30 May 2013
महकुमा अधिकारीलाई मोर्चाको ज्ञापन
कालेबुङ, 29 मई।
जीटीएसभाले सभासद्हरूलाई उतारेको अनशन आज चौथो दिन पुग्यो। अनशनकारी सभासद्हरूको शारिरीक दूर्बलता बढेको कारण आज दिनभरि नै अनशनकारीहरू शिथिल देखिएका थिए। हिजो डाक्टरले स्वस्थ्य चिन्ताजनक नरहेको बताए पनि आज मोर्चा नेत्री तारा लोहार लेप्चाले सभासद्हरू सुनिल प्रधान, गोपाल रुचाल अनि सीपी पौड्यालको अवस्था चिन्ताजनक बनेको बताएकी छन्। तिनले अनशनकारीहरूको रक्तचापमा स्थिरता देखा परेकोले केही शारिरीक समस्या उत्पन्न भएको बताएकी छन। आज महकुमा स्वास्थ्य अधिकारी डा. डी सोनामले पनि अनकारीहरूको स्वस्थमा शिथिलता र समस्या देखा परेको पुष्टि गरेका छन्। गत चार दिनदेखि भोजन र पानी सेवन नहुँदा डीहाइड्रेशन र रक्तचापमा उतार-चडाउ अनि शारिरीक दूर्बलताको समस्या देखा परेको डा सोनामले जनाएका छन। अनशनको आज चौथो दिन नारी मोर्चा नेत्री आशा गुरुङ अनि कालेबुङका विधायक डा हर्कबहादुरछेत्रीले अनशनस्थलको दौडाहा पनि गरेका छन्। आशा गुरुङले अनशनकारीहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिइन् भने अनशनकारी सभासदहरूको मनोबल बढाउने काम पनि गरेकी थिइन। आज चौथो दिन पनि महकुमा अधिकारीको कार्यालय परिसरमा बसेको अनशनस्थलमा स्थानीय नेतृत्व र पार्टीकर्मीहरूको व्यापक जमघट थियो। दलको कालेबुङ महकुमा समितिका पदाधिकारीहरूलगायत युवा अनि नारी मोर्चा कार्यकर्ताहरू अनशनस्थलमा भेला भएर अनशनकारीहरूको हौसला बढाउने कार्य जारी राखेका छन। अर्कोतिर, सभासद चन्द्र योञ्जनको बिनाशर्त रिहाईको मागमा शुरु गरिएको धारावाहिक जुलुसको क्रममा आज तिनकै समष्टिका कार्यकर्ता र समर्थकहरूले शहरमा र्याली निकाल्यो। र्याली टोलीले महकुमा अधिकारी समक्ष ज्ञापन पनि चढाएको छ।
Related Posts:
Floods and rain forecastJuly 8: Several places in Darjeeling and Cooch Behar districts were inundated today because of consistent rain in the past 24 hours. The Met department forecast heavy rain in Darjeeling, Jalpaiguri and Cooch Behar districts … Read More
Hospital eye on branded medicineSiliguri, July 7: The chief medical officer of health in Darjeeling has asked the superintendent of Siliguri district hospital to conduct checks to see if doctors were mentioning brand names of medicines in prescriptions inst… Read More
प्रो. लामाको निर्णयबारे मोर्चा बाहेक अन्य दलहरुको प्रतिक्रिया कालेबुङ, 7 जुलाई। देशकै एकजना प्रभावशाली व्यक्तिका रुपमा मानिएका डा महेन्द्र पी लामाले आउँदो लोकसभा चुनाउमा दार्जीलिङ समष्टिबाट खडा हुने मानसिक प्रतिबद्धता जाहेर गरेका छन। स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ लडेर आजसम्म सम्बोध… Read More
Closure doubt on girls’ homeKurseong, July 8: The St. Margaret’s Home, a 114-year-old residential facility for poor children run by Christian missionaries, has allegedly told all 42 kids residing there to vacate the premises and move to other residentia… Read More
Morcha’s Rahapal joins Trinamul - Ruling party to capitalise on exodus for rural polls July 8: Pravin Rahapal, who was a Gorkha Janmukti Morcha central committee member, has joined Trinamul protesting Bimal Gurung’s alleged move to dump the demand for Gorkhaland. Along with Rahapal, about 500 of his supporters… Read More
0 comments:
Post a Comment