Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

शहिद दिवसमा मोर्चा प्रमुखको भाषण , तेस्रो चरणको आन्दोलन शुरु गर्ने


कालेबुङ 27 जुलाई
शहिद दिवसको अवसरमा गोर्खाल्योण्ड आन्दोलनमा होमिएका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न मोर्चा अध्यक्ष एवम जीटीए चिफ विमल गूरुङ आज यहाँको 10 माइल परिसरमा अवस्थित शहिद पार्क पुगेका थिए। शहिदहरुलाई  श्रद्धाञ्जली अर्पण गर्न गोर्खा जनमुक्ति मोर्चा कालेबुङ समितिले शहिद पार्क परिसरमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष विमल गूरुङले अब चाडैनै छुट्टै राज्यको निम्ति अन्तिम चरणको निर्णायक आन्दोलन शुरु गर्ने बताएका छन्। शुरुमा तिनले यस प्रकार आफ्नो सम्बोधन राखेका थिए। - कालेबुङका आमा बाबाले यो 27 जुलाईलाई कस्तोहरुपले मान्दो रहेछ भनेर हिजको दिनमा म गोरुबथानदेखि यहाँ आए। र यहाँ आए पछि तपाईहरुको अनुहारहरु मैले जान्नपाए। अनि यो शहिद पार्कको अनुहारहरु मैले जान्नपाए। मेरा स्मपूर्ण कालेबुङवासीको कुराहरु जान्न पाए। र हामी यही विषयहरुलाई अंकलमाल गरेर घुमीरहेका छौ। हामी एकै क्षण। एकै क्षणमात्र हामीले हाम्रा सन्तानका निम्ति...। एकै क्षण मात्र ज्यदा लामो हुँदैन...। एकै क्षण भए पनि हामीले उस्को निम्ति समय दिउन् भन्ने विचारधारणा राखेर वस्नु पर्छ। - यसरी सम्बोधन गरे आज मोर्चा अध्यक्ष बिमल गूरुङले यहाँको शहिद पार्कमा सम्पन्न भएको शहिद दिवस समारोहलाई। पहाडको राजनीतिक इतिहासमा शहिदहरुलाई वर्षाको एकदिन मात्र स्मरण गर्ने चलन छ। यस प्रथालाई आज मोर्चा अध्यक्षको भाषणले अझ प्रबल बनाएको छ।  निकै भावुक बनेर शहिद वेदीअघि भाषण दिइरहेका मोर्चा अध्यक्षले शहिदहरुको गुनगाण अनि शहिदको परिभाषा यस प्रकार गरे – शहिद त्यसै हुँदैन । जवरजस्ती आत्मदाह गर्छु। जवरजस्ती म हाम फाल्छु। जबरजस्ती म झुण्डिन्छु भनेर शहिद कहिले पनि शहिद हुँदैन। शहिद ति व्यक्ति हुन्छन्  जसले आफ्नो मात्रभूमिलाई सुरक्षा गर्नेमा लागी परेका हुन्छन्। आज यी शहिदहरु डम्बरचोकको प्रंगनमा घुटघुटी खेलेर मरेको होइन। यी शहिदहरु कालेबुङको गलछडीतिर ड्रग्स खाएर मरेको होइन। यी शहिदहरुको सपना र इच्छा । यी शहिदहरुको जुन प्रकारको विचार, भवना । त्यो मात्र भूमिको निम्ति थियो। शहिदहरु मर्छु भनेर मरेको होइन। यसैले यो दिनलाई हामीले खेरो फाल्नु हुँदैन।दार्जीलिङ पहाडमा पटक-पटक उठ्ने गरेको छुट्टै राज्यको आन्दोलनमा शहिदहरुको संख्य बढ़दै गइरहेको छ। तर, आजसम्म पनि शहिदहरुको वलिदानको भने उचित मुल्याङ्कन हुन नसकेको सर्वविधितै छ। आज शहिदहरुको उत्सर्ग अनि वलिदानको प्रसङ्ग जिक्दै तिनले भने – भोलीको दिन आन्दोलन तिव्र भएर जान्छ। अब पनि हामी छोडियौ भने भुटानको तीन शरनार्थी लाख मेचिको बगडमा तडपिन्दै बसिरहे झै हाम्रो अवस्था हुनेछ।“ 
तिनले अब शुरु हुने तेस्रो चरणको आन्दोलनमा आफूलगायत दलका शिर्ष नेताहरु सम्मेत शहिद हुन सक्ने बताउँदै अघि भने – यो शहिद वेदी भित्र शहिदको आत्माहरु गोर्खाल्याण्ड भन्दै आज तडपीरहेको छ। यसैले हामी व्यर्थै वस्नु हुँदैन भोलीको दिनमा हाम्रा सभासदहरु, नगरपालिका पार्सदहरु यस शहिद वेदी भित्र हुनेछ। यो लडाई तिव्र हुन सक्छ। अब जीटीए पनि त्यागन पर्नेदिन आइसकेको छ। यसलाई पन्छाउनु पर्ने दिन आइसकेको छ। हामी पन्साउन आटेका छौ। हामी बंगाल र केन्द्रको निती हेरिरहेका छौ।मोर्चा अध्यक्षले अघिबाटै जीटीए त्यागने व्यानहरु जनसभा अनि पत्र-पत्रिकातिर दिँदै आइरहेका छन्। आज पनि उनले सोही कुरा दोह्राएका छन्। आगमी दिनको तेस्रो चरणको आन्दोलनमा विध्यार्थी अनि युवाहरुको अहम भूमिका हुने पर्ने वताउँदै तिनले विध्यार्थी अनि युवावर्ग अब सचेत हुन पर्छ  आह्वान गरेका छन्। सायद हालको तेलङ्गना राज्य निर्माण प्रक्रियाले मोर्चाको शिर्षपन्थीका नेताहरुमा निक्कै चाप सृष्टी भएको आशंक गर्न सकिन्छ। मोर्चा प्रमुखको भनाइलाई पुष्टी गरेको छ। तिनले भने- तेलङ्गना बनिनु लागेको छ। 88 सालको जस्तो नहोस। 88 सालमा जुन प्रकारले झाडखण्ड ,उत्तरखण्ड बनियो त्यती बेला झै हामी चुप लागेर चियरको लोभ गरेर नबसौ। तेस्रो चरणको आन्दोलनमा तपाई जेल जानपर्छ। सडकमा सुत्न पर्छ। विपक्षी दलहरुलाई अनुरोध गर्न चहान्छु कृपया तपाईहरुले गोर्खाल्याण्डको लागी बिरोध नगरी दिनु।मोर्चा अध्यक्षको सम्बोधन पछि श्रद्धाञ्जली कार्यक्रममा उपस्थित बनेका शहिद परिवारका प्रतिनिधिहरुलाई प्रति परिवार 5000 रुपया अनि व्ल्याङ्केट प्रदान गरियो। शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न आज जीटीए सभासदहरु लोपसाङ लामा, शूनिल प्रधान, कालेबुङ नगरपालिकाका अध्यक्ष एलबी परियार, अपाध्यक्ष गंगामाया गूरुङ, मोर्चाका विभिन्न भातृसंगठनका प्रतिनिधिहरु उपस्थित थिए। 

Related Posts:

  • निराश छन् विधायक डा. छेत्री कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः-  केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एक… Read More
  • नेपाल भुकम्प पीडितको लागी सङ्गीत कालेबुङ, 23 जुन। (प्रदीप)ः- 78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलक… Read More
  • सहीद कर्णेल एमएन राय, कालेबुङको "तपन"कालेबुङ, 29 जनवरी।(छेवाङ योञ्जन) "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" 2/9 गोर्खा राइफलका अधिकारी कर्णेल मनिन्द्रनाथ रायले आफू सहीद हुन अघि सम्पूर्ण देशवासीलाई यस प्रकारको सन्देश दिएकाछन्। हाल… Read More
  • सिक्किसँग मिल्ने - गुरूङ कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-   सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानम… Read More
  • दलमा दक्ष नेताको सङ्कट कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-   गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा … Read More

0 comments: