमा अडिग रहने मुख्यमन्त्री ममता व्यानर्जीले मोर्चासित सम्बन्ध बनाएको पहाडको मायाले हो। पहाडमा अशान्ति नहोस्, पर्यटकहरूलाई असुविधा नहोस्, विकासको काममा बाधा नहोस् भनेर ममता व्यानर्जीले मोर्चासित मित्रता बनाएकी थिइन् तर त्यो मित्रता मोर्चाले तोड्दैछ। आफ्ना कार्यकर्ताहरूलाई मेरो विरोधमा नउतारेको भए गोरुबथानमा कुनै अशान्ति हुने थिएन। तर मेरो घर तोडफोड मात्र होइन जलाइदिएर उनीहरूले अशान्ति मच्चाए। म यस्तो अशान्तिको पक्षमा छैन। तृणमूल कंग्रेसको लक्ष्य नै पहाडमा शान्ति र विकास स्थापित गर्नु हो।
Related Posts:
murder at the bank of Rangpo riverSANJAY AGARWAL –RANGGPO-28TH FEBURY 13 A case of murder was occurred at the bank of Rangpo river under Rangpo police station today .according to the news the local residents has shown one body was laying at the bank of Rangpo… Read More
CBI remandDarjeeling, Feb. 28: The district and session judge’s court here today ordered a two-day CBI remand for the five accused in Madan Tamang murder case and directed the agency to produce them in court tomorrow, giving the office… Read More
GTA staff lift Mohan gheraoDarjeeling, March 1: A Gorkha Janmukti Morcha employees’ front that had blocked out GTA principal secretary Saumitra Mohan from his office since early this month lifted the gherao today. Although the Janmukti Asthai Karmacha… Read More
Miss Susmita Sharma star from Sikkim SANJAY AGARWAL –RANGPO-28TH FEBRURY 13 Miss Susmita Sharma (siwakoti ) winner of little miss India in the year 2007 at 12 years age held at deemed university Orissa has performed a better song at the cultural programme org… Read More
10 years on, jobs for teachersVIVEK CHHETRI Darjeeling, March 1: The GTA Sabha has started issuing appointment letters to 570 primary school teachers who had cleared entrance tests and interviews in 2002. More than 4,000 candidates had applied for the v… Read More
0 comments:
Post a Comment