Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

बन्दमा सरकारी कार्यलयहरु नखोल्ने - जकस


कालेबुङ 29 जुलाई
मोर्चाले डाकेको 72 घण्टा पहाड बन्दलाई पूर्णरुपले समर्थन दिँदै आज जनमुक्ति कर्माचारी सङ्गठनले कालेबुङको सरकारी कार्यलयहरुमा ताला झुण्डायो। प्रशासनको शिर्ष अधिकारीहरुले बन्दको अवधि पहाडको सम्पूर्ण सरकारी कार्यलयहरु खुल्ला रहने बताए तापनि मोर्चाको भातृ-सङ्गठन जनमुक्ति कर्माचारी सङ्गठनले भने सरकारी कार्यलयहरु बन्द गरेर प्रशासनिक अधिकारीहरुलाई नै चुनौती दिएकोछ। बन्दको प्रथम दिन आज आफूहरुले कार्यलयमा हाजिरीसम्मेत नदिएको जनमुक्ति कर्माचारी सङ्गठन कालेबुङ महकुमा समितिका अध्यक्ष खडग विक्रम सुब्बाले पत्रकारहरुलाई जनाएका छन्। तिनले प्रथम दिनको 72 घण्टा पहाड बन्द सफल भएको बताउँदै बन्दावधि सरकारी कार्यलयहरु खुल्ला राख्ने प्रशासनको निर्णयको सङ्गठनले घोर विरोध गरेको जनाए। बन्दलाई सफल बनाउन आफूहरु प्रतेक सरकारी कार्यलयहरु पुगेर पिकेटीङ कार्य जारी राखेको अनि यहाँको महकुमा अधिकारीको कार्यलयमा पनि आफूहरुले ताला झुण्डाइदिएको सङ्गठनका अध्यक्ष सुब्बाको भनाइ छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन भारतीय गोर्खाहरुको अधिकार अनि चिन्ह्रारीको लडाई रहेकोले कर्माचारीहरु यस प्रति समर्पित हुँदै प्रशासनको सबै प्रकारको चुनौतीहरुको सामना गर्ने तिनले थप बताएका छन्। जकसले दलको 72 घण्टा पहाड बन्दावधि प्रतेक सरकारी कार्यलयहरुमा कडारुपमा पिकेटीङ कार्य जारी राखने भएको छ। 

Related Posts:

  • Kalimpong to lose train quota Kalimpong, July 5: The Northeast Frontier Railways has started withdrawing the manual train ticket quota allotted to Kalimpong citing computerised passenger reservation system at Durpin near here from where tickets for trains… Read More
  • Sudipta faces jeersSiliguri, July 5: More than 200 depositors and agents of Saradha Group demonstrated on the premises of the additional chief judicial magistrate’s court here today when Sudipta Sen and Debjani Mukherjee were brought in connect… Read More
  • Hill Trinamul to campaign in DooarsDarjeeling, July 5: The Trinamul Congress has decided to take its leaders from the hills to the Dooars to canvass for the party’s candidates for the panchayat elections in a move to counter Bimal Gurung’s sustained campaign. … Read More
  • लोकसभा चुनाउको निम्ती तयार प्रो. लामाकालेबुङ 6 जुलाई। नयाँ राजनैतिक दलको गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजीलाई विराम लगाउँदै डा महेन्द्र पी लामाले निर्दल उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लडेर आजसम्म सम्बोधन हुन नसकेका जनाकांक्षाहरूलाई संसदमा उठान गर्… Read More
  • गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमाडी के वाइबा, कालेबुङ 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्ट… Read More

0 comments: