Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Jul 2013

आजदेखि 72 घण्टे पहाड़ बन्द


कालेबुङ 28 जुलाई
गोर्खा जनमुक्ति मोर्चाले डाकेको 72 घण्टे पहाड बन्दलाई दलको स्मपूर्ण भातृ-सङ्गठनहरुले पनि समर्थन गरेकोछ। फलस्वरुप मोर्चाको तीनदिने पहाड बन्द कडारुपमा सफल हुनसक्ने समभावना देखिन्छ। दलको राणनीतिलाई सफल तुल्याउन भातृसङ्गठनहरुको महत्वपूर्ण भूमिका रहेको कारणले नै मोर्चा अध्यक्ष विमल गुरुङले  आफ्नो फ्रण्टल अर्गनाइजेसनहरुको परामर्श लिएरनै  कालेबुङबाटा 72 घण्टे पहाड बन्दको आह्वान गरेको हो। दलका भातृ सङ्गठनका प्रतिनिधिहरुले पार्टी प्रमुख गुरुङको घोषणालाई समर्थन गर्दै कडारुपमा बन्द पालन गर्ने निर्णय लिएपछि बन्दको प्रभाव भने आजदेखिनै जनसाधरणमा पर्न थालेको छ। लामो समयको अन्तरालपछि अचनाक मोर्चाले तीनदिन व्यापी पहाड बन्द गर्ने निर्णय लिँदा आज आइतबार भए तापनि कालेबुङ शहरमा आम मानिसहरुको निकै भिड जमेको थियो। कुन-कुन सेवाहरुलाई मोर्चाले यसचोटीको बन्दबाटा छुटदिएको छ भन्ने जनसाधरणको जिज्ञ्यसालाई तोडदै आज पार्टी महा-सचिव रोशन गीरिले राष्ट्रीय राजमार्ग 31 लाई बन्दबाटा छुट दिएको बताएका छन्। तर मोर्चाले डाकेको 72 घण्टे बन्दको आंसिक असर भने राजमार्गलाई अवश्यै पर्नेछ। राजमार्गवाहेक अन्य आपतकालीन सेवाहरु जस्तै एमबुलेन्स, विवाहको गाडी, मरौको गाडी, परिक्षामा खटेको गाडी आदिलाई पनि यस बन्दबाटा छुट दिएको तिनले स्पष्ट पारेका छन्। वर्चसव हराउँदै गएता पनि तराई-डुवर्समा मोर्चाको बन्द लागु नहुने दलका महा-सचिव गीरिले जनाएका छन्। डुवर्सको फञ्चायत चुनाउको मतगणनालाई ध्यानमा राखेरनै पार्टीले तराई-डुवर्समा बन्दा नडाकेको तिनको भनाई छ। यता जनमुक्ति चालक महा-सङ्घका सचिव महेन्द्र गुरूङले बन्दको समर्थन गर्दै 72 घण्टे पहाड बन्दमा वहानहरुको चलाचल पूर्णरुपले ठप्प हुने बताएका छन्।  तयसचोटी पर्यटक अनि यात्रीहरुको निम्ति कुनै प्रकारको हेल्पलाइनको व्यवस्था सङ्गठनले नगरेको तिनले जनाएका छन्। बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म पानीगाडीहरु पनि शहरमा नगुडने तिनले जानकारी दिएका छन्। बन्दको समर्थन जनाउँदै विध्यार्थी मोर्चाले पनि आज यहाँको डम्बर चोकमा पोष्टरीङहरु टासेकोछ। तेलङ्गना संगै गोर्खाल्याण्ड राज्य पनि गठन गरिनु पर्ने मंगमा विध्यार्थी मोर्चाले शहरमा पोष्टरीङ गरेको हो। बन्द कडारुपमा पालन गर्न पिकेटीङको निम्ति युवा मोर्चाले सडकमा उत्रीने निर्णय लिएको छ। 

0 comments: