Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

मोर्चालाई झट्टै विश्‍वास नगर्ने - क्रामाकपा


कालेबुङ, २८ जुलाई|
जीटीए त्यागी मोर्चाले तेस्रो चरणको आन्दलन गर्ने घोषणा गर्दै पहाडबन्द गर्ने निर्णय लिएता पनि मार्क्सवादी कम्यूनिष्ट पार्टी भने मोर्चालाई झट्टै विश्‍वास नगर्ने अडान लिएको छ| दलको यस प्रकारको अडानलाई स्पष्ट पार्न क्रामाकपाले आज शहरमा पोष्टरीङ गरेको थियो। क्रामाकपा नेताहरु जेवी प्रधान, किशोर प्रधान, मोहन पौडयाल, अरुण घतानी , सुदन प्रधान अदिको अगुवाइमा क्रमाकपा कार्यकर्ताहरुले यहाँको डम्बरचोक परिसरमा व्यापक पोष्टरीङहरु गर्दौ मोर्चाको निर्णयलाई पत्तो नदिने प्रकारको दलको विचारहरु प्रकट गरेको छ। क्रामाकपाका केन्द्रिय उपाध्यक्ष जेबी राईले यसदिशामा दलीय विचार प्रटक गर्दै जीटीएलाई त्यागेर आन्दोलनमा अघि आए मात्र मोर्चालाई विश्‍वास गर्न सकिने बताएका छन्| ‘गोजमुमोले जीटीएलाई त्यागेर गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने भन्ने कुरा उठान गरेको छ| तर वास्तविकता त जबसम्म जीटीए विघटन हुँदैन र उनीहरू आन्दोलनमा अग्रसर भएर आउँदैनन् तबसम्म सय प्रतिशत नै ठीक हो भनेर किटान गर्न सकिँदैन’-उपाध्यक्ष राईले भने,-‘किनभने यसको अघिपनि यस्तै प्रक्रिया भइराखेको हो|’ यदि आउँदो दिनमा सॉंचै गोजमुमोले जीटीएलाई त्यागेर आन्दोलनमा अग्सर हुन्छ भने सामुहिक नेतृत्व, एकसूत्रको कुरामा क्रामाकपाले निश्‍चय नै विचार गर्ने भएको छ| यदि जीटीए छोडेर एकसूत्रमा रहेर आन्दोलन गर्ने मोर्चाले निर्णय लिएको खण्डमा त्यो निर्णयले निश्‍चय नै भारतीय गोर्खाहरूलाई फेरिपनि नयॉं सोँच र नयॉं धारामा अग्रसर गराउने आशा पनि उपाध्यक्ष राईले व्यक्त गरेका छन्| मोर्चाले अप्परझट्  बन्द डाक्नुलाई क्रामाकपाले मोर्चाको राजनैतिक वाध्यता हुनसक्ने अनुमान लगाएको छ| यद्यपि, यसलाई सकरात्मक रुपले पनि हेर्दै यूपीए सरकारले अलग राज्य दिन सक्दैन भन्ने मोर्चाको सोँचको विपरित कार्य भएको हुँदा उनीहरूले बन्दलाई आन्दोलनको प्रमुख हतियार बनाउने पाइला चालेको हुनसक्ने दृष्टिकोण पनि क्रामाकपाको छ| ‘बन्द डाकेर गोर्खाल्याण्डको मागलाई अग्रसर गराएसजस्तो गर्ने र आफ्नो राजनैतिकवर्चस्व स्थापित गरौं भन्ने उद्देश्यमा निश्‍चय पनि मोर्चाले यो रणनीति अप्नाएको होइन भन्ने आशा गर्छौं’-उनले भने| मोर्चा अध्यक्ष विमल गुरुङले शनिबार कालेबुङबाट यसचोटिको आन्दोलनमा विपक्षका दलहरूले समर्थन गर्दैन भने नगरेपनि विरोध नगर्नु बरु मौन बस्नु भन्ने वयानलाई उद्घृत गर्दै राईले भने, कसैले पनि गोर्खाल्याण्डको आन्दोलनलाई निष्ठापूर्वक अघि लान्छ भने विरोध गर्ने प्रश्‍नै उठ्दैन| तर आन्दोलनको नाममा फेरिपनि धोका, विभ्रान्ती सृष्टि गर्ने काम भयो भने प्रतिक्रिया गर्नैसकिन्छ| अलग राज्यको माग कुनै एउटा निर्दिष्ट दलको माग नभएर समग्र भारतीय गोर्खाहरूको निम्ति मागिएको साझा माग हो| जनआकांक्षाको विरूद्ध काम गर्दा दोषारोपण होइन राम्रो प्रकारले गर्नुपर्छ भन्दै सुझाउ दिनु समग्र भारतीय गोर्खाहरूको कर्तव्य हो| उनले शुरुदेखि नै जीटीएले गोर्खाहरूको आकांशा पूर्ण गर्न नसिकिने भनेर आफूहरूले दिने गरेको प्रतिक्रिया आज आएर उदाहरण भएकोले नै आफूहरू गलत नरहेको प्रमाणको रुपमा तर्क राखेका छन्| आज क्रामाकपाले फेरिपनि शहरमा पोष्टरिङ गरेर तेलङ्गना राज्य गठन प्रक्रियालाई स्वागत जनाउँदै गोर्खाल्याण्ड राज्य गठन विषय केन्द्र सरकारको प्रतिवाद जनाएको छ भने जनआन्दोलनको निम्ति तयार भएर बस्ने आह्वान पनि गरिएको छ| यसैअवधी पत्रकारहरूसितको भेटमा पार्टीको पक्षमा बोल्दै राईले थपेअनुसार, केन्द्रको नया राज्य गठन गर्ने प्रक्रियासित क्रामाकपा खुशी छ| यूपीए सरकार स-साना दलहरूको गठबन्धनमा बनिएकोले यस सरकारलेे अलग राज्यको पक्षमा ठोस् निर्णय दिन सक्दैन भन्ने विचार विपरित कार्य भएको छ| यसै विचार अन्तर्गत नै जीटीए सम्झौता गरिएको भनिएको थियोतर वर्तमान निर्णयले गोर्खाल्याण्डपन्थी दलहरूले पनि उर्जा प्राप्त गरेको क्रामाकपाले महशुस गरेको राईको भनाइ छ| यद्यपि, १०७ वर्ष पुरानो अनि आवश्यक माग गोर्खाल्याण्डलाई सरकारले अनदेखा गरेकोमा क्रामाकपाले प्रतिवाद जनाएको हो| उनकाअनुसार, सरकारले तेलङ्गना राज्य गठन गरेर केही हद्सम्म राजनैतिक स्वार्थ हेरेकै हुनसक्छ| तर गोर्खाल्याण्डको मागमा सरकारले राजनैतिक स्वार्थलाई नै सर्वोपरि मान्नुनहुने भनाइ उनको छ|  ‘आगामी दिनमा सरकारले सासंद विधायक मात्र नहेरेर गोर्खाहरूले देशप्रति दिएको योगदान, बलिदान, कर्मनिष्ठा लगायतका कुराहरूलाई प्रधानता दिएर हाम्रो माग स्वीकार्नुपर्छ‘-राईले भने| तेलङ्गनाबाट गोर्खाहरूले एकता, इमान्दारिता जस्ता पाठ सकेर विगतका आन्दोलनमा भएका भूलहरूलाई सच्चाइएर अघि बढ्नुपर्ने क्रामाकपाले आवश्यकता वोध गरेको छ|

Related Posts:

  • गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमाडी के वाइबा, कालेबुङ 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्ट… Read More
  • Kalimpong to lose train quota Kalimpong, July 5: The Northeast Frontier Railways has started withdrawing the manual train ticket quota allotted to Kalimpong citing computerised passenger reservation system at Durpin near here from where tickets for trains… Read More
  • Hospital eye on branded medicineSiliguri, July 7: The chief medical officer of health in Darjeeling has asked the superintendent of Siliguri district hospital to conduct checks to see if doctors were mentioning brand names of medicines in prescriptions inst… Read More
  • KLO denies links with arrested sixJuly 7: The Kamtapur Liberation Organisation has said six men who were arrested in the past two weeks are not its members and police were linking them to the organisation to defame it. The militant outfit issued the denial i… Read More
  • लोकसभा चुनाउको निम्ती तयार प्रो. लामाकालेबुङ 6 जुलाई। नयाँ राजनैतिक दलको गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजीलाई विराम लगाउँदै डा महेन्द्र पी लामाले निर्दल उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लडेर आजसम्म सम्बोधन हुन नसकेका जनाकांक्षाहरूलाई संसदमा उठान गर्… Read More

0 comments: