Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

31 Jul 2013

गोर्खाल्याण्डको निम्ति चालकहरु सडकमा


कालेबुङ 31 जुलाई
विषेशगरि चालक महा-सङ्घको एउटै डिमाण्ड छ,
त्यो हो गोर्खाल्याण्ड । देशमा तेलङ्गना राज्य गठन हुँदा केन्द्र सरकारले गोर्खाल्याण्डबारे एउटै शब्दपनि उच्चारण गरेन त्यसैको प्रतिवादमा चालकहरु सडकमा उत्रेका छौ – उक्त भनाइ चालक महा-सङ्घका सचिव महेन्द्र गुरुङको हो। बन्दको कारण चालकहरुलाई व्यापक नोक्सान परे तापनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मोर्चाले डाकेको 72 घण्टे पहाड बन्दलाई तिनीहरुले समर्थन जनाइरहेका छन्। बन्दको आज अन्तिमदिन कालेबुङका चालकहरु पिकेटीङको निम्ति सडकमा उत्रेका थिए। सङ्गठनका अध्यक्ष छिरिङ दोर्जी भोटिया अनि ,सचिव महेन्द्र गुरुङको अगुवाईमा आज चालकहरुले यहाँको 8 माइल परिसरमा व्यारिगेट लगाएर बन्दपालन गरे। चालकहरु अर्धनङ्गन शरिरमा गोर्खाल्याण्डको नारा लेखेर सडकमा उत्रेका थिए। यसैको अवधि पत्रकारहरुलाई सम्बोधन गर्दै सचिव गुरुङले मोर्चाको प्रतेक कार्यक्रमहरुमा चालकवर्गले सहयोग पुर्याउने बताए। तिनले राज्य अनि केन्द्र सरकारले गोर्खाहरुको मुद्धा प्रति चडैनै सकरात्मक पहल शुरु गर्नु पर्ने बताएका छन्। 

0 comments: