Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

3 Aug 2013

राजपूतको निधनले पार्टीशिविरलगायत नागरिक समाजमा पनि शोक

Pradip Lohagun

कालेबुङ 3 अगस्त। गोर्खाल्याण्ड राज्यको माग गर्दै आत्मदाह गर्ने मोर्चा कार्यकर्ता मङ्गलसिंह राजपूतको निधनले पार्टीशिविरमा मात्र नभएर यहाँको नागरिक समाजमा पनि शोक देखा परेको छ। सिलगढीको एउटा निजी अस्पतालमा आज साँझ उपचाराधिन अवस्थामा मंगल सिंहको निधन भएको खबर डढेलो सल्केजस्तै गरी कालेबुङ आइपुगेको थियो। गत 30 जुलाईका दिन तिनले कालेबुङको डम्बरचोकमा शरीरमा मट्टितेल हालेर आत्मदाह गर्ने चेष्टा गरेका थिए।
तिनलाई साठ्ठी प्रतिशत जलेको अवस्थामा उपचारको निम्ति कालेबुङ महकुमा अस्पतालबाट सिलगढी रेफर गरिएको थियो। पाँच दिनको संघर्षपछि मंगलसिंह आज साँझ मृत्युसँगको पौठेजोरीमा हारेका छन। मंगलसिंह राजपूत यहाँको डा ग्राम्ह्स होम्सका वासिन्दा थिए। तिनको आकस्मिक निधनको घटनाले राजपूतकी श्रीमती मञ्जु राजपूत र छोराहरू अर्पण र अमन मात्र नभएर यतिबेला गोर्खाल्याण्ड चहाने ठूलो तप्का नै मर्माहत बनेको छ। राजनैतिक कार्यकर्ताको रुपमा तिनको यात्रा गोरामुमोबाट गोरामुमो(सी) हुँदै गोजमुमोसम्म आइपुगेको थियो। गोरामुमोको नेतृत्वमा चलेको हिंसात्मक आन्दोलनमा पनि राजपूतको सक्रिय भूमिका थियो। यस दलले गोर्खाल्याण्डको मुद्दा छोडेर दागोपाप ग्रहण गरेपछि स्व सीके प्रधानका राजनैतिक अनुयायीहरूले गठन गरेको दल गोरामुमो(सी)-मा पनि यी अग्रिम पंक्तिमा आएर लड्ने कार्यकर्ता थिए। मोर्चा पनि तिनी शुरुदेखि नै सक्रिय थिए। “गोर्खाल्याण्डको माग उठ्ने दल र मञ्चहरूमा तिनी पुगेकै हुन्थे” मोर्चा नेता बिजय सुन्दासले भने। मोर्चा गठन अघि सुन्दास र राजपूत एकसाथ गोरामुमो(सी)-मा खटेका हुन। सुन्दासले मंगलसिंहको आत्मबलिदानले गोर्खाजातिलाई यस मुद्दाप्रति गम्भीर हुने सन्देश छोडेको प्रतिक्रिया व्यक्त गरेका छन। “तिनको बलिदानले गोर्खाल्याण्दको मागलाई नयाँ उचाई प्रदान गरेको छ। हामी उनको बलिदानप्रति नतमष्तक छौं। यो घटनाले हामीलाई मुद्दाप्रति गम्भीर हुन चेत खुलाएको छ” सुन्दासले भने। यता, कालेबुङमा युवा मोर्चा नेता निमा तामाङले पनि घटनाप्रति शोक प्रकट यसले सम्पूर्ण गोर्खाहरूलाई मर्माहत परेको मन्तव्य प्रकट गरेका छन। “मंगलसिंहको बलिदान खेर दिन जाने दिने छैनौं। आफ्नो प्राणको आहुति दिने तिनको गोर्खाल्याण्डको सपना युवा अनि विद्यार्थी मोर्चाले पूरा गर्नेछ” मंगलसिंहको आत्मबलिदानको घटनाले गोर्खाल्याण्डका आन्दोलनकारीहरूलाई त्याग र समर्पणको निम्ति प्रेरित गर्ने तामाङको भनाइ छ। यस घटनाले आन्दोलनको स्वरुप अब उग्र हुन्छ भन्ने प्रश्नको उत्तरमा यी युवा नेताले भने, “यो घटनाले आन्दोलनको अबको दिशा र दशा कस्तो हुन्छ, यसले कुन दिशा समात्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन।
तर समय र परिस्थितिले माग गरे अनुसार नै आन्दोलनको रुप देखा पर्दै जान्छ” मोर्चा नेतृत्वबाट जानकारी पाइएको अनुसार मंगलसिंहको पार्थिव शरीर भोलि आइतबारका दिन कालेबुङ ल्याइनेछ। तिनी अन्तिम संस्कार 5 अगस्तका दिन हुनेछ। तिनलाई अन्तिम श्रद्धाञ्जलि दिन मोर्चा अध्यक्ष बिमल गुरुङ पनि उपस्थित हुने मोर्चा सूत्रको भनाइ छ।

Related Posts:

  • Deb threat to launch road protestSiliguri, Sept. 13: North Bengal development minister Gautam Deb has threatened to launch a movement against the Centre and the National Highways Authority of India if NH31D is not repaired immediately.“If no initiative for r… Read More
  • Lions club world peace really RANGPO-14TH SEPTEMBER 12Lions club of Rangpo gateway of Sikkim is going to organise world peace rally on the occasion of world peace week tomorrow at Rangpo. lion chabilal Sharma zone chairman ,lion rajen gurung president and… Read More
  • आजको पैह्रो दार्जीलिङ अनि कालेबुङमा 13(कालेबुङ)ः- गत राती परेको अबिरल बर्षाले दार्जीलिङ पहाडका धेरैवटा क्षेत्रहरु पैह्रोको चपेटमा परेको छ। पैह्रोको चपेटमा परेर केही मानिसहरु घाइते पनि भएका छन जसलाई दार्जीलिङको विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ। यता, राजमार्ग… Read More
  • Paraglide treat for Sikkim tourists - 60 experts to take part in four-day international gliding festival starting on Oct 31Gangtok, Sept. 13: Tourists planning to visit Sikkim in October-November would get a chance to enjoy a bird’s eye view of the place when the state hosts its first international paragliding fest.Sixty paragliders will take par… Read More
  • Work begins for Gorkha museumVIVEK CHHETRIDarjeeling, Sept. 13: The GTA today started the construction of a Rs 1.5 crore Gorkha War Museum near Batasia at a time the hill body is accused of hurting the sentiments of the community by removing the Gorkha s… Read More

0 comments: