Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

3 Aug 2013

गोर्खाल्याण्ड ल्याउँछु भन्ने सांसद लापत्त : थानामा प्राथमिकी दर्ता


डी के वाइबा, कालेबुङ 2 अगष्ट। “दार्जीलिङ मेरो कर्मभूमी हुनेछ” – गोर्खाल्याण्डको नाउँमा लोकसभा चुनाव जितेर दार्जीलिङ पहाड आएका जसवन्त सिहले उक्त कुरा दार्जीलिङवासीलाई भनेको दार्जीलिङवासीले भुलेका छैनन तर तिनी लापत्त भएको समाचार प्रकाशमा आएको छ।
गोर्खाल्याण्डको मुद्दालाई पार लाउँछु भन्ने हेभिवेट नेता सांसद जसवन्त सिहलाई कसैले देखे वा भेटे कालेबुङ थानामा सूचना गर्नुहोला। हजुर यहाँ उही जसवन्त सिहको चर्चा भएको हो जसले 2009 मा लोकसभा चुनाव दार्जीलिङ लोकसभा समष्टिबाट गोर्खाल्याण्डको नाउँमा जितेर दिल्ली हिडेका थिए तर आज तेलेंगना राज्य गठनको प्रक्रिया अघि बडेर दार्जीलिङ पहाडमा गोर्खाल्याण्ड आन्दोलनको आगो दन्किन्दा समेत पत्तोफाँट लाग्न सकेको छैन। दार्जीलिङ पहाडमा गोर्खाल्याण्डको नाउँमा अर्को आन्दोलन चर्किन्दा समेत कुनै पत्तो फाँट नलागेका सांसद जसवन्त सिहलाई खोजि निकाल्ने जिम्मा गोर्खाल्याण्ड टास्क फोर्सले पुलिसलाई सुम्पेको छ। जनताले चुनेर पठाएका सांसद यसरी लापत्त भए पछि आखिरमा गोटाफोले तिनी हराएको प्राथमिकी दर्ता कालेबुङ थानामा गरेको छ। केन्द्रमा तेलेंगना गठनको प्रक्रिया शुरु भईसकेको छ अनि यता पहाडमा आन्दोलन चर्किसकेको छ। तर जनताले चुनेर पठाएका हेभिवेट मानिएका जनप्रतिनिधी भने लापत्त हुँदा पुलिसलाई ‘मिसिङ डायरी’ लेख्न गोर्खाल्याण्डको नाउँमा भोट हाल्नेहरु बाध्य बनेका छन। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँने बहनामा पहाडबाट चुनावमा चुनिएर दिल्लि हिँडेका सांसद यसरी धेरै समयम देखि कहीँ कतै नदेखिए पछि आज गोटाफोका प्रतिनिधी टोलीले कालेबुङ पुलिस थानाका प्रभारी अचिन्ता गुप्तालाई भेटेर उक्त हराएको प्राथमिकी दर्ता गरेका छन। गोटाफो अध्यक्ष सुखमान मोक्तान, महासचिव मुनिष तामाङ, भागोप अध्यक्ष रेभरेन डा एनोसदास प्रधानको एक प्रतिनिधी टोलीले कालेबुङ थाना प्रभारी अचिन्ता गुप्तालाई भेट गरेर दार्जीलिङ पहाडका सांसद हराएको प्राथमिकी दर्ता गर्न आफुहरु थानामा आएको जानकारी दिए पछि एकक्षण त थान प्रभारी नै दङग परे। यस अवधी तिनले “तिनी हराएको प्राथमिकी दार्जीलिङ सदरमा गर्नु भए ठिक हुनेथियो” पनि भने। यद्यपी पछिबाट उक्त प्राथमिकी स्वीकार गर्दै खोजि अभियान शुरु गर्ने प्रतिश्रुति दिए।
“गोर्खाल्याण्डको नाउँना दार्जीलिङ पहाडका जनताले जसवंत सिहलाई भोटमा जिताएको हो। हिज आज तिनी कहीँ कतै देखिन्दैन। पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्किन्दा समेत तिनी कहाँ छन भन्ने दार्जीलिङका जनतालाई थाह छैन। यसैकारण हामीले आज सांसद हराएको प्राथमिकी दर्ता गरेका हौँ” – गोटाफो महासचिव मुनिष तामाङले स्पष्ट भने। यस अवसरमा तिनले पत्रकारहरु संग कुराकानी गर्दै तेलेंगना राज्य गठनको प्रक्रिया अघि बडदा समेत सांसद सिह भने मौन बस्नु अनुचित रहेको बताएका छन। “जुन व्यक्ति गोर्खाल्याण्ड ल्याउँछु भनेर चुनाव जितेर गए आज त्यही व्यक्तिलाई जनताले नभेटेर हराएको प्राथमिकी पुलिस थानमा लेख्न पर्दैछ। के तिनलाई गोर्खाल्याण्डबारे पत्तो छैन ?” मुनिष तामाङले प्रश्न गरे। सांसद हराउँनु पहाडवासीको निम्ति दुर्भाग्य रहेको बताउँदै तिनले नैतिकताको आधारमा सांसदबाट समेत राजीनामा दिनपर्ने माग गरेका छन।
 

Related Posts:

  • Mrs. jas Maya Rai retired from her dutyRANGPO-17TH MARHC12After providing 38 years service in education sector in the state of Sikkim Mrs. jas Maya Rai teacher of kumrek primary school under east Sikkim retired from her duty .joined on 8th September 1978 she… Read More
  • मिरिक पर्यटनमा पूर्वाधारहरुको समस्या16 मार्च (कालेबुङ):- मिरिकमा पर्यटनका पूर्वाधारहरुको उचित रखरखाउ नभएकोले पर्यटन व्यवसाय फष्टाउन नसक्दा यस व्यावसायमाथि निर्भर मानिसहरु निराश बन्न थालेका छन। मिरिकलाई पर्य़टन दृष्टिकोणले विकसित बनाउन दागोपापले धेरैवटा योजनाहरु… Read More
  • piglets distribution programmeRANGPO-17TH MARCH12Animal husbandry and veterinary service department south Sikkim has organised piglets distribution programme for the fifty beneficiaries of rtey pani Namthang constituency at phongla south Sikkim. Between t… Read More
  • CM rejects GTA poll delay pleaMarch 16: Chief minister Mamata Banerjee today turned down the Gorkha Janmukti Morcha’s plea to hold the elections to the Gorkhaland Territorial Administration only after the issue of the added areas from the plains was resol… Read More
  • Kalimpong angling spots await tourism pushRAJEEV RAVIDASAnglers at Tribeni. Picture by Chinlop Fudong LepchaKalimpong, March 16: Sport fishing in the rivers flowing through Kalimpong has the potential of attracting loads of anglers from outside, but the tourism map o… Read More

0 comments: