Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

31 Jul 2013

जीटीए चलाउने होसियार - क्रान्तिकारी युवा जमात


कालेबुङ 31 जुलाई
छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा आज कालेबुङ शहरमा एउटा नौलो सङ्गठनको पोष्टरहरु देखा परेको छ। आज बिहानै क्रान्तिकारी युवा जमात कालेबुङको व्यानरमा शहरको विभिन्न स्थानहरुमा गोर्खाल्याण्ड जिन्दावादको नाराहरु उल्लेख गर्दै पोष्टरिङहरु टासेको छ।
सम्पूर्ण पहाडमा नै क्रान्तिकारी युवा जमात एउटा नौलो सङ्गठन हो। उक्त सङ्गठनको प्रतिनिधिहरु अनि कार्यकर्ताबारे अहिलेसम्म कुनै प्रकारको जानकारीहरु उपल्बद भएको छैन।  तरै पनि सङ्गठन छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको पोष्टरिङमा उल्लेखित विषयहरुले प्रष्ट पारेको छ। सङ्गठनले जनसाधरण अघि ल्याएको आजको पोष्टरहरुमा
दुर्गा मल्लका सन्तानहरु जाग जाग अब जाग गोर्खाल्याण्डको लक्ष्य तर्फ अब लागभन्ने प्रकारको नाराहरु देख्न पाइन्छ। यसै सङ्गठनको अर्को पोष्टरमा केन्द्र सरकार होसियार, राज्य सरकार होसियार, जीटीए चलाउने होसियार, गोर्खाल्याण्ड जिन्दावादभन्ने नाराहरु छापेर केवल सरकारपक्षलाई मात्र होइन जीटीए चलाई रहेका पहाडका सत्तासिन दल गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिहरुसम्मेतलाई सचेत गराएको छ। यता कालेबुङकै नोभेल्टी परिसरमा टासेको एउटा पोष्टरमा भने पहाडमा कुनै पनि अप्रीय घटना घटे सम्पूर्ण दायी केन्द्र अनि राज्य सरकार हुनेछ भन्दै उक्त सङ्गठनले पहाडमा आतंक फैलाउन सक्ने प्रकारको विचारहरु पोष्टरिङ मार्फत प्रकाश पारेकोछ। छुट्टै राज्यको माग गर्दै मोर्चाले डाकेको 72 घण्टे पहाड बन्दको आज अन्तिमदिन शहरमा देखा परेको यस प्रकारको पोष्टरिङहरुले पिकेटीङमा उत्रेका मोर्चा कार्यकर्ताहरुमा निकै हल-चल मच्चिएको थियो। यस अघि किर्ते पोष्टरहरु च्यातने प्ररमपरा रहेको कालेबुङमा आज भने कसैले पनि उक्त पोष्टरहरु च्यातने प्रयास गरेनन्। सङ्गठनको नाम नौलो छ, प्रतिनिधिहरुको कुनै अत्तोपत्तो छैन तर पनि शहरुमा पुरादिन पोष्टरिङ दोखिनुमा कालेबुङबाटा नै एउटा नयाँ सङ्गठन उत्पन्न हुनसकने आशंक गर्न सकिन्छ। 

Related Posts:

  • मिरिक पर्यटनमा पूर्वाधारहरुको समस्या16 मार्च (कालेबुङ):- मिरिकमा पर्यटनका पूर्वाधारहरुको उचित रखरखाउ नभएकोले पर्यटन व्यवसाय फष्टाउन नसक्दा यस व्यावसायमाथि निर्भर मानिसहरु निराश बन्न थालेका छन। मिरिकलाई पर्य़टन दृष्टिकोणले विकसित बनाउन दागोपापले धेरैवटा योजनाहरु… Read More
  • Hill call for spot study - Morcha: Survey will give panel idea of ground realityVIVEK CHHETRI … Read More
  • Kalimpong angling spots await tourism pushRAJEEV RAVIDASAnglers at Tribeni. Picture by Chinlop Fudong LepchaKalimpong, March 16: Sport fishing in the rivers flowing through Kalimpong has the potential of attracting loads of anglers from outside, but the tourism map o… Read More
  • टिस्टामा मैला फ्याँक्न बन्द गर –क्रामाकपाकालेबुङ 16 मार्च: कालेबुङ नगरपालिकाले शहरको फोहोर मैला टिस्टा नदीमा फ्याँक्ने गरेको घटना प्रति क्रामाकपाले कडा आपत्ती जनाउँदै यो कार्य अबिल्म्ब बन्द नगरिए आन्दोलन गर्ने चेतानी दिएको छ।क्रामाकपाको टिस्टा शाखाका प्रतिनिधिहरुले … Read More
  • vaccination campaignRANGPO- 17TH MARCH12AH, LF&VS Department, West District organized a day long vaccination campaign against Canine Distemper ( Parainfluenza-Parvo virus Vaccine, Modified Live virus Leptospira canicola, Ictero haemorrhagiae… Read More

0 comments: